मनोज घर्तीमगर
चौथो मिस तमुस्यो नेपाल २०१४ का प्रतियोगीहरुले बुधबार फोटोसेसन गरेका छन् ।
(तस्वीर : भूपाल गुरुङ)
नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीको आयोजनामा हुन लागेको प्रतियोगिताका प्रतिस्पर्धीले जातीय पहिरनमा फोटोसेसन गरेका हुन् । कास्कीको ढिकुरपाखरी–२ नागडाँडा स्थित हिमालयन दैउराली रिसोर्टमा पुगेका १८ प्रतियोगीले विभिन्न भागभांगीमा फोटो सेसन गराउन त्यहाँ पुगेका थिए ।
मंसिर १३ गते अन्तिम फइनल हुने उक्त प्रतियोगीको लागि उनीहरु पोखरामा १ महिने बन्द प्रशिक्षण छन् । जातिय उत्थानका लागि आयोजना गरिएको प्रतियोगीमा पतिस्पार्धीहरुले नेतृत्व विकास, व्यक्तित्व विकास सम्बन्धि विभिन्न प्रशिक्षणहरु लिना पाउने मिस तमुस्यो नेपालका संयोजक भुपाल तमुले जानकारी दिए । देशभर छनोटमा परेका प्रतियोगीहरुलाई मिस तमुस्यो नेपाल २१०११ का विजेता नमिता तमुस्योले कोरियोग्राफी गरिरहेका छिन् ।
विजेताले उपाधि, पुरस्कार सहित एक साता लामो हङकङग यात्राको अवसार पाउनेछिन् ।