हङकङ्गमा बस्नेहरुले नेपाल बाट मगर भाषाको रेडियो कार्यक्रम संचालन गर्दै ।
देब पचभैया
पाल्पा, मंशिर ६ -हङकङ्गमा बस्ने नेपालीहरुको संयुक्त प्रयासमा नेपालमा मगर भाषाको रेडियो कार्यक्रम संचालन भएको छ ।
पश्चिम नेपालको पाल्पा क्षेत्रकै पुरानो ब्यवशायीक रेडियो श्रीनगर एफ,एम मार्फत हरेक हप्ताको आईतबार बेलुकी ८ बजे देखि साढे ८ बजे सम्म मगर भाषाको कार्यक्रम “कानुङ्ग धुट कानुङ्ग लोयाट”(हाम्रो भाषा, हाम्रो अधिकार) संचालन भएको हो ।
magare.mp3
बिगत ११ बर्ष देखि हजार वाटमा संचालन भैरहेको श्रीनगर एफ,एम पाल्पा, गुल्मी, तनहु, स्याङ्गजा, पर्बत, रुपन्देही, अर्घाखाची , लमजुङ्ग, बाग्लुङ्ग , मनाङ्ग, मुस्ताङ्ग लगाएतका २८ जिल्लामा सुन्न सकिन्छ । एफ,एम ब्याण्डको ९३ दशमलब २ मेगाहर्जमा र ईन्टरनेट अनलाईनको www.shreenagarfm.com मार्फत संसार भर प्रत्यक्ष रुपमा सुन्न सकिन्छ ।
मगरभाषाको कार्यक्रमलाई बिगत १३ बर्ष देखी सक्रिय पत्रकारिता गर्नुभएका श्रीनगर एफ,एमका स्टेशन म्यानेजर देब पचभैया मगरले उत्पादन तथा निर्देशन गर्नुभएको छ । आधाघण्टा सम्म संचानल भैरहेको रेडियो कार्यक्रममा भाषा, सस्कृति, रहनसहन र जातिय एबं राजनैतिक अधिकार लगाएतका बिषयमा केन्द्रित गरिने कार्यक्रम संचालनको लागी सक्रिय भुमिका खेल्नुभएका दर्मलडाडा ४ पाल्पा (हाल हङकङ्ग) का बीरबहादुर आलेले जानकारी दिए ।
कार्यक्रमका अर्का निर्देशक रामपुर पाल्पा (हाल हङकङ्ग) का झलक पल्लीका अनुसार हङकङ्गमा रेडियो कार्यक्रम संचालनको लागी हरेक ब्याक्ति बाट मासिक सय डलर उठाउने अभियान संचालन भैरहेको छ । अहिले सम्म १८ जना हङकङ्गमा बस्नेहरु यसमा आबद्ध भैसक्नुभएको छ । मगर भाषामा उत्पादन भएको रेडियो कार्यक्रम “कानुङ्ग धुट कानुङ्ग लोयाटलाई” निरन्तर सहयोगको आर्थिक सहयोग गर्नेहरुमा :
बीरबहादुर आले मगर (दर्मलडाडा ४ पाल्पा)
झलक पल्ली मगर (रामपुर १४ पाल्पा)
नन्दबहादुर थापा मगर (पाखापानी ३ पर्बत)
गणेश जंग राना मगर (कुवादी पाल्पा)
रुपबहादुर थापा मगर (तानसेन पाल्पा)
पुर्णबहादुर दर्लामी मगर (मस्याम ४ पाल्पा)
एकबहादुर राना (बुटवल १० रुपन्देही)
नेत्रबहादुर थापा मगर (नवलपरासी सुनवल)
तिलबहादुर आले मगर (दर्लमडाडा पाल्पा)
टकबहादुर रामजाली मगर(तानसेन ३ पाल्पा)
योग्यबहादुर दर्लामी मगर (चिर्तुङ्गधारा ५ पाल्पा)
चुराबहादुर थापा मगर (तानसेन पाल्पा)
मेखबहादुर आले मगर (कोहलपुर ३ बाके)
कबिता थापा मगर (रुपन्देही, बुटवल)
बिशन कुमार थापा मगर(स्याङ्गजा)
गीता शर्मा (बुटवल रुपन्देही)
मीन बहादुर थापा मगर (बुटवल १२ रुपन्देही)
चन्द्र ज्वोती आले मगर (तनहु ४)
हुमबहादुर पचभैया थापा मगर (ठिमुरे २ धोर्लीखरक, पाल्पा)
लगाएतका ब्याक्तिहरु रहेका छन् । कार्यक्रम संचालनको लागी अझै धेरै नेपालीहरुको आबद्धता रहने र त्यसको लागी आपसी छलफल भैरहेको झलक पल्ली मगरले जानकारी दिए ।
कार्यक्रममा पाल्पा, स्याङ्गजा, गुल्मी, रुपन्देही लगाएतका क्षेत्रमा बस्ने मगरहरुको बसोवास स्थलमा समेत पुगेर त्याहाको भाषा,सस्कृति, रहनसहन लगाएतका कुराहरु समेटेर रिपोर्ट, कुराकानी, नाटक, छलफल लगाएतका कुराहरु समाबेश गरिनेछन् ।
हराउन लागेको मगरी भाषा, सस्कृतिलाई बचाई राख्नको लागी यस्ता कार्यक्रमलाई सबैले सहयोग गर्नुपर्नेमा हङकङ्गमा बस्ने नेपालीहरुले जोड दिएका छन् ।