मुककाजी (काजी) गुरुङ, हङकङ
२१ डिसेम्बर २०१४ का दिन तमु ट्हो ह्युल हङकङको आयोजनामा युनलोंगस्थित थिएटर हलमा मौलिक संस्कार तथा संस्कृति बोकेको रोधीँ साँझ ७ औं भब्यताका साथ सम्पन्न भएको छ।कार्यक्रममा नेपालबाट राष्ट्रिय स्तरका तमु कलाकारहरुलाई आमन्त्रण गरिएको थियो । आमन्त्रित कलाकारहरुमा नृत्य निर्देशक गोरे गुरुङ, वरिष्ठ गीत सङगितकार धन बहादुर गुरुङ, आधुनिक गायक शिवराज गुरुङ र लोक दोहोरी गायक सुरेन्द्र गुरुङ रहेका छन । यसैगरि लोक दोहोरी गायिका भिमु गुरुङ लगायत गुरुङ तथा नेपाली चलचित्रका नायिका एवम नृत्याङगना रिश्मा गुरुङ र तिर्थ गुरुङ रहेकी छिन ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत छोटो औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो । तमु ट्हो ह्युल हङकङका अध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा संस्थापक अध्यक्ष क्याप्टेन चन्द्र बहादुर गुरुङको प्रमुख अतिथ्यालाई हङकङ स्थित बिभिन्न जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायत हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरको अनुपस्थितिमा उपाध्यक्ष श्रीमती रीता गुरुङलाई बिशेष अतिथिको रुपमा मञ्चमा आसिन गराएका थिए भने तमु ट्हो ह्युल हङकङका सल्लाहकारहरुलाई यथास्थानमा नै आसिन गराएका थिए।
तमु ट्हो ह्युल हङकङका उपाध्यक्ष कुमार गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव शसी कुमार गुरुङले सञ्चालन गरेका थिए भने मञ्चमा आसिन अतिथ्याहरुबाट सामूहिक रुपमा रिबन काटेर कार्यक्रको उदघाटन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष क्याप्टेन चन्द्र बहादुर गुरुङ र सातौं रोधीं सांझ कार्यक्रमका संयोजक हरिन्द्र गुरुङले रोधीं सांझको बारेमा जानकारी गराएका थिए । बोल्ने क्रममा क्याप्टेन चन्द्र बहादुर गुरुङले रोधीं सांझलाई निरन्तरता दिनु पर्नेमा जोड दिए भने कार्यक्रम संयोजक हरिन्द्र गुरुङले केहि प्राविधिक कारणले कार्यक्रम समयमा सञ्चालन गर्न नसकेकोमा क्षमा याचना मागेका थिए भने तमु ट्हो ह्युल हङकङद्वारा आयोजित सातौं रोधीं सांझलाई सफल पार्न बिभिन्न क्षेत्रबाट आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सहयोगी मनहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे । यसैगरि कार्यक्रममा उपस्थित दर्शक महानुभाव देखि लिएर सातौं रोधीं सांझलाई भब्य तथा सभ्यका साथ सफल पार्न तमु ट्हो ह्युल हङकङको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर नेपालबाट आमत्रित कलाकारहरुलाई पनि धन्यवाद ब्यक्त गरे ।
औपचारिक कार्यक्रमको अन्तमा, अध्यक्ष सुरेश गुरुङले तमु ट्हो ह्युल हङकङद्वारा आयोजित सातौं रोधीं सांझ कार्यक्रमलाई बिशेष सहयोग प्रदान गर्ने एन आर एनका अध्यक्ष शेष घलेलाई मञ्चबाटै धन्यवाद ब्यक्त गरे भने तमु ट्हो ह्युल हङकङको आयोजनामा सम्पन्न हुनलागि रहेको सातौं रोधीं सांझ कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने प्रायोजक तथा सह-प्रायोजकज्यू लगायत रोधीं सांझ कार्यक्रमलाई माया गरेर कार्यक्रम हेर्न पाल्नु हुने सम्पूर्ण रोधी प्रेमीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए । साथै तमु ट्हो ह्युल हङकङको निमन्त्रणामा नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका तमु कलाकारहरुलाई पनि धन्यवाद ब्यक्त गरे र प्राविधिक कारणले समयमा कार्यक्रम सञ्चालन गर्न नसकेकोमा तमु ट्हो ह्युल हङकङ कार्यसमिति खेद प्रकट गर्दै क्षमा याचना गरे ।
कार्यक्रममा सातौं रोधीं सांझलाई भब्य तथा सभ्यका साथ सम्पन्न गर्नको लागि केहि बिशेष ब्यक्तित्व मुख्य प्रायोजक तथा सह प्रायोजक हरु तमु ट्हो ह्युल हङकङका सल्लाहकार कोमल, स्याङ्जाली कान्छा गुरुङ, दिलिप गुरुङ, कोने कन्स्ट्रक्शन कम्पनीका म्यानेजिङ डाईरेक्टर अर्चन गुरुङ, नेपाली जनसम्पर्क समिति हङकङका निवर्तमान अध्यक्ष राम गुरुङ, तमु ट्हो ह्युल हङकङका निवर्तमान सचिव युवराज गुरुङ, फेदीखोला समाज स्याङ्जाका अध्यक्ष टेक बहादुर गुरुङ, तमु प्ये ल्हु संघ हङकङ आमा समूहका कोषाध्यक्ष श्रीमति टिका गुरुङ र पयुंखोला समाज पर्वतका अध्यक्ष झम गुरुङलाई तमु ट्हो ह्युल हङकङका अध्यक्ष सुरेश गुरुङ र प्रमुख अतिथि क्या चन्द्र बहादुर गुरुङले खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
नेपालबाट आमन्त्रित राष्ट्रिय तथा स्थानीय तमु कलाकारहरुले सामूहिक रुपमा तमु राष्ट्रिय गीत गाएर शुरुवात गरिएको दोस्रो चरणको कार्यक्रमलाई नेपाली चलचित्रकर्मी लेखन तथा निर्देशक सुवाश गुरुङ र सुनिता गुरुङले सञ्चालन गर्दै रोधींलाई परिभाषित गरेकी थिइन सुनिता गुरुङले । दोस्रो चरणमा नेपालबाट आमन्त्रित नृत्याङ्गना तथा नेपाली चलचित्रकी नायिकाद्वय रिश्मा गुरुङ र तिर्थ गुरुङले घांटु नृत्य प्रस्तुति गर्दै रोधीं सांझ सातौंको दोस्रो प्रस्तुति पस्केकी थिइन ।
यसैगरि पहिलो साङ्गीतिक बिदेश यात्रामा नै लोक दोहोरी गायिका भिमु गुरुङले मस्की मस्की हेर्नेलाई परेलीले झिम्काई दिउं कीू भन्ने लोक गीत पस्कंदै दर्शकलाई नचाउंन सफल रहिन । लगत्तै भेट भो रोधीं घरमा भन्ने गीतले अझ थप दर्शकलाई स्टेजमा नै आएर नाच्न वाध्य तुल्याईन । क्रमिक रुपमा नृत्य निर्देशक गोरे गुरुङ, वरिष्ठ गीत सङ्गीतकार धन बहादुर गुरुङ, नायिका तथा नृत्याङ्गनाद्वय रिश्मा र तिर्थ गुरुङले सामूहिक रुपमा सोरठी नाचे । अर्का गायक शिवराज गुरुङले आधुनिक गीतहरु पस्के । पुनस गोरे, धन, रिश्मा र तिर्थ गुरुङले नाचुं नाचुं बनायो खैंचडीको तालले भन्ने गीतको बोलमा कौडा नृत्य पस्के । यसैगरि लोकदोहोरी गायक सुरेन्द्र गुरुङले बुटे चोली देखि लिएर पोखरा बजार झिली र मिली जस्ता लोक गीतहरु गाएर दर्शकहरुलाई स्टेजमा आएर नचाउंन सफल रहे । पुनस रिश्मा र तिर्थ गुरुङले धरोधरम ढांटेको हैन,नाचौं गाउं हांसेर भन्ने गीतको बोलमा आकर्षक युगल नृत्य नाचे भने नृत्य निर्देशक गोरे गुरुङले कमेडिएन नृत्य पस्के ।
त्यस्तै थुप्रै गुरुङ चलचित्रहरुमा गुरुङ गीतहरु गाएर चर्चित बनिसकेका वरिष्ठ गीत सङ्गीतकार धन बहादुर गुरुङले पुष पन्ध्र ल्होसार, तेलातिंया ङोलोश्यो नानी, आयादो ठागु, प्रेंता न रोधी रि, माया पिरती जस्ता चर्चित गुरुङ गीतहरु गाएर दर्शकहरुको औधी माया बटुल्न सफल रहे र दर्शकहरुले नाचेर साथ पनि दिए भने लोकदोहोरी गायिका भिमु गुरुङले उनलाई साथ दिईकी थिइन । यसै क्रममा तमु ट्हो ह्युल हङकङले आफुलाई पटक पटक हङकङ आउंने अवसर प्रदान गरेकोमा भित्रि हिर्दयबाट धन्यवाद सहित वरिष्ठ गीत सङ्गीतकार धन बहादुर गुरुङले अध्यक्ष सुरेश गुरुङलाई मायाको चिनो स्वरुप नेपाली झण्डा प्रदान गरे ।
पुनस तिर्थ गुरुङ र रिश्मा गुरुङले गुरुङ गीतमा एकल नृत्य पस्किंदै अन्तमा लोकदोहोरी गायक तथा गायिका सुरेन्द्र गुरुङ र भिमु गुरुङले दोहोरी गीत गाउंदै आफै पनि नाचे र दर्शकहरुलाई पनि नचाउंदै सातौं रोधी सांझलाई बिदाई गरे ।
स्मरण रहोस उक्त रोधीं सांझ कार्यक्रममा गुरुङ जातिको मौलिक संस्कार, संस्कृति तथा कलाहरु प्रशस्त मात्रामा झल्किएको देख्न सकिन्थ्यो ।