साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन

Read Time:9 Minute, 36 Second
बिश्वदीप तिगेला

गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न नियमित मासिक बैठकले यस बर्षको साहित्यिक दुत सम्मान र उत्कृष्ट शाखा, उत्कृष्ट सदस्य घोषणा साथै शाखाहरुबाट केन्द्रमा मनोनित गरयो ।
 
विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउनु हुने उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्य दुत सम्मान घोषणा गरेको छ । नेपाली साहित्य दुत सगरमाथा सन् २०१४ कृष्ण प्रकाश श्रेष्ठ (मस्को रसिया), नेपाली साहित्य दुत कन्चनजंघा सन् २०१४ सुरेसजंग शाह (लण्डन युके), नेपाली साहित्य दुत लोत्से २०१४ कपिल अधिकारी (ताइवान), नेपाली साहित्य दुत मकालु २०१४ महेन्द्र कुमार मल्ल (वीरेन्द्रनगर नेपाल), नेपाली साहित्य दुत चोयो २०१४ टंक सम्बाहाम्फे (हङकङ), नेपाली साहित्य दुत धौलागिरी २०१४ विक्रमवीर थापा (मेघालय भारत), नेपाली साहित्य दुत मनास्लु २०१४ डेन्जोम साम्पाङ (भुटान हालः न्यूयोर्क) र नेपाली साहित्य दुत अन्नपूर्ण २०१४ लक्ष्मन न्यौपाने (बर्मा) लाई घोषणा गरयो ।
 
प्रत्येक बर्ष घोषणा गरिने बर्षको उत्कृष्ट शाखा यसबर्ष विश्व नेपाली साहित्य महासङ्घ, कुवेत शाखा र यस बर्षको साहित्य महासंङ्घको उत्कृष्ट सदस्यमा इजरायल शाखाकी पूर्व महासचिव यासिन राई घोषित भएकी छिन । अघिल्लो बर्षको कार्यलाई मूल्याङ्कन गरि उत्कृष्ट शाखा र सदस्य घोषणा गर्ने प्रचलन रहेको छ । 
 
बैठकले नेपाल शाखाका अध्यक्ष रमेश कडेल, कुवेत शाखाका अध्यक्ष अमित राई, इजरायल शाखाका अध्यक्ष काजल घिमिरे र उत्कृष्ट सदस्य घोषित यासिन राईलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ ।
 
हाल संचालनमा रहेको विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २ को लागि प्राप्त भएका कविता र त्यसको मूल्याङ्कन साथै पुरस्कारको ब्यवस्था तथा वितरणको बारेमा ब्यापक छलफल भयो । बैठक चलिरहेकै बेला १ लाख २५ हजार पैसा संकलन भयो । जसमा अध्यक्ष विश्वास दीप तिगेलाबाट ३० हजार, उपाध्यक्ष सुरेन्द्र परदेशीबाट रु १० हजार, कोषाध्यक्ष केदार सुनुवार संकेतबाट रु २५ हजार, सदस्य डा. लेखनाथ काफ्लेबाट रु १० हजार, नवकेन्द्रीय सदस्य रमेश कडेलबाट ५ हजार र मातृभूमिको लागि युवा अभियान थाइल्याडले रु ५० हजार संकलन भयो ।
 
महासङ्घका केन्द्रीय सचिव खगेन्द्र अधिकारीको माताको असमायिक निधन भएकोमा १ मिनेट मौनधारण गर्दै शोक प्रस्ताव पारित गरयो । 
 
साहित्य महासङ्घको लागि योगदान गर्ने सबैलाई महासङ्घले ढिलोछिटो नछुटाई सम्झनेछ अध्यक्ष तिगेलाले बताएका छन । 
 
महासंघको नेपाल शाखाले गत २८ नोभेम्बर कै दिन काठमाडौमा एक कृतिको विमोचन गरयो भने सोहि दिन अष्ट्रेलियामा साहित्य महासंघको शाखा विस्तार विष्णु चापागाईको संयोजकत्वमा सम्पन्न भएको छ । त्यस्तै गरि महासङ्घ युके शाखाले बरिष्ठ कवि विक्रम सुब्बाको एकल कविता वाचन कार्यक्रम गत २९ नोभेम्बरका दिन सम्पन्न गरेको छ । यस महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् ।
 
 
नेपाली साहित्यिक दुतहरुको योगदान के के हुन ?
 
१. कृष्ण प्रकाश श्रेष्ठ 
२. सुरेसजंग शाह
३. कपिल अधिकारी
४. महेन्द्र कुमार मल्ल
५. टंक सम्बाहाम्फे
६. बिक्रमवीर थापा
७. डेन्जोम साम्पाङ
८. लक्ष्मन न्यौपाने
 
१. कृष्ण प्रकाश श्रेष्ठः वि.स. १९९४ कार्तिकमा थानकोट काठमाडौंमा जन्मनु भएका साहित्यकार श्रेष्ठका एकदर्जन बढि कृतिहरु प्रकाशित छन् । वहाले १२ वटा रसियन भाषाको पुस्तक नेपालीमा अनुवाद गर्नुको साथै ७ वटा नेपाली पुस्तक रसियन भाषामा अनुवाद गरी अमुल्य योगदान गरेका छन ।  झण्डै ४ दशक अघिदेखि रसियामा बसोवास गर्दै आउनु भएका श्रेष्ठ अनवरत नेपाली साहित्यको काममा सक्रिय अंग्रज स्रष्टा हुन ।
 
२. सुरेसजंग शाहः वि.स. २०१५ साउन १५ गते कार्तिकस्वामी ७ जुम्लामा जन्मनु भएका साहित्यकार शाह सन् १०९० को दशकबाटै युकेमा बसोवास गर्दै आउनु भएको छ । वहाका ९ वटा कृतिहरु प्रकाशित छन् । युकेमा नेपाली साहित्यको सस्थागत विकासको प्रथम श्रेय साहित्यकार शाहलाई जान्छ । वहाकै पहलमा सन् १९९५ मा स्थापित नेपाली साहित्य विकास परिषद अहिले पनि माउ साहित्यिक संस्थाको रुपमा रहदै आएको छ । युकेमा नेपाली साहित्यको केन्द्रविन्दुको रुपमा शाहलाई चिनिन्छ ।
 
३. कपिल अधिकारीः ताइवानमा सेवारत अधिकारीको जन्म वि.स. २०२३ भाद्रमा जिरी दोलखामा भएको हो । अधिकारीले सन् २००३ देखि इपत्रडटकम संचालन गर्दै आएका छन । नेपाली साहित्यलाई नयाँ प्रविधिमा लैजाने पहिलो पुस्ताको रुपमा चिनिन्छन । नेपाली साहित्य अनलाइनमा सन् १९९४ ताकै प्रवेश गरेको भएपनि निरन्तर संचालनमा रहेको नेपाली साहित्यिक वेवसाइट इपत्रडटकम हो । साहित्यकार अधिकारीका फर्मोसाका गीतहरु नामक एक कविताकृति प्रकाशित छ ।
 
४. डा. महेन्द्र कुमार मल्लः दैलेख डाँडापराजुलमा वि.स. २०२६ पुष २५ मा जन्मनु भएका डा. मल्लले आधुनिक नेपाली उपन्यासमा मिथक विषयबाट विद्यावारिधि गर्नुको साथै नेपाली भाषा तथा साहित्य सम्बन्धिका ४ कृति नेपाली साहित्य जगतलाई प्रदान गरेका छन । 
 
 ५. टंक सम्बाहाम्फेः धनकुटाको कुरुलेतेनुपा ५ मा जन्मनु भई सन् १९९० कै दशकमा हङकङ प्रवेश गर्नुभएका सम्बाहाम्फेले धधध।कचबकतब।दयिनकउयत।अय।गप  निर्माण गरि सम्पूर्ण नेपाली साहित्यकारहरुको वायोडाटा राखेर नेपाली साहित्यलाई ठूलो योगदान दिएका छन । वहाको ६ वटा कृतिहरु प्रकाशित छन् साथै नेपाली साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन ।
 
६. बिक्रमवीर थापाः २२ फेब्रुवरी १९५० मा वारपथ्थर सिलाङ, मेघालयमा जन्मनु भई भारतीय सेनामा सेवागरि सेवानिवृत्त भएका साहित्यकार थापाको ६ वटा आफ्नै कृतिहरु प्रकाशित छन । 
 
७. डेन्जोम साम्पाङः गोलन्टी गाँउ जोङखर भुटानमा जन्मनु भएका साम्पाङ नेपाली साहित्यमा स्वीकारोक्ति सिद्धान्तका अध्यता तथा भुटनीज लिटरेरी अर्गनाइजेशनका अध्यक्ष हुन । हाल वहा अमेरिकामा बसोवास गर्दै आएका छन ।
 
८. लक्ष्मन न्यौपानेः रत्नभूमी मोगोक म्यान्मा बर्मामा जन्मनु भएका न्यौपानेले नेपाली भाषा साहित्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन । नेपाली साहित्य डिप्लोमाका संस्थापक दुई कृति र अनेक सम्पादन रहेका छन् ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %