मनोज घर्तीमगर
तेस्रो शिवम सिमेन्ट ‘लिटिल च्याम्प–२०१४’ को उपाधि विपिका कायस्थले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा प्रतिभा माविमा कक्षा ५ मा अध्ययनरत कायस्थले उपाधि जितेकी हुन् । उनले उपाधि सहित २० हजार रुपैया, क्राउन र गिफ्ट ह्याम्पर पुरस्कार पाइन् । फस्ट रनरअफ कुमुदिनी होस्स कक्षा ४ मा अध्ययनरत सम्यमं मल्ल, सेकेन्ड रनरअफ प्रतिभा मावि कक्षा ५ मा अध्ययरत नियुक्ती केसी र भ्युवर च्वाइस माउण्ट अन्नपुर्ण कक्षा तीनमा अध्ययनरत याङ्गजीना लामाले उपाधी जितेका छन । उनीहरुले नगद र विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाए ।
प्रथा मल्टिप्रपोज सर्भिसेस प्रालिले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले लिटिल च्याम्पको तेस्रो संस्करण गरेको थियो । मंसिर ६ गते सुरु गरिएको अडिसनमा आएका ५० बालबालिकाबाट २२ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए । प्रतिस्पर्धी २२ जनामध्ये १७ जना बालिका र ५ जना बालक थिए । पोखरा भित्रकै ९ वटा विद्यालयका बालबालिका प्रतियोगितामा सहभागी थिए । शिवम् सिमेन्ट लिटिल च्याम्प २०१४ को व्यवस्थापन ‘टिम ब्लु कार्पेट’ले गरेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक शिवम् सिमेन्ट हो । प्रतियोगितामा मुख्य उपाधि लिटिल च्याम्प २०१४ सहित २२ विधामा पुरस्कृत भएका छन् । प्रतियोगिताका विजेतालाई शिवम् सिमेन्ट प्रतिनिधि निखिल अग्रवाल, आयोजक संस्था प्रथाकी प्रबन्ध निर्देशक शारदा गुरुङ, आर यम सि पोखराका सन्चालक अजुर्न थापा लगायतले नगद तथा गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।