रबिन लिङदेन
फोटो रिर्पोटः एचडीडी स्टुडियो
हङकङ, १६ नोभेम्बर १०१४,

कार्तिक २५ गते मनाइने फाल्गुनन्द लिङदेनको जन्म दिवस “किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ”ले अस्ति ११ नोभेम्बर आफ्नै माङहिममा किरात धार्मिक मुन्धुम अनुसार सेवा गरि १३० औं जन्मजयन्ति मनाउन सुरु गरि आज “साक्मुरा वादेम्मा सेवा”को साथमा समापन गरेको हो ।
किरात धर्म दर्शन (मुन्धुम) अनुसार सावायेहाङ खिवेक्वा यक्वा सेवा (उभौली पुजा), साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पुजा) तथा ङा–लाधुङसेमी सेवा (सुख, शान्ति र समृद्घिको कामना पुजा) आज सम्पन्न भएको छ ।
किरात धर्म तथा सहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङ द्घारा आयोजना गरिएको सेवामा किरात भक्तजनहरुको साथमा सेवासावा (किरात धर्मका पुजारी) हरु द्घारा उक्त सेवा गरिएको हो । धर्म दर्शन (मुन्धुम) अनुसार सावायेहाङ खिवेक्वा यक्वा सेवा, साकमुरा वादेम्मा सेवा तथा ङा–लाधुङसेमी सेवा छुट्टा–छुट्टै गरिएको थियो । साकमुरा वादेम्मा तथा ङा–लाधुङसेमी सेवा त्यहाको मुख्य सेवा रहेको थियो ।
सेवामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष मोहनमान नेम्बाङले सेवाको वारेमा वताउदै आदि अनादीकालदेखि नै किरात समुदायको आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति, पर्वहरु विद्यमान रहदै अएको वताउछन । किरात युगपुरुष येहाङ, सोधुङगेन लेप्मुहाङ, मावोहाङ तथा शिरीजङगाहाङ द्घारा स्थापित किरात धर्म दर्शन तथा मौलिक संस्कारहरु विचलन हुदै आएको उनले वताए । विचलन हुदै आएको किरात धर्मलाइ महागुरु फाल्गुनन्द लिङदेनको जन्मावतार भइ वहाँले किरात धर्मलाइ पुनरउत्थान गरेको नेम्बाङले वताए । उनले महागुरु फाल्गुनन्द लिङदेनले धर्मलाइ स्थापित गरि सत्य र अहिंसाको मार्गमा किरात सन्ततीलाइ डो¥याएको वताएका छन ।
पुजामा उपस्थित भक्तजनहरुलाई स्वागत गर्दै संघका लाजेसा आङबुहाङले त्यहा भइरहेको अवस्था तथा किरात धर्मको वारेमा ब्याख्या गरेका थिए । उनले गाली सराप वगाइ सकेपछि सुख, शान्ति र समृद्घिको कामना तथा आर्शीवाद मागने पुजा हो भन्दै ङा–लाधुङसेमि सेवाको विषयमा भक्तजन हरुलाई प्रष्ट्याएका थिए । विश्व शान्ति, मानव एकता र चराचर सृष्टि, मानवको सुख, शान्ति र समृद्घिको लागी किरात धर्मले सधैं सेवा गर्ने आङबुहाङले वताए ।
किरात मुन्धुम अनुसार गरिएको सेवामा सेवासावा (पुजारी) हरु उत्र बहादुर राइ, कसिव राइ, सान्ती आङवोहाङ, हेम येङदेन, टीना सेन्दाङ, कर्ण ओख्राबु रहेका थिए भने मुख्य सेवासावामा तुलकहाङ तुम्सा रहेका थिए ।
हङकङमा सन २००४ देखि यस्तो सेवा गरिदै आएको छ । किरातीहरुमा वर्षमा एक पल्ट गाउघर तिर पनि समुदाय मिलेर यस्तो सेवा गर्ने चलन रहि आएको छ । धर्मका अनुयायीहरु तागा र मेख्लीले सजिएर सेवामा आएका थिए । किरात धर्म अनुसार पुजामा सवैले फुल अक्षता र सतबीउ–पलबीउ चढाएर सेवा गरेका थिए ।
बीबीक्यू स्थानमा गरिएको सेवामा मासु पोल्ने चुल्हामा फुल तथा फल–फुल राखिएको थियो भने अन्य चुल्हाहरु खालि देखीएको थियो ।
नेपालका १६औं राष्ट्रिय विभुती मुहिगुम अङसमाङ (महागुरु) फाल्गुन लिङदेन वावु जगनबाज लिङदेन र आमा हंसमति लिङदेनको कोखबाट साइला छोराको रुपमा बि. स. १९४२ साल कार्तिक २५ गते आइतबार दिन हाल नेपालको मेचि अञ्चल इलाम जिल्ला ईभाङ गाबिस वडा न. ५ चुक्चिनाम्बामा जन्मनु भएका मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दले किरात समाजमा ब्यप्त कुरिति, कुसस्कार, बिकृति र बिसंगतिका बिरुद्ध आफ्नो सम्पूर्ण जिवन अर्पनु भएको थियो ।
किरात धर्म दर्शनदाता अनि महान समाज सुधारक मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दले किरात समाजमा देखिएको कुरिति, कुसस्कार, बिकृति र बिसंगतिका लाई हटाउनको निम्ति पान्थरको चोक्मागु गा. बि. स. वडा न. ३ स्थित लोब्रेकुटिमा बि. स. १९८८ साल बैशाक २४ गतेका दिन १० लिम्बुवान १७ थुममा वसोवास गर्ने सबै गन्यमान्य, बुद्धिजिबि, समाजसेवी, सुब्बा, कारवारी तालुकदार आदिको सहभागितामा एक बृृहत ऐतिहासिक चुम्लुङको आयोजना गरि १० बुंदे सत्य धर्म मुचुल्का तयार पार्नु भएको थियो ।