माघेसक्रान्तिमा गल्याङमा ४० हजारको भलिवल

Read Time:2 Minute, 21 Second

विनोद रखाली मगर

गल्याङ् , पौष ८,

मगर समुदायको महान पर्व माघे सक्रान्तिको अवशर पारी नेपाल मगर युवा संघ इकाई समिति गल्याङले क्लव स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष माघेसक्रान्तिको अवशरमा आयोजना गर्दै आएको भलिवल प्रतियोगिता यस वर्ष पनि निरन्तरता दिन लागेको मगर युवा संघ गल्याङका अध्यक्ष डोलु थापा मगरले जानकारी दिए । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने उद्धघोषका साथ आयोजना गर्न लागिएको भलिवल प्रतियोगितामा विजेताले नगद रु. ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद रु.२० हजार, शिल्ड मेडल तथा प्रमाणपत्र, तृतिय समुहले नगद रु. १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र र सान्त्वना समुहले नगद रु. ५ हजार शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । खेल अवधिभर उत्कृष्ट खेल प्रदशन गर्ने खेलाडीले नगद रु. २ हजार तथा ट्रफि हात पार्नेछन । प्रतियोगितामा सहभागि हुन पौष २३ र २४ गते दर्ता गर्न सकिने खेल सयोंजक लिलु राना मगरले वताए । पौष २५ गते उद्धघाटन हुने खेल मगर समुदायको मुख्य पर्व माघे सक्रान्ति अर्थात माघ १ गते विविध सास्कृतिक प्रस्तुतिहरुका साथ समापन हुनेछ ।

माघे सक्रान्तिको दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मगर सस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुतीहरु राखिने सांस्कृतिक उप समितिका सयोंजक राम थापाको भनाई छ । खेल वुटवल पावर कम्पनीको खेल मैदान गल्याङमा हुनेछ । भण्डै ३० क्लवको सहभागिता रहने आयोजकले दावि गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %