रमेश कनौजेमगर
नोभेम्बर ३०, कतार
नेपाल प्रवासी मगर संघ दोहा कतारले मगरहरुको प्रमुख चाड माघी पर्व – २०७१ भव्ताका साथ मनाउने भएको छ । २०१५ जनवरी ९ तारिकका दिन संघका केन्द्रिय कोषाध्यक्ष लिलम्बर चिदीमगरको संयोजकत्वमा समाल पब्लिक गार्डेनमा बनभोज कार्यक्रमका साथ माघी पर्व – २०७१ मनाउन लागेको हो ।
उक्त कार्यक्रम सफल बनाउनका लागी स्वयंसेवक संयोजक महेन्द्र थापामगर, उपसंयोजक रबिन मगर, खाना तथा नास्ता संयोजक अभिमत पुनमगर, यातायात संयोजक शेरबहादुर रोकामगर, सचिवालय संयोजक रमेश कनौजेमगर, आर्थिक संयोजक बिवेक पुलामीमगर, खेलकुद संयोजक कृष्ण रानामगर, सांस्कृतिक संयोजक जनक थापामगर, रहेको ९ सदस्यीय आयोजक समिति बनाई ब्यापक गृहकार्य गरिरहेको छ ।
कार्यक्रममा कौडा, हुर्रा, सालैजो, मारुनी लगायत अन्य विविध सांस्कृतिक प्रस्तुती गर्नुका साथै २०७१/७२ को लागी मगर बाङ छान्ने, महिलाहरुको लागी मात्र हाँडी फोर्ने, लगायत डोरी तान्ने खेलहरुद्धारा मनोरञ्जन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई यातायात, खाना र नास्ताको लागी आयोजकबाटै ब्यबस्था गरिने पनि आयोजक समितिका संयोजकले जानकारी दिएका छन ।
मगर संघ कतारले भव्यताका साथ माघी पर्व – २०७१ मनाउने
Read Time:1 Minute, 49 Second