नेपाल मगर संघ युएईको सातौ बैठक सम्पन्न

Read Time:4 Minute, 20 Second

हेम थापा मगर

२१ डिसेम्बर युएई / नेपाल मगर संघ युएईले प्रथम सहिद लखन थापाको १३८ औ स्मृति र ३३ औ मगर दिवश फेबुरी २७ मा  एकै पटक मनाउने निर्णय गर्दै सातौ बैठक सम्पन्न गरेको छ ।
संघका अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र प्रमुख संरक्षक हरि बहादुर घर्तीमगरको आतिथ्यतामा गत १९ डिसेम्बर शुक्रवार आबुधाबीको हम्दाम कर्नेशपार्कमा सम्पन्न भएको बठकले उक्त निर्णय गरेको हो । 

बैठकले प्रारम्भमा नेपाल मगर संघको जन्म आफ्नो भाषा,धर्म संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै सामजिक रुपान्तरणको निम्ति भएको भएपनि, यसको निम्ति राज्यको मुल कानूनको मह्त्वपूर्ण भूमिका रहने भएको हुँदा, राजनैतिक हक-अधिकार प्राप्र्तिको सवालमा मौन रहने कुनै पनि जातीय संगठनको अर्थ नहुने भएकोले, समय सापेक्षित जातीय संगठनमा राजनैतिक हक-अधिकारको अवाज जोडदार संग उठान गर्नु पर्ने बैठकले निष्कर्ष निकालेको छ, भने राज्यको पुनर्संरचनामा, हामी मगरहरुको ऐतिहासिक पहिचान “मगरात भूमि” लाई सुनिश्चित गर्न संविधान-सभा समक्ष जोडदार माग राख्दै, ३३ औ मगर दिवश ऐतिहासिक मगरातभूमि, जातीय पहिचानको रुपमा प्राप्त गर्न र राज्यको सवै तह र तप्कामा पूर्णसमानुपातिक एवं समावेशी प्रतिनिधित्व गर्न गराउन, राज्य पक्षलाई विशेष दवाव दिने माध्यम बनाउनु पर्ने बैठकले, आवस्यकता समेत महसुस गरेको छ |

युएईको मुसफामा रहेको मलायली समाजमको भव्यहलमा ऐतिहासिक रुपमा, प्रथम सहिदको १३८ औ स्मृति र ३३ मगर दिवश मनाउन, संघ का १८ मगरात उपाध्यक्ष कैलाश “खाम” पुन मगरको सम्योजकत्वमा ११ सदस्यीय तैयारी समिती चयन गर्दै, १२ मगरात उपाध्यक्ष मनोज काउछा मगर,महासचिव टपन घर्तिमगर,कोषाध्यक्ष हिक्मत मगर,सचिव भोज आले मगर,प्रवक्ता हेम थापा मगर,संगठन विभाग प्रमुख राम मगर,अनुशासन विभाग प्रमुख यम रानामगर,साँस्कृतिक विभाग प्रमुख रमेश थापा मगर,महिला विभाग प्रमुख शुसिला दर्लामी मगर,केन्द्रिय सद्स्य शिव घर्ती मगर र श्री थापा मगर समेतलाई कार्यक्रमको तैयारीको जिम्मा सुम्पेको छ  । प्रथम सहिद लखन थापा मगरको १३८ औ स्मृति फाल्गुन २ र मगर दिवश फाल्गुन १५ अलग-अलग मितिमा पर्ने भएपनि, प्रवासको डिउटी र समयको अनुकुलता हेर्दै प्रथम सहिद स्मृति र मगर दिवश एकैसाथमा, फल्गुण १५ को अवसर पारेर २७ डिसेम्बरमा मनाउन थालिएको संघका प्रवक्ता हेम थापा मगरले बताउनु भएको छ । कार्यक्रममा दर्शकको सुविधाको निम्ति मध्यनजर गर्दै,अलेन र दुबईबाट बसको ब्यबस्था गरिएको छ । 

साथै बैठकले युएईमा भुवन बुढामगरको नेतृत्वमा, नेपाली खाम मगर समाज युएईको नामवाट मगर जातीय गतिविधी गर्दै आएकोमगर जातिय संगठन र शुशी पुलामी मगरले नेतृत्व गर्दै आएको, नेपाल मगर युएई विच  एकिकरणको पहल गर्न, संघका प्रमुख संरक्षक हरि बहादुर घर्ती मगरको सम्योजकत्वमा बरिष्ठ उपाध्यक्ष राम थापा मगर र सचिव बुद्दी सारु मगरलाई वार्ताको जिम्वेवारी दिएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %