बेलायतमा चासोक तङ्नाम (न्वागी पुजा) भब्यरुपमा सम्पन्न

Read Time:3 Minute, 54 Second

सुरेन्द्र इङनाम–

फोल्क्सटन, बेलायत, गत १३ डिसेम्बर २०१४ तारिखको दिन बेलायतको आसफोर्ड सन फ्रान्सिस चर्चहलमा सन २०१४ सालको चासोक तङ्नाम (न्वागी पुजा) किरात याक्थुङ् चुम्लुङ केन्द्रिय कमिटि युकेको आयोजनामा भब्यरुपमा सम्पन्न भयो ।

कार्यक्रमको पहिलो चरण बेलायतको समयनुसार बिहान ९ बजेबाट चासोक तङ्नाम (न्वागी पुजा) किरात सत्यहाङ विधिले धर्मगुरु राम कुमार सिंथेबे र धार्मिक सम्योजक लाल बहादुर चोङ्बाङबाट १ घण्टा लामो पुजापाठ गरी १० बजे समाप्त भएको थियो। चासोक तङ्नाम (न्वागी पुजा) अन्नबाली पाकेपछि घर भित्र्यागनु अघि अन्नबाली भुमिबाट पाकेको र आउने सालमा पनि यसरीनै फलाएर हाम्रो भोक टरोस भनि घर भित्र्यागनु र आफुले खानु अघि अन्नदिने भुमि र देवताहरुलाई चोखो चढाईने गरिएको हो ।

कार्यक्रमको दोस्रो चरण अतिथिको आसन ग्रहण गरी प्रमुख अतिथि उपस्थित मध्येको बृद्ध आमा बिष्णु कुमारी लिम्बु र के वाई सी युके का वर्तमान अध्यक्ष काजीमान यक्सोले दिप प्रज्वलन गरी औपचारीक रुपमा कार्यक्रमको उदघाटन गरिएको थियो । सोहि क्रममा कार्यक्रममा आउनु भएको आगन्तुक सबैलाई स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष दिलसिङ मेन्याङ्बोले दिएका थिए ।

मनोरञ्जन सम्योजक पुर्ण साउदेन र महेश्वरी नेम्बाङको पहलमा के–लाङ नृत्य प्रस्तुत गरीएको थियो । के–लाङ सँगसँगै पुजारीलाई पनि कार्यक्रमहलमा स–सम्मान भित्राइएको थियो ।

यसै कार्यक्रमलाई अवसर पारि संस्थाका नयाँ संरक्षक सदस्यहरुलाई प्रमाण–पत्र र अफगानको लडाईमा परि आफ्नो खुट्टा गुमेपनि बिभिन्न दौडमा प्रथम भई गोर्खाको इज्जत बढाउने कुशल लिम्बुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङको नाममा सन २००० बाट विभिन्न ठाउमा वर्ष-वर्षमा कार्यक्रम सञ्चालन हुदै आएपनि सन २००३ बाटमात्र औपचारिक रुप लिएको हो । त्यहि समयदेखि माङहिम बनाउने प्रस्तावलाई अघि बडाउनको लागी के–कसरी कोष बढाउने र किन आवस्यक छ भनि चुम्लुङहिम खरिद सम्योजनका कोषाध्यक्ष तिल बिक्रम सम्बाहाङफेले पुनः स्मरण गराएका थिए ।

सस्थाका अध्यक्ष काजीमान याक्सो ज्युले बेलायतको ब्यस्त समयमा पनि यस कार्यक्रममा सहभागी जनाई कार्यक्रम सफल भएको र चुम्लुङहिम खरिद बारे अझ थप प्रकाश पार्दै कार्यक्रमलाई समाप्त भएको जानकारी गराउदै खानपान र मनोरञ्जन कार्यक्रम रहेको थियो । बिहान ९ बजे बाट शुरु भएर साझ ६ बजे सम्म चलेको उक्त कार्यक्रम संस्थाका महमसचिव खगेन्द्र लावती, सह–सचिव मान तबेबुङ, सह–सचिव महेश वनेमले पालैपालो संञ्चालक गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %