अपाङ्गको सह्योगार्थ नेपाली ईन्द्रेणी समुह बहराईनले दोस्रो साँगितिक कोशेली ल्याउने तैयारी गरेको छ ।
कृष्ण शारुमगर
बहराइन , २९ नोभेम्बर – चर्चित राष्ट्रिय लोक तथा दोहोरि गायक पशुपति शर्मा र गायिका चन्दा अर्याल बहराइन आउने भएका छन् ।
उनिहरूको सुमधुर आवाज संग-संगै चर्चित आधुनिक तथा पप गायिका ईन्दिरा जोशी, र आधुनिक तथा सेलो गायिका सरिता पाख्रिन लामा पनि साथै आउने छन् । उता चर्चित हाँस्य कलाकार (भद्रगोल)का अर्जुन घिमिरे , कुमार कट्टेल, नृत्य निर्देशक, सगुन श्रेष्ठ , नृत्यगना रस्मी तामाङ पनि सहभागी हुने छन् । साथै बहराईनमा रहेका चर्चित स्थानिय कलाकारहरूको समेत बेजोर्ड प्रस्तुतिले उपस्थित दर्शक हरूलाइ भरपुर मनोरञ्जन प्रस्तुति रहने छ । सो कार्यक्रम अपाङगहरुलाई सहयोगार्थ प्रवेश शुल्क बाट संकलित रकमलाई सहि ठाउँमा सदुपयोग गर्ने, लक्ष्य लिई कार्यक्रम आयोजना गरेको कुरा आयोजकले जानकारी दिएका छन् ।
नेपाली इन्द्रेणी समुहले बहराईनको राजधानी मानमाको नेपाली ताज रेष्टुरेन्टमा २८ नोभेम्बर २०१४ का दिन बसेको बैठकले समस्त भद्रभलाद्मी तथा पत्रकारहरू समेतको उपस्थितिमा बृहत छलफल तथा अन्तरकृया कार्यक्रम गरी सार्वजनिक जानकारी दिएका छन् । १ जनवरी २०१५ का दिन अंग्रेजी वर्ष लाई पनि नेपाली-नेपालीहरू वीच आपसी भाईचारा सद्भाव एकता साथै शुभकामना आदान-प्रदान सहित इन्द्रेणी समुह बहराइनले नेपाली राष्ट्रिय मौलिक कला संस्कृतिलाई जगेर्ना गर्दै नेपाली ईन्द्रेणी समूहले सबैमा हार्दिक अपील गर्दै दोस्रो साँगितिक प्रस्तुतिमा सभ्य र भब्य सफल बनाउनका लागी कलाकार तथा सम्पुर्णमा आयोजक समिति संयोजक समितिका परिवार सबैमा यस दोस्रो प्रस्तुति लाई पनि बृहत सफल बनाउन बहराईनमा रहेका स्थानिय कलाकारहरू समेतको बेजोर्ड प्रस्तुति रहने भएको संयुक्त छलफलमा राम बर्तौलाको संयोजकत्वमा ९ सदस्यीय एक समिति रहेको समेत जानकारी दिए ।
जस्मा सह संयोजक लक्ष्मण श्रेष्ठ, कोषाध्यक्ष राजु सोनाम, महासचिव अजित घाम्बोले, सचिव रवि पुडासैनी, सदस्यहरू कुल ब. सोनाम, रीत श्रेष्ठ, कबिन ब्लोन तामाङ र दिल थापा रहेको छ ।
उक्त साँस्कृतिक कार्यक्रम बाट संकलित रकम लाई नेपाल स्थित अपाङ्गहरूको ब्यावस्थापन र जिर्ण अवस्थामा रहेको बासस्थान साभारका लागी केही राहत होस् भन्ने हेतुले २८ नोभेम्बर २०१४ का दिन बसेको बैठकमा आयोजक समितिले निर्णय गरेको छ ।
कार्यक्रम यहि आउँदो जनवरी १ तारिख अंग्रेजी नयाँ वर्ष २०१५को सुखद उपलक्ष्यमा बहराइनको राजधानी मानमा स्थित डेलमन ईन्टरनेश्नल होटलको सभा हलमा हुने कुरा पनि सो पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको थियो । उक्त कार्यक्रम सफलताको लागी राज्यसत्ता डटकम मीडिया द्वारा कार्यक्रम सफलताको लागी अग्रिम शुभकामना ब्यक्त गर्दछ ।