तेरिया फौजामगरलाई हङकङमा सम्मान

Read Time:5 Minute, 4 Second
 
काजी गुरुङ, हङकङ
१० नोभेम्बर २०१४ का दिन जोर्डनस्थित भारतीय गोर्खा भूपू क्लबमा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले एक रात्री भोजको आयोजना गरि DID LITTLE MASTER SEASON-3 विजेता तेरिया फौजामगर लगायत मगर संघ हङकङको आयोजनामा आयोजित “चौथो अरुण स्मृति सांझ ” मा नेपालबाट आमन्त्रित चर्चित लोक दोहोरी गायिका मुना थापामगर, युवा हांस्यकलाकार तथा नृत्यकार निर आलेमगर सहित लोक तथा आधुनिक गायक प्रसाद खप्तरी, नवराज थापा मगर, गमन पुन मगर र गायक देब आले मगरलाई सम्मान गरेका छन। साथै तेरिया फौजामगरकी आमालाई पनि सम्मान गरेका छन।
 
संघका अध्यक्ष जजिन चाम्लिङको अध्यक्षतामा सम्पन्न छोटो औपचारिक कार्यक्रममा तेरिया फौजामगरलाई प्रमुख अतिथ्या प्रदान गरिएको थियो भने नेपालबाट आमन्त्रित अन्य कलाकारहरु चर्चित लोक दोहोरी गायिका मुना थापामगर, युवा हांस्यकलाकार तथा नृत्यकार निर आलेमगर, लोक तथा आधुनिक गायक प्रसाद खप्तरी, नवराज थापा मगर, गमन पुन मगर र गायक देब आले मगरलाई बिशेष अतिथ्या प्रदान गर्दै मञ्चमा आसिन गराएका थिए। यसैगरि मगर संघ हङकङका केहि प्रतिनिधीहरुलाई पनि मञ्चमा आसिन गराएका थिए।
 
संघकै उपाध्यक्ष कलजित गुरुङको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमलाई मिडिया प्रवक्ता मुककाजी गुरुङ, सल्लाहकार याम बुढाथोकी लगायत चर्चित लोक दोहोरी गायिका मुना थापामगरले शुभकामना मन्तब्य ब्यक्त गरेकी थिइन भने कार्यक्रम संघकै सह-सचिव चन्द्र बहादुर पुनले सञ्चालन गरेका थिए। 
 
यसैक्रममा अध्यक्ष जजिन चाम्लिङले नेपालकै नाम उच्च राख्न सफल भारतीय गोर्खा भूपू सैनिकका सन्तती तेरिया फौजामगरलाई सम्मान स्वरुप खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरे। यसैगरि नेपालबाट आमन्त्रित सम्पूर्ण कलाकार लगायत तेरिया फौजामगरकी आमालाई पनि खादा लगाई सम्मान गरेका थिए। सम्मान कार्यक्रम पश्चात DID LITTLE MASTER SEASON-3 विजेता तेरिया फौजामगरले भारतीय गोर्खा भूपू सैनिक संघ हङकङलाई धन्यवाद ब्यक्त गरिन भने तेरियाकी आमाले पनि तेरियाको हजुरबाबा भारतीय गोर्खा भूपू सैनिक भएको नाताले आज यो अवसर मिलेको हो भन्दै संघलाई धेरै धेरै धन्यवाद ब्यक्त गरिन र यो सन्देश नेपाल गए पछि तेरिया फौजामगरको हजुर बाबालाई पु-याउंने बाचा गरिन। स्मरण रहोस भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले बिशेष गरेर भारतीय गोर्खा सैनिकका परिवारहरुलाई कुनै पनि क्षेत्रमा योग्दान पु-याए वापत सम्मान गर्ने गरेको छ ।  
 
कार्यक्रमको अन्तमा अध्यक्ष जजिन चाम्लिङले भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले भारतीय गोर्खा भूपू सैनिकको परिवारलाई प्रवासमा सम्मान गर्न पाउंदा खुशी ब्यक्त गरे र तेरिया फौजामगरले भबिष्यमा अझ प्रगति गर्दै जाउंन भन्ने शुभकामना पनि प्रदान गरे। यसैगरि मगरसंघ हङकङद्वारा आयोजित “अरुण स्मृति सांझ-चौथो”मा नेपालबाट आमन्त्रित सम्पूर्ण कलाकारहरुलाई कार्यक्रममा उपस्थित जनाईदिएकोमा धन्यवाद ब्यक्त गर्दै भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले कलाकारहरुको कलालाई सधैं सम्मान गर्ने बताए भने समयको अभाबले तेरिया फौजामगर बाहेक अन्य कलाकारहरुलाई सम्मान पत्रद्वारा सम्मान गर्न नसकेकोमा खेद प्रकट गर्दै सम्पूर्ण कलाकारहरुलाई हङकङको साङ्गीतिक भ्रमण पश्चात हङकङ देखि गन्तब्य स्थान सम्मको यात्रा सफल रहोस भन्दै कार्यक्रमलाई समापन गरे।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %