मनोज घर्तीमगर
पोखरेली साहित्य सिर्जनामा ममालनमा अगाडी छन् । शान्त प्राकृतिक वातावरण भएर होला यहाँ बस्नेहरुको मन सृजनात्मक हुन्छ । उसो त प्रकृति आफै पनि सृजनाकी खानी हुन् । यहाँ धेरै लेखक र कवि जन्मनुमा यहाँको प्राकृतिक वातावरण नै प्रमुख कारण हो । प्राकृतिक सौन्दर्यको खानी पोखरामा दर्जनौं साहित्यिक संघ संस्था त क्रियाशिल छन् नै थुपै्र साहित्यिक पत्रिका पनि छन् । साहित्यको क्षेत्रमा संगठित भएर लाग्ने सबैभन्दा पूरानो संस्था हो पोखरेली युवा साँस्कृतिक परिवार । चार दशकदेखि यो सँस्था साहित्यिक विकासमा लागेको छ । २०३४ सालमा स्थापान भएको परिवारले कहिले एकल कविता वाचन आयोजना गर्छ । कहिले एकल मुक्तक वाचन । टिकटमा हुने कार्यक्रमहरुको माहोल दिनानुदिन बढेको छ । ‘सरदरमा भन्ने हो भने पोखरामा हरेक दिन साहित्यिक कार्यक्रम हुन्छन्’ युवा साहित्यकार असफल गौतम भन्छन्‘पोखराको वातावरण नै साहित्यमय छ, यसले पनि ठूलो प्रभाव पारेको हो यो बाहेक युवा पुस्ता साहित्यमा गहिरो रुची लिएर लागेको छ ।
सेती गल्छी अनि मौसम खुलेको बेला अहिलै हिउँ खेल्न जाउँ जस्तो लाग्ने गरि देखिने हिमाल हेरेर कविता फुर्न सक्छ । फेवाताल हेरेरै लेखिएका गीत र कविता कति छन् कति । पोखराको सुन्दरता देख्दा साहित्यकारको मन फुरुङ्ग हुन्छ । अनि फुर्छन् कविता, गजल, गीत, मुक्तक र हाइकु ।
महिनै भरी नियमित मासिक साहित्यिक कार्यक्रम हुन्छन् । महिनाको पहिलो शनिबार बिहान आठ बजे गीताञ्जली साहित्य परिवार गीतामन्दिरको मासिक रचनावाचन ‘साधना प्रभात’ । दिनको एक बजे साहित्य श्रृङ्खला, पोखराको मासिक रचनावाचन र समीक्षा ‘साहित्य श्रृङ्खला’ । बेलुका चार बजे पोखरेली युवा सांस्कृतिक परिवारको मासिक रचनावाचन ‘समता काव्य’ कार्यक्रम हुन्छ । महिनाको दोस्रो शनिबार बिहान हेमजा साहित्य प्रतिष्ठानको नियमित रचनावाचन ‘शुभप्रभात काव्य माला’ । दिउँसो पोखरामा गजल सन्ध्या पोखराले मासिक गजल वाचन कार्यक्रम गर्छ । महिनाको तेस्रो शुक्रबार नवनित साहित्य सागर छोरेपाटनले मासिक रचनावाचन कार्यक्रम गर्छ । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको संयुक्त आयोजनामा तेस्रो शनिबार अक्षरयात्रा कार्यक्रम निरन्तर चल्छ । यसको विशेषता कार्यक्रममा सामेल भएको स्रष्टाले तत्स्थानमा सिर्जना गरेका रचनाहरु वाचन गर्नुपर्छ । महिनाको अन्तिम शुक्रबार प्रगतिशिल वाङ्मय प्रतिष्ठान पृथ्वीनारायण क्याम्पसले नियमित रचनावाचनको कार्यक्रम गर्छ । अन्तिम शनिबार ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजनामा बिहान आठ बजे कार्यपत्र प्रस्तुतीसहित चर्चित पुस्तक र एक स्रष्टाका बारेमा चर्चा परिचर्चा गरिन्छ । दुई बजे मुक्तक मञ्चको मासिक मुक्तक वाचन कार्यक्रम हुन्छ । बेला बेलामा भईरहने साहित्यक कार्यक्रम हेर्ने हो भने पोखरा जत्तिको साहित्यक उर्वर भूमि अन्यत्र छैन । यि क्रियाकलाप हेर्दा थाहा हुन्छ– साहित्यिक गतिविधिका लागि महिनै भरी क्रियाशील रहने स्थान हो पोखरा । जहाँ एकै दिनमा तीन चारवटा कार्यक्रम हुन्छन् । हेमजा साहित्य प्रतिष्ठान, गजल सन्ध्या, साहित्य श्रङ्खला, नवनित साहित्य सागर, गीताञ्जली साहित्य परिवार, पोखरेली युवा सांस्कृतिक परिवारलगायतका मासिक रचनावाचन कार्यक्रम हालसम्म सयौं श्रृङ्खला नाघी सकेका छन् । ‘साहित्य श्रृजनाका लागि वातावरण चाहिन्छ, त्यस्तो वातावरण पोखरामा जताततै छ, त्यसैले पनि पोखरा साहित्यका लागि सबैभन्दा उचित स्थान हो’ पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष शिव थापामगर भन्छन्‘पोखरा साहित्यका लागि नेपालकै नम्बर एक स्थानमा आउने ठाउँ हो, जुन ठाउँमा हरेक दिन साहित्यिक कार्यक्रम हुने गर्छन् ।
पोखरेली युवा साँस्कृति परिवार, हिमाली साँस्कृतिक परिवार साहित्यीक र साँस्कृतिक विकासका लागि लागी परेकै छन् । यी बाहेक गण्डकी साहित्य प्रतिष्ठान, शुक्ला साहित्य समिति, लेखनाथ साहित्य प्रतिष्ठान, अलिमिया लोक वाङमय प्रतिष्ठान, हेम्जा साहित्य प्रतिष्ठान, सप्तरंगी साहित्य प्रतिष्ठान, सिर्जनशिल साहित्य परिवार, गजल सन्ध्या पोखरा, नवनीत साहित्य सागर, मुक्तक मञ्च पोखरा, बागिना साँस्कृति परिवार, माछापुछ«े साँस्कृतिक केन्द्र, नमुना साहित्य समूह, माछापुछ«े वाङमय प्रतिष्ठान, गीताञ्जली साहित्यीक परिवार, सप्तरंगी साँस्कृतिक प्रतिष्ठान, गजल यात्रा साथी समूह नेपाल, लोकतान्त्रिक वाङमय समाज, साहित्यीक चौतारी, कविता क्लब, गिताञ्जली साहित्य परिवार, गण्डकी साहित्य संगम, प्रगतीशिल वाङमय प्रतिष्ठान, गद्य लेखक संघ, नेपाली लेखक संघ, हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष, डागर स्मृति प्रतिष्ठान, सङ्घर्षमा कलम साहित्य समाज, आलोक साहित्य प्रतिष्ठान, माधव वियोगी बाङमय प्रतिष्ठान, साहित्य श्रृङखला, नवोदित साहित्य कुञ्ज, सृजना साहित्य सदन, श्रृजना शिविर, ¥याण्डम रिडर्स सोसाइटी, यात्रा प्रकाशन समूह, लोकतान्त्रिक साहित्य समाज, साहित्य श्रृङ्खला, प्रगतिशिल लेखक संघ, गण्डकी साहित्य सङ्गम, गद्य लेखक संघ, नेपाल लेखक संघ, नवोदित साहित्य पुञ्ज, शुक्ला साहित्य समिति, सिर्जना साहित्य सदन, लगायतका संघसंस्थाहरु पोखराको साहित्य सिर्जनामा रमाईरहेका छन् । ‘साहित्यसंग सम्बन्धित गतिविधीहरुको क्रियाकलाप पछिल्लो समय पोखरामा निकै बढेको छ । संस्थाहरु पनि बढिरहेका छन्’ साहित्यकार सरुभक्त भन्छन्‘त्यसो त पोखरा परम्परादेखी नै साहित्यका लागि उर्वर भूमि हो । पोखराको प्राकृतिक सौन्दर्यले पनि कवितात्मक भावना जागरण गराउँछ ।’ उनले पछिल्लो सयम जागिरको शिलसिलामा र पढ्नका लागि आउने बाह्य जिल्लाका व्यक्तिहरुले पनि साहित्यमा ठूलो योगदान दिएको बताए ।
पोखराले निकै धेरै साहित्यकार जन्माएको छ । पोखरेलीले दिनहुँ विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिहरन्छन् । प्राज्ञ, दिग्गज साहित्यकार, गीत रचना÷गायन, पुस्तक लेखन, चित्रकारिता, कवि, गजलकार र कलाकर्मीहरुको थलो हो पोखरा । त्यसो त पोखराको प्राकृतिक सुन्दरताले धेरैलाई साहित्यकार बनायो । पोखरालकै माटोले जन्माएका जनकवी केशरी धर्मराज थापाको ‘मंङ्गलीकुसुम’ भाषाविद् मुकुन्दशरण उपाध्यायका काव्यकृति ‘प्राकृत पोखरा’ र सरुभक्तको उपान्यास ‘पागल बस्ती’ले मदन पुरस्कार जिते । शिरोमणी लेखनाथ पौड्यालको जन्म पोखरा उपत्यकाकै लेखनाथ नगरपालिका वडा नं. ६ अघौं अर्चले हो । यी बाहेक पोखरामा अझ धेरै स्रष्टाहरुले पोखराको नाम उचो बनाएका छन् । ‘पोखराका पुरानो पुस्तादेखी अहिलेको पुस्ताले पनि साहित्यलाई अत्यन्तै उचो बनाएका छन्,यहाँको माहोल नै वाङमय छ’ भर्खरै एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेकी कवियत्री सरस्वति प्रतिक्षा भन्छिन्‘केन्द्रको साहित्यिक क्रियाकलापमा पनि हस्तक्षेप गर्न सक्ने खुबी पोखरेली साहित्यकारमा छ । सरसर्ति हेर्दा पोखरामा थुप्रै साहित्यकार छन् जसले पोखराको माटो नै साहित्यमय बनाएका छन् ।