उत्पिडित समुदायका तारा सुभाष ओझेलमा

Read Time:6 Minute, 29 Second

कृष्ण सारू मगर

गृह जिल्ला हरिवन-२ सर्लाही – निवासी बुवा भवानी नेपाली र आमा भगवतीकी कोख बाट जन्म भएका ५ भाई मध्य कान्छो छोरा सुबास नेपालीको बारेमा तैयार पारिएको खोजपूर्ण लेख ।

(फोटो : कृष्ण हमाल ठकुरी)

  आशा छ यो लेख बाट थुप्रै ओझेलमा परेका प्रतिभा हरुलाई समेत सकारात्मक प्रोत्साहनको संदेश जानेछ । भन्ने हामी निश्चिन्त छौ ।

उनमा भएको कर्णप्रिय आवाजका धनि गीत गाउने यस्तो प्रतिभा जस्को सबैले खुलेर प्रशंसा गर्न सकिन्छ ।

त्यति मात्र हैन उनका साथीहरुले सुभाषमा अनगिन्ति कृति सब्द रचनाका भण्डार रहेको तर, अगाडी बढ्नको लागि आवस्यक पुर्वाधारको लागी भौतिक रूपमा सल्लाह, सुझाब र आर्थिक नै बिशेष समस्या परेको बताउँछन् ।

हाम्रो अभियान भनेको लुकेर रहेका प्रतिभाहरुलाई सञ्चार माध्यम द्वारा खोजी गर्ने हाम्रो अभियानमा यस पटक अबसरको खोजीमा सपनाको शहर भनेर परिचित शहर काठमाडौंमा लुकेर रहेको प्रतिभाको खोजीमा त थियौँ नै अकस्मात यी होनाहर ओझेलमा परेका प्रतिभाको धनि गायक सुबासलाई यो हाम्रो अभियानमा वर्तमान अन्तरराष्ट्रिय नेपाली कलाकार समाज बहराइनका अध्यक्ष कर्ण थापाको सहयोगमा यो खोज पूर्ण अभियानमा ढुङ्गा खोज्दा देउता पाएको महशुस गरे ।

अत्यन्तै अनुशाषित र मिलनसार मनको धनि सुबास नेपाली बिगत ७-८ बर्षदेखि काठमाडौंमा कठोर परिश्रम गरेर आफ्नो जिविको पार्जन गर्दै छन् ।

गायन क्षेत्रको बिभिन्न विधामा पोख्त रहेका गजल आधुनिक र फिल्मी गीत सहित ४ दर्जन गीतहरूमा आफ्नो जादुमय आवाज दिई सक्नु भएको छ ।

गायक सुबास भन्नु हुन्छ खै ?… आफ्नो भाग्य नै यस्तै हो या फेरी कसैको साथ सहयोग नमिलेको हो ।

म त,अल-मल्लमा परेको छु भन्दै दुखेसो पोख्नु हुन्छ ।

हाल kyaravan होटेलको गजल साँझ काठमाडौंमा गजल गीतहरु गाएर सबैलाई आफ्नो कर्णप्रिय आवाजले उपस्थित सबै गीत, गजल संगितप्रेमी हरूलाई उहाँको प्रतिभाले उत्साहित र मन्त्रमुग्ध बनाउँदै मनोरञ्जन दिनु हुन्छ ।

आफ्नो तितो यथार्थता यसरी सुनाउनु हुन्छ “साच्चै नै मान्छेको सफा मन मात्रै भएर हुदो रहेनछ ।

अगाडि बढ्नको लागि आर्थिकको पनि उत्तिकै आबश्यकता हुँदोँ रहेछ भन्दै गरीब भएर जन्मनु त्यो पिडा त छँदै छ भने राज्य पक्ष बाट पनि बिभेद र तिरस्कृत झेल्दै छन् हाम्रा अशिक्षित अचेतनशिल हामी र हाम्रो समाजमा सधै अपहेलना “उत्पिडित समुदाय” आफ्ना प्रतिविम्व साकार पार्न सक्ने सपनाहरु पनि एउटा कुनामा थन्क्याएर राख्न बाध्य छु ।

आफुले दिन रात गीत गाएर प्राप्त आर्जनले यो पापी पेट भर्नु र यो सपनाको महल  काठमाडौं शहरमा संघर्षरत जीवन बताउँदै मन भरी उत्साह र उमंगका किरणहरु भए पनि कतै मेरा सपनाहरु संग-संगै जिन्दगी नै निश्चित होटेल मात्रै गजल गाएर सिमित रहने त हैन ? भन्ने लाग्दछ भन्नु भयो । सुभाष नेपाली थप्नु हुन्छ यदि कसैले मेरो कलाको सम्मान गर्नु भयो भने बाचा गर्दछु की भोलि म देश र समाजको लागी केहि गरेर देखाउने प्रण गर्दछु भन्दै भनि गहभरी आँशु निकाल्नु हुन्छ ।

अन्त्यमा आफ्नो कलाको कसैले एक शब्द पनि संचार माध्यममा बोल्नु भएको थिएन आज स्देश देखि विदेश सम्म मेरो बारेमा चर्चा परीचर्चा गरि दिनु भयो त्यसको लागि लुकेर रहेका प्रतिभाहरुको लागि कलम चलाउने कृष्ण सारू मगर, कृष्ण हमाल ठकुरी र कर्ण थापा मागर प्रति सधै ऋणि रहने बताउँदै समाचार सम्प्रेषणमा सहयोग पु-याउनु हुने राज्यसत्ता डटकम पत्रिका लाई बिशेष धन्यबाद दिन चाहन्छु ।

मिडियाको तर्फ बाट पनि सुबास नेपालीलाई सधै भरी लगनशील भएर काम गर्दै जानुहोस् र एकदिन पक्कै पनि सफलताको शिखर चुम्ने अवसर मिल्ने छ लगनशील कडा परिश्रमले नै चम्किलो तारा बन्न सफल श्रष्टा अनुभूति गराउने छ ।

भन्ने अग्रिम शुभकामना ब्यक्त गर्दै लुकेर रहेका प्रतिभाहरूको लागि पनि स्थान दिनु उपयुक्त हुन्छ कि ? यस्तो संवेदनशील बिषयमा गम्भीर भएर सोच्ने कि ? सुबास जस्तै हजारौँ लुकेर रहेका प्रतिभाहरुको खोजी कार्यमा हाम्रो अभियान जारी छ भन्दै हजारौँ, लाखौँ श्रोता, शुभचिन्तक सम्पूर्ण पाठक वृन्दहरुले साथ र सहयोग गर्नु हुनेछ भन्ने पुर्ण बिश्वास आशा, अपेक्षा गर्दै अन्तराष्ट्रिय कलाकार समाज बहराईनका अध्यक्ष तथा अर्घाखाँची प्रवासी समाज बहराईनका संस्थापक अध्यक्ष करन थापा मगरले राज्यसत्ता डटकम पत्रिकालाई बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %