युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न

Read Time:1 Minute, 18 Second

बिश्वदीप तिगेला

पिटरबरो, गत २९ नोभेम्बर २०१४ का दिन युकेको पिटरबरोमा नेपालका चर्चित कवि विक्रम सुब्बाको एकल कविता बाचन सम्पन्न भएको छ ।

विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न एकल कविता वाचन समारोहमा कवि सुब्बाले झण्डै २ दर्जन कविताहरु वाचन गरि दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनु भयो । वहाको कवित्वले आफूलाई प्रभाव परेको कुरा साहित्यकार वि.के. पाण्डेले बताउनु भयो । कवि सुब्बाको कविता बाचन पछि युकेमा रहेका स्रष्टाहरुले पनि आआफ्नो सिर्जना बाचन गरेका थिए ।

साहित्य महासङ्घ विश्व केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा युके शाखाका अध्यक्ष समिप हाङबाङ जर्जर, उपाध्यक्ष भरत पाण्डे लगायत आधा दर्जन स्रष्टाहरुले आआफ्नो कविता सुनाएर कवि सुब्बालाई सम्मान गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %