नेपाली कथानक चलचित्र कर्म रेखा प्रदर्शन

Read Time:4 Minute, 53 Second
मुक काजी (काजी) गुरुङ, हङकङ

२८ डिसेम्बर २०१४ का दिन युनलोंगस्थित थिएटर हलमा नेपाल देखी हङकङ सम्मको परिवेशलाई समेटेर छायांकन गरिएको ओस्कार प्रोडक्शन प्रालिको आठौं प्रस्तुति कर्म रेखा भब्यताका साथ प्रदर्शन भएको छ ।
चलचित्र शुरु हुनु अगाडि सोहि चलचित्रका बिशेष पात्रहरु नायक चौ गुरुङ (हङकङ), सह नायक श्री प्रसाद गुरुङ (हङकङ), नायिका रिश्मा गुरुङ (नेपाल), सुनिता गुरुङ (हङकङ) र हङकङ छायाङ्कन ज्याप स्टुडियोका बिक्रम गुरुङलाई स्टेजमा आमन्त्रण गरिएको थियो भने उक्त कर्म रेखा चलचित्रका लेखन, निर्देशक तथा नायक सुबाश गुरुङ स्वयंले कार्यक्रम सञ्चालन गरेका थिए।
नायक, लेखन, निर्देशक तथा निर्माता सुबाश गुरुङले कार्यक्रमलाई स्वागत मन्तब्य ब्यक्त गरेका थिए । मन्तब्यकै क्रममा सुबाश गुरुङले कर्म रेखा चलचित्र हेर्न पाल्नु भएका प्रायोजक, सह-प्रायोजक लगायत सम्पूर्ण दाजुभाई, दिदीबहिनी एवम दर्शक महानुभाव र मिडिया पत्रकारहरुलाई कर्म युनिटको तर्फबाट आभार प्रकट गरे । यसै गरि मन्तब्यकै क्रममा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुकै माया, साथ र सहयोगले नै कर्म रेखा सफल हुनेमा आशा अनि बिश्वास ब्यक्त गरे । यदि यहांहरुको साथ र सहयोग बिना कर्म रेखा सफलताको साथ प्रदर्शन हुन नसक्ने बताए भने भविष्यमा पुन: यहांहरुको माया, साथ तथा सहयोगको अपेक्षा राख्दै चलचित्र प्रदर्शन पश्चात दर्शक महानुभावहरुको प्रतिक्रिया तथा चलचित्र कस्तो बनेको छ ? समीक्षाको अपेक्षा गरे । अन्तमा भूलवश: केहि प्रायोजक तथा सह प्रायोजकहरुलाई आमन्त्रण गर्न नसकेकोमा क्षमा याचना गरे ।
मेन गुरुङ (युके), ज्ञान गुरुङ(युके), कृष्ण गुरुङ(युके), गिरी गुरुङ, खिम गुरुङ र गोरे गुरुङ (नेपाल), यसैगरि केम कुमारी गुरुङ(हङकङ) र रोशनी गुरुङ(हङकङ) र समीक्षा गुरुङ(इजरायल) द्वारा निर्मित चलचित्र कर्म रेखाको लेख, रचना तथा निर्देशक सुबाश गुरुङले गरेका छन भने स्वयं सुबाश गुरुङ नायकको भूमिकामा देखा पर्छन । यसै गरि चौ गुरुङ(हङकङ) र श्रीप्रसाद गुरुङ(हङकङ)ले नायक र सह-नायकको भूमिका निभाएको देखिन्छ भने रिश्मा गुरुङ(नेपाल) र सुनिता गुरुङ (हङकङ) नायिकाको भूमिकामा देखा पर्छिन ।
यसै गरि गोरे गुरुङले नृत्य निर्देशक गरेका छन । गायन तथा सङ्गीत आर के गुरुङ, धन बहादुर गुरुङ, कृष्ण गुरुङ, र खिम गुरुङले गरेका छन भने रजिना रिमाल, शान्ति गुरुङ, रेनु थापाको सु-मधुर स्वर रहेको छ र यस चलचित्र कर्म रेखालाई प्रकाश गुरुङ(नेपाल) र बिक्रम गुरुङ(हङकङ)ले छायाङ्कन गरेका हुन ।
समग्रमा कर्म रेखा चलचित्रले गाउंदेखि हङकङ शहरसम्मको परिवेशलाई समेटिएको छ । गाउंको परिवेशमा गाउंको दुखी गरीब माथि गाउंका धनी ब्यक्ति देखि गाउंलेले नै अवहेलना गर्ने देखि लिएर हङकङ शहरमा नेपालीहरुले भोगिरहेका कार्यहरुलाई समाबेश गरिएको देखिन्छ। अन्तमा, गाउंदेखि नै अवहेलित ब्यक्तिलाई गाउका धनी कहलाएका ब्यक्तिले नै बिगतमा उसले गरेको गल्तीलाई प्रायश्चित गर्दै चलचित्रको अन्त हुन्छ र दर्शकहरुको प्रतिक्रिया अनुसार चलचित्र निकै नै राम्रो, दर्दनाक तथा मार्मिक रहेको बताउंछन भने हङकङमा कर्म रेखा चलचित्रले अत्याधिक दर्शकहरुको माया बटुल्न सफल रहेको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %