विनोद रखाली मगर
गल्याङ्,मङ्सीर ४ -ओम शान्ति गल्याङ्ले भावना विस्तार एवम् स्नेह मिलन कार्यक्रम गल्याङ्मा सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै संविधानसभाका सदस्य मुक्ति प्रसाद पाठकले जिवन र जगतमा आध्यात्मिक क्रियाकलापले सुख शान्ति तथा समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने कार्यको चर्चा गरे । गल्याङ् तथा आसपासका समाजसेवि, वौद्धिक वर्ग, व्यापारी लगाएतको उल्लेख सहभागिता रहेको उक्त कार्यक्रममा स्याङ्जा जिल्ला उद्योगा वाणिज्य संघका तृतिय उपाध्यक्ष श्याम प्रसाद वस्याल , समाजसेवि दुर्गा प्रसाद भण्डारी, व्रह्रम कुमार शैलेशराज वराल लगाएतले आध्यात्मिक सस्ंथाहरुले समाजलाई परीवर्तन गर्न , सकारात्मक सोँचको विकाश गर्न ओम शान्तिले खेलेको गतिविधि प्रति सकरात्मक भनाई राख्दै जीवनलाई स्वस्थ राख्न आध्यामिक विज्ञानको आवश्यक्ता रहेको भनाई व्यक्त गरे ।
व्रह्रम कुमारी इश्वरी विश्व विद्यालय गल्याङ् उप शाखाका व्रह्रमकुमारी शोभाको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन व्रह्रमकुमारी ताराले गरेकी थिइन् । भावना विस्तार एवम् स्नेह मिलन कार्यक्रम व्रह्रमकुमारी इश्वरी विश्व विद्यालय पश्चिम नेपालका निर्देशक व्रह्रमकुमारी परनिताको अध्यक्षतामा सम्पन्न भएको थियो