नन्दबहादुर घर्तीमगर
४ दिने रोल्पा भ्रमणको कार्यक्रम वनाएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यहि महिनाको २७ गते विहीवार सदरमुकाम लिबाङ आए । ‘पार्टी र मुलुक संकटमा पर्दा म रोल्पा आउने गर्छु, कुनै वेला रोल्पाको राङसीमा पार्टीको हेडक्वार्टर वनायौं,प्रचण्डले भने । पूर्वकमाण्डर नन्दकिशोर पुन पासाङको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको थियो।’ ‘लिबाङको टुडिखेलनजिकैको एउँटा कुनाको कोणसभामा प्रचण्डले वोल्दै भने, गणतन्त्र प्राप्तिमा रोल्पाका वहादुरहरुले रगत वगाए । अहिले पनि देश संकटमा फस्दैछ । त्यसैले म दोश्रोपटक रोल्पा सम्झें र आएँ ।’ दिल्लीमा भएको १२ वुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, पहिलो संविधानसभाको १४ प्रदेशको खाका आदि विषयहरु धरापमा पर्दैछन् यसको रक्षाको लागि संभावित शान्तिपूर्ण आन्दोलनको नेतृत्व पनि रोल्पाले गर्ने आशा राखे, प्रचण्डले ।
रोल्पाको वहादुर जनता भन्नाले यहाँका मगर जाती वुझ्नुपर्छ । रोल्पाका मगरहरुले १० वर्षे जनयुद्धमा पसिना चुहाए, हातखुट्टा मात्र हैन ज्यननै गुमाए, रगत वगाए । प्रचण्ड र सिंगो पार्टीलाई जुरुक्क वोकी भारतको दिल्ली हुदै नेपालको सिंहदरवार पु–याएर आफु पुनः रोल्पाको कुना कन्दराको वस्तीमा फर्के । शान्ति समितिको सिफारिसमा विदेशीको पैसा राज्यमार्फत द्धन्द्धपीडितहरुलाई वितरण गरेर अल्झायो । हिजोको पसिना, अंगभंग र रगतको राजनीतिक मूल्यको अनुभूति यहाँका सच्चा कार्यकर्ता र जनतालाई रत्तिभर छैन र संभव पनि होइन । यस्तो वज्रपात हुदा पनि उनीहरुको मन र चित्त अहिलेसम्म दुखेको छैन । एउँटा कहावत छ, ‘घाँटीमा गाँड हुनेले आफ्नो छाती देख्दैन पित्त नहुनेको चित्त दुख्दैन ।’ रोल्पाका मगरहरुको पित्त रहेनछ र उनीहरुको चित्त दुखेन । पार्टी संगठनको कार्यकर्ता हुदैमा आकाशवाट पानी वर्षाए झैं राजनीतिक सुझवुझ हुने कुरा होइन । त्यसैले हाम्रो चित्त नदुख्नुको सिधा अर्थ हो हामी राजनीतिक रुपले उठेका छैनौं, जागेका छैनौं । यो भोगाई भोग्नुमा पार्टी नेतृत्व जिम्मेवार छ । यो तत्कालीन माओवादीप्रति निरपेक्ष हाम्रो एकांकी दृष्टिकोण कदापि होइन । वाटोघाँटो, कुलोकुलेसाजस्ता कामहरु पाउने आश्वासनमा काँग्रेस, एमाले जस्ता पार्टीहरुमा जनजाती अल्झेका छन् । यो एउटा दर्दनाक तस्विर हो ।
विस्तृत शान्ति सम्झौताको मर्मवमोजिम क्यान्टोनमेन्टमा राख्नुपर्ने माओवादी पूर्वलडाकुहरुलाई वाइसियलमा स्थानान्तरण गरी उक्त क्यान्टोनमेन्टमा वाहिरवाट ल्याई खाद्ने काम पार्टीले ग–यो । यसको दीर्घकालीन महत्व पार्टी नेतृत्वलाई मात्र थाहा छ । तर, यसको रहस्यवारे अहिलेसम्म त्यो पार्टीमा लाग्ने मगरहरुलाई ज्ञान छैन । जीव विज्ञानको क्षेत्रमा ‘मगर’ मान्छे होला तर राजनीतिक विज्ञानमा ‘मगर’ पशुवत अवस्थामा रहेछ । रोल्पाको टुँडिखेलको कोणसभामा व्यक्त प्रचण्डको विचारहरु नेपाली माटो अनुरुप जाँच्ने हो भने एउटा भुसुना वरावरको तौल छैन । नेपालमा जातीय संघवाद किन भित्रियो भन्ने कुरा भोलिको अध्यनाले फैसला गर्दैजाला । जातीको पहिचान भूगोलसँग जोडेर जातीय संघीयता माग्न लगाइयो । जातीय संघीयता र प्रदेशको संख्याजस्तो प्राविधिक कुरामा मन मिल्यो भनेर २२ दलीय मोर्चाको नेतृत्व क. प्रचण्डले लिए । २२ दलीय मोर्चाभित्र एमएस थापा, अशोक राई, डा. केशवमान शाक्यजस्ताहरु सम्मिलित छन् । हिन्दीमा एउँटा गीत छ, ‘दुनियाँ है मेरे पिच्छे, अगर मै हुँ तुमरा पिच्छे ।’ जातीय समस्याको राजनीतिक समाधान खोज्ने पार्टी र नेताहरु सडक गल्लीहरुमा प्रचण्डलाई वोकि हिड्नथाले । राजनीतिक रुपमा जनजाती पशुवत अवस्था भनेको यहि हो ।
नेपाल जातीय विविधता र असमानले भरिभराउ छ भन्ने कुरा नेपाली साहित्यकारहरुलाई पनि थाहा भयो र उनीहरुले आफ्नो थर देखाउन चाहदैनन् । सवैको प्यारो हुने उद्धेश्यले साझा हुने साहित्यिक नाम राखेका हुन्छन् । ठीक त्यसैगरी एमाओवादी अध्यक्षले ‘प्रचण्ड’ राखे । एमएस थापाजस्ताहरुले भाषणमा भन्छन्, ‘एमाओवादी अध्यक्षलाई पुष्पकमल दाहालको तुलनामा प्रचण्ड बढी मनपर्छ । प्रचण्डमा जातिवादी सोंच नभएको यसले पनि पुष्टि गर्दछ । त्यसैले २२ दलीय मोर्चामा आवद्ध भई प्रचण्डको नेतृत्व निशर्त स्वीकारेका हौं ।’ हिजोको १० वर्षे जनयुद्धमा रोल्पा, रुकुमका मगरहरुको राजनीतिक अज्ञानताको नाजायज फाइदा प्रचण्डले लाभ उठाउदैछन् भन्ने सुनिन्थ्यो । तर, अहिले एमएस थापाजस्ताहरुको काँधमा चढेर प्रचण्ड सडकमा डुल्दैछन् । एमएस थापाजस्ताहरु पनि राजनीतिक रुपमा पशु रहेछन् ।
पार्टीको मौलिक विचार र कार्यक्रम सून्य । सडक गल्लीमा चाङ लागेको फोहोर कसिंगर जम्मा गरेर पार्टीको लाइन वनाउनेहरु जातीय मुक्तिको भ्रम छर्दैछन । मित्रवत वैचारिक संघर्षको अभावले अनेकन भ्रमजालहरुको वजार झांगिएको छ, आकाश तुवाँलो लागेको छ । जातीय मुक्तिको विचारले ठोस रुप ग्रहण गर्न नसक्नु कमजोर वैचारिक संघर्ष जिम्मेवार छ ।
२९ कात्तिक २०७१