उपेन्द्र राना मगर
दुवई, मंसीर १२, नेपाल मगर संघ युएईको बिशेष महाधिबेशनले भरतराज राना मगरको नेतृत्वमा नयाँकार्य समिति चयन गरेको छ । हिजो २८ तारिक शुक्रबार दुबई स्थित जाबेल पार्कमा नेपाल मगर संघ युएईको बिशेष महाधिबेशन, निबर्तमान अध्यक्ष हस्तराज दर्लामी मगरको अध्यक्षतामा तथा प्रमुख संरक्षक गिरमान थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालेचयन गरेको कार्य समिति यस प्रकार रहेको छ ।
अध्यक्ष – भरतराज राना मगर
वरिष्ठ उपाध्यक्ष – ललितमान राना मगर
उपाध्यक्ष – भुवन थापा मगर
उपाध्यक्ष – टंक थापा मगर
उपाध्यक्ष – सुजन थापा मगर
उपाध्यक्ष – राजु सिंजाली मगर
महासचिव – उपेन्द्र राना मगर
सचिव – हर्क थापा मगर
कोषाध्यक्ष – अमर शेरपुजा मगर
सह-कोषाध्यक्ष- शिला राना मगर
प्रबक्ता – रेशम सोमई मगर
सदस्य – नबिन थापा मगर
सदस्य – सुनीता थापा मगर
सदस्य – भुवन थापा मगर
सदस्य – चन्दा पुलामी मगर
सदस्य – कुम सारु मगर
सदस्य – निरु मगर
सदस्य – लोक सुनारी मगर
सदस्य – चन्दा पुलामी मगर
सदस्य – बिकाश थापा मगर
सदस्य – नुरेन्द्र दिसुवा मगर
सदस्य – शिव राम्जाली मगर
सल्लाहाकार परिषद
प्रमुख – चन्द्र सारुमगर
सदस्य – अशोक राम्जाली मगर
सदस्य – जे. बि. राना मगर
सदस्य – खुम आलेमगर
सदस्य – ज्ञान सारु मगर
प्रमुख संरक्षक- लाल बहादुर ढेंगा मगर
उप-संरक्षक – धनेन्द्र मास्की राना मगर
अन्तराष्ट्रिय प्रतिनिधी
संयोजक – गिर मान थापा मगर
महिला – बबिता रास्कोटी मगर
सदस्य – हस्तराज दर्लामी मगर
केहि महिना अगाडी भएको समायोजन प्रक्रिया र त्यस भेलाको निर्णय अनुसार बिशेष महाधिबेशन र बिधान संशोधन गर्नेभन्नेनिर्णय भए अनुरुप हिजो सम्पन्न बिशेष अधिबेशनमा बिधान संशोधन समितिका संयोजक अशोक कुमार राम्जाली ज्युले संशोधित बिधान ब्याख्यात्मक तथा रोचक तरिकाले प्रस्तुत गरेका थिए । प्रस्तुत बिधान बर्तमान परिस्थितीमा उत्कृष्ठ रहेको भन्दै सर्बसहमतिमा पास गरेको थियो ।
नेपालमा भर्खरैसम्पन्न अन्तराष्ट्रिय मगर मंचको भेलामा उपस्थित हुनुभएका चन्द्र सारुमगर ज्युले उक्त भेलाको सन्देश भेलामा प्रस्तुत गरेका थिए । दुबई क्षेत्रिय समितिका अध्यक्ष डोलराज राना मगर र फुजेरहा क्षेत्रिय समितिका सचिव मेख थापा मगरले आ-आफ्नो क्षेत्रको प्रगती बिवरण प्रस्तुत गरेका थिए । संगाठानिक तथा प्रशिक्षण प्रतिबेदन उपेन्द्र राना मगर र महासचिव को प्रतिबेदन रेशम सोमई मगरले प्रस्तुत गरेका थिए । चन्द्र सारुमगरको संयोजकत्वमा गठित निर्बाचन कमिटीलाई धन्यबाद दिदै बिशेष अतिथी तथा बर्तमान प्रमुख संरक्षक श्री लाल बहादुर ढेंगा मगर ज्युले नयाँकार्य समितिलाई शुभकामना मन्तब्य दिएका थिए । महाधिबेशन संयोजक ललितमान राना मगर रहेको कार्यक्रम सचिव हर्क थापा मगरले संचालन गरेका थिए ।