शुशी पुलामी
आबुधाबी ,२५ नोभेम्बर – नेपाल मगर संघ युएईको आयोजनामा आगामी २८ नोभेम्बर शुक्रवार गोल्डेन स्पुन भेजिटेरियन रेष्टुरेन्ट आबुधाबीमा हुन गै रहेको, अन्तरक्रियाको सम्पुर्ण तैयारी पुर्ण भै सकेको संघले जानाकारी दिएको छ ।
मुलुककको सर्वाधिक राजनैतिक चासो एवम् वहशको केन्द्रमा रहेको,राज्यको पुनरसम्रचनामा जातिय पहिचान प्राप्तिको निम्ति,आम आदिवासी जनजातिहरु संगठित भै,आदिवासी जनजाति राष्ट्रिय आन्दोलन मार्फत, सम्झौताहिन आन्दोलित गरीरहेको विधमान अवस्थामा,प्रवासमा रहेका मगर एवम् आदिवासी जनजाति संघ संस्थाको भुमिका के रहे मात्र, उक्त पहिचान प्राप्तिको आन्दोलनामा इटा थपिन सक्छ ? भन्ने वहशको निम्ति संघले “राज्यको पुनर्संरचना पहिचानको प्रश्न ? प्रवासी मगर एवम् आदिवासी जनजाति संघ संस्थाको भुमिका ” विषयक अन्तरक्रिया गर्न थालिएको संघका “१८ मगरात” उपाध्यक्ष कैलाश ‘खाम’ पुन मगरले बताएका छन् ।
लगभग युएईमा जातीय पहिचान पक्षेधर कुनैपनि संघ संस्थाहरुले पहिलो पटक गर्न थालिएको,भावी संविधानमा जातिय पहिचान सहितको राज्यको पुनरसम्रचना विषयक यो अन्तरक्रियाले, मूलुकमा भै रहेको जातीय पहिचान सहितको आन्दोलनको निम्ति इँटा थपिने सवालमा उपलब्धीमूलक हुने बिस्वाश संघले लिएको छ ।
यश किसिएमका कार्यक्रम आयोजना संसारभर रहेका पहिचानवादी संघ संस्थाले गर्नुपर्ने आवस्यकता तर्फ समेत ध्यान आकर्षण गरिएको संघले दावी गरेकोछ ।