विनोद रखाली मगर
गल्याङ्, पौष १५-शान्ति दिप युवा क्लव, जगत्रदेवि ८, गल्याङ्ले आफ्नो ५ औं वार्षिक उत्सवको अवशरमा आयोजना गरेको क्लव स्तरीय भलिवल प्रतियोगिताको उपाधि आयोजक शान्ति दिप युवा क्लव रातोले हात पारेको छ । उसले अन्तिममा सोझो ३ सेट लगातार हात पार्दै उपाधिको दावेदार नवदिप युवा क्लव गराङ्दी रीप माथी कव्जा जमाएको हो । उपाधि सङ्गै आयोजक रातोले नगद रु.३३ हजार ३ सय ३३, शिल्ड मेडल तथा प्रमाणपत्र हात पार्यो, नवदिपले उपविजेतामा चित्त वुझाउदै नगद रु. २२ हजार २ सय २२ , शिल्ड मेडल तथा प्रमाणपत्र हात पार्यो, दक्ष युवा क्लव श्रीकृष्ण गण्डकी तृतिय स्थान सुरक्षित गर्दै नगद रु. ११ हजार १ सय ११ शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने आयोजक शान्ति दिप निलो सान्त्वना हुदै नगद रु. ५ हजार ५ सय ५५ प्राप्त गर्न सफल भयो । कार्यक्रम भर उत्कृष्ट खेल प्रस्तुत गर्दै दक्ष युवा क्लवका तहलसिङ् थापा मगर सर्वौकृष्ट खेलाडीको उपाधि कव्जा पार्दै ट्रफि, जर्सि तथा मेडल प्रमाणपत्र प्राप्त गरे । २२ क्लवहरुको सहभागिता रहेको उक्त भलिवल प्रतियोगिताको समापन गर्दै स्याङ्जा जिल्लाका स्थानीय विकाश अधिकारी पुण्य विक्रम पौडेलले खेलकुदको विकाशका लागी सरकारले विभिन्न कार्यक्रम अगाडी सारेको भन्दै खेलाडीहरुलाई हतोत्साहीत नभई अगाडी वढ्न प्रोत्साहन गरे । पौडेलले स्याङ्जा जिल्लाको क्षेत्र न. ३ सदरमुकाम देखी टाढा रहे पनि जिल्लाको नजर नजिक रहको भन्दै विकाश निमार्ण, आर्थिक, सामाजिक, सास्ंकृतीक पक्षलाई वलियो पार्ने कार्यमा निराशा नपार्ने जिकिर गरे । कार्यक्रममा नेपाली कङ्ग्रेस स्याङ्जा जिल्ला सचिव लक्ष्मण प्रसाद भट्टराई, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य गुरु प्रसाद भट्टराई, आलमदेवि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद भण्डारी, जगत्रदेवि साहित्य संगमका अध्यक्ष सूर्य प्रसाद डुम्रे, तरुण दक्ष क्षेत्र न. ३ स्याङ्जाका अध्यक्ष महेश भट्टराई, क्लवका सस्थांपक अध्यक्ष गुनेन्द्र राना मगर , गल्याङ् युथका अध्यक्ष जनक श्रेष्ठ, लगाएतले वोलेका थिए । वार्षिक उत्सवकै अवशरमा वयोवृद्ध वृद्धवृद्धालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरीएको थियो । सम्मानित हुने हरुमा ९३ वर्षकी पवित्रा राना मगर, खगेन्द्र प्रसाद थापा मगर, धन कुमारी भण्डारी रहेका थिए ।
समापन कार्यक्रम क्लवका अध्यक्ष सुमन न्यौपानेको अध्यक्षता र क्लवका सचिव विष्णु अधिकारीको सन्चालनमा सम्पन्न भएको थियो ।