नेपाल मगर संघ युएईले माघेसंक्रान्ति भब्यका साथ मनाउने

Read Time:5 Minute, 26 Second

उपेन्द्र राना मगर


दुवई, मंसीर २७, नेपाल मगर संघ युएईको भर्खरै सम्पन्न बिशेष महाधिबेशन पश्चात बसेको पहिलो बैठकले मगरहरुको मुख्य चाडपर्व मध्ये माघेसंक्रान्ति युएईको अलएनमा भब्यताका साथ मनाउने निर्णय गरेको छ । नेपाल मगर संघ युएई अलएन क्षेत्रिय समितिको आयोजनामा माघेसंक्रान्ति मनाउन लागिएको हो । मगरहरुले बर्ष भरी मनाउने मुख्य चाडपर्वको सुची तयार गरी भागौलिक परिस्थिती र बाहिरी माहौलतालाई मध्य नजर गर्दै युएईमा मनाउन सकिने सम्भावित पर्वहरुमा बुद्ध पुर्णिमा, भाइटिका, माघेसंक्रान्ति र मगर दिवसलाई प्रमुख प्राथामिकता साथ मनाउने निर्णय गरेको छ । मगरहरुको बिभुती रुपमा रहेका प्रथम शहिद लखन थापा मगर स्मृती समारोह र लखन थापा मगर स्मृती कप भलिवल प्रतियोगिता, गायक अरुण थापा मगर स्मृती कप भलिवल प्रतियोगिता र बनभोज कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । यी बिभिन्न कार्यक्रम आयोजना गर्ने जिम्माको विभिन्न क्षेत्रिय समिति तथा बिभागलाई जिम्मा पनि दिइएको छ । जुन यस प्रकार रहेको छ, माघेसंक्रान्ति अलएन क्षेत्रिय समिति – जनवरी ९ तारिक शुक्रबार (यस बर्ष), मगर दिवस केन्द्रिय समिति – फेब्रुवरी २७ तारिक, शुक्रबार (यस बर्ष), बनभोज – फुजेरहा क्षेत्रिय समिति । बुद्ध जयन्ति – दुवई क्षेत्रिय समिति, भाईटिका – महिला बिभाग, अरुण स्मृती कप भलिवल प्रतियोगिता मुसफाह क्षेत्रिय समिति, प्रथम शहिद लखन थापा मगर स्मृती समारोह – अबुधाबी क्षेत्रिय समिति, लखन थापा मगर स्मृती कप भलिवल प्रतियोगिता दुवई क्षेत्रिय समितिले मनाउने निर्णय गरेको छ ।

आउदै गरेको ३३ औ मगर दिवस यस बर्ष आबुधाबीमा यही फेब्रुवरी २७ तारिक शुक्रबार नेपालबाट राष्ट्रिय स्तरका कलाकार नेपाल मगर संघ केन्द्रिय समिति काठमाण्डौ संग समन्वय गरी धुमधामका साथ मनाउने निर्णय गरी महाधिबेशन तयारी समिति गठन गरेको छ जसमा बरिष्ठ उपाध्यक्ष ललितमान राना मगर संयोजक, उपसंयोजक उपाध्यक्ष टंक थापा मगर, महासचिव उपेन्द्र राना मगर, कोषाध्यक्ष अमर शेरपुजा मगर, सांस्कृतिक बिभाग प्रमुख भुवन थापा मगर र प्रबक्ता रेशम सोमई मगर रहेका छन ।

नेपाल मगर संघ युएईले संस्थाको चौतर्फी बिकासको लागी बिभिन्न बिभागहरुको गठन गरिएको छ जस अन्तर्गत संगठन बिभाग प्रमुख बरिष्ठ उपाध्यक्ष ललितमान राना मगर, प्रशिक्षण बिभाग प्रमुख उपाध्यक्ष राजु सिंजाली मगर, कल्याणकारी कोष प्रमुख उपाध्यक्ष भुवन मगर, महिला बिभाग प्रमुख सुनिता राना थापा मगर, खेलकुद बिभाग प्रमुख चन्द्र राना मगर, सांस्कृतिक बिभाग प्रमुख भुवन थापा मगर, अनुशासन बिभाग प्रमुख कुम सारु मगर, भाषा तथा भेष भुषा प्रमुख नुरेन्द्र दिसुवा मगर लाइ जिम्मा लगाइएको छ । केन्द्रीय समितिको बाँकी रहेको केही पदपुर्ती गर्ने भन्ने निर्णय भए अनुसार ७ जना केन्द्रिय सदस्यहरू जस अनुसार चन्द्र राना मगर, जंग रेश्मी मगर, प्रदिप थापा मगर, फनेन्द्र आले मगर, बाँकी मुसफाह, सारजहा र अलएन क्षेत्रलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त क्षेत्रबाट एक, एक जना केन्द्रिय सदस्यमा थप गर्ने निर्णय गरि जम्मा २७ जनाको केन्द्रिय समिति रहने छ । विभागीय प्रमुखहरुले आफ्नो कार्य प्रभावकारी बनाउनको लागी त्यस विभागको लागी सदस्यहरु थप्न पाउने समेत निर्णय गरेको छ ।

आजको बैठक नेपाल मगर संघ युएईका अध्यक्ष भरत राना मगरको अध्यक्षतामा नेपाल मगर संघ युएईका अन्तराष्ट्रिय प्रतिनिधी संयोजक गिरमान थापा मगरको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रम संघका महासचिव उपेन्द्र राना मगरले संचालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %