अब बन्ने संबिधानमा सबै नेपालीहरुको हक अधिकार सुरक्षित गराउनका लागि दवाव मुलक कार्यक्रम तय गर्ने ।
कर्मा पहाडी शेर्पा
बेलायत , ९ नोवेम्बेर २०१४ आइतबारका दिन राष्ट्रिय जनमुक्ति पार्टी नेपालको भात्री संगठन दि हिमालयन अर्गनाइजेसन यू केको विशेष बैठक सम्पन्न भएको छ ।
बैठकले अब बन्ने संबिधानमा सबै नेपालीहरुको हक अधिकार सुरक्षित गराउनका लागि दवाव मुलक कार्यक्रम तय गर्ने बताएको छ । अर्गनाइजेसनका अध्यक्ष श्री थर्क रानाको अध्यक्षतामा रेडिङ्मा बसेको बैठकमा नेपालमा बिकसित राजनीतिक घटनाक्रम तथा सबैधानिक राजनैतिक सम्बाद तथा सहमति समितिले विदेशमा बस्ने नेपालीहरुका लागि तयार गरिरहेको अधिकार विहिन परिचय पत्रको बारेमा छलफल र बहसका साथै प्रतिगमन तर्फ उन्मुख नेपालको राजनीतिलाई कसरी सकारात्मक तर्फ अगाडी बढाउन सकिन्छ भन्ने बारेमा केन्द्रित बैठकले तपशिलका निर्णय गरेको जनाएको छ ।

आज मुलुकको एक तिहाई जनसंख्या रोजगारीको सिलसिलामा बिदेशी भूमिमा कार्यरत छन र तिनीहरुकै रगत र पसिनाको कमाईले सिंगो मुलुकको अर्थतन्त्र धानिरहेको अवस्थामा राज्यले उनीहरुको योगदानलाई कदर गर्नुको साटो उल्टो उनीहरुको जन्मसिद्द अधिकारलाई खोसेर सदाका लागि नेपालीहुनबाट बन्चित गराउनका लागि ल्याइएको अधिकार बिहिन परिचयपत्रलाई एसोसिएसनको बैठकले पूर्णरुपले अस्वीकार गर्दै ,नागरिकताको निरन्तरता लागि नेपाल तथा बिदेसमा रहेका नेपालीहरुसंग छलफल बहस र समन्वय गर्दै आन्दोलनको रुपमा अगाडी बढाउने निर्णय पारीत गरेको छ ।
बिगत दुई सय चालिस बर्षदेखि राज्यले अबलम्बन गरेको गलत नीतिले गर्दा नेपालको सामाजिक संरचना पूर्ण रुपले क्षतविक्षत रहेको र विकसित राजनीतिक घटना क्रमलाई नजिकबाट अवलोकन गर्दा दश बर्षे जनयुद्ध ,बाह्रबुदे शान्ति सम्झौता ,मधेस आन्दोलन ,आदिबासी जनजाती आन्दोलन र अन्तरिम संबिधान को मर्म र भावनालाई संबिधान मार्फत सस्थागत गराउने कुरामा मुलुकका जिम्मेवार भनिने पार्टीहरु गम्भीर नदेखिएकोले
बेलायत संगीय मोर्चा विस्तार समितिका संयोजक श्री पदम गाहाले मानवअधिकारबादी नेता पध्मरतना तुलाधरको नेतृत्वमा गठित आदिबासी जनजाती राष्ट्रिय आन्दोलन तथा बाईस दलीय मोर्चाको आन्दोलनलाई पूर्ण रुपले सहयोग गर्नका लागि विदेशमा रहेका संघियबादी पार्टी लगायत सबै जातीय संघसस्थाहरु संग समन्वय गर्दै संघर्ष समिति गठनका लागि तुरुन्त पहल गर्ने निर्णय गरेको छ ।