महिला महासंघद्वारा लन्डनमा इन्दिरालाइ सम्मान

Read Time:8 Minute, 35 Second

राज्यसत्ता

लन्डन , १३ नोवेम्बर ,२०१४  -८ नोवेम्बरका दिन   नेपाल आदिवासी जनजाती महिला महासंघद्वारा विस्व वाल पुरस्कार प्रतिस्ठानबाट  सम्मानित बाल अधिकारकर्मी इन्दिरा राना मगरलाई बिशेष सम्मान गरेको छ ।

  महिला महासंघको विशेष साधारण सभामा उनलाई सम्मान गरिएको हो । भर्खरै २९  अक्टोबर २०१४मा   सम्पन्न वाल अधिकारको क्षेत्रमा वोकालत  गर्ने विशिस्ट व्यक्तीहरुलाई बाल बालिकाको क्षेत्रमा नोवेल पुरस्कार मानिने  विश्व बाल पुरस्कारद्वारा सम्मानित गरिएको थियो । उक्त सम्मान कार्यक्रममा नेपालका वन्दी गृहहरुमा दु:खद जीवन निर्वहा गरी रहेका वालवालिकाहरुको उद्दार गरी उनीहरुको अधिकार बारे विगत २४ बर्ष देखी  निरन्तर वोकालत गर्दै आएकी इन्दिरा राना अनरेरी अवार्डबाट सम्मानित भएकी थिइन ।  

विशेष अतिथिको आशनबाट बोल्दै रानाले हरेक व्यक्तीको आत्मसम्मान लाई आदर गर्नु पर्दछ । कुनै पनि व्यक्ती सफल वा समाजमा अब्बल बन्न उसको पारिवारिक बातावरणले प्रभाव पारीरहेको वताउदै आफुले बा आमा बाट असल सस्कार सिकेको कारणले नै अहिले यहाँ सम्म आउन सकेको बताइन  । बा, आमा जेल हुनका कारण कुनै पनि बाल बालिकाले पनि त्यस्को प्रतिफलको भागीदार हुन  नहुने  बताउदै कलीला वाल वालिका अपराधीक मनोव्रिती भएको ठाउमा हुर्किनु अत्यन्त दु:खद रहेको व्यक्त गर्दै उनिहरुको छुट्काराको लागि निरन्तर लागि रहदा आफुलाई पनि विविन्न लान्छना लाग्ने गरेको व्यक्त गरिन ।

  त्यस्तै आदिवासी जनजातिहरु मेहनती ,  इमान्दारिताको पर्यावाची रहेको कारणले  नै विस्वको उत्कृष्ट राष्ट्र बेलायतमा रोजगारी पाउन सफल रहेको बताइन  । हरेक व्यक्ती ,जाती समुदाय विशेषको आ – आफ्नै अस्तित्व र सभ्यता बोकेको हुँदा राम्रा र नराम्रा केलाई अगाडि बध्नु पर्ने बताउदै किताबी ज्ञान मात्र विद्वान हुनुको मापद्न्ड होइन । हरेकको जीवन नै शिक्षा हो त्यही कितावी ज्ञानले नपुगेर नै अहिले बिकसित रास्ट्र्का विस्वविधालयका विधार्थीहरु विविन्न जाती समुदायका रहन सहन सन्क्रिती अध्ययन गर्दछन भन्दै सबैले आआफ्नो भाषा सन्स्कृतिको जगेर्ना गर्नु पर्ने कुरा औल्याइन ।

यती हुँदा हुँदै पनि आफ्नो सभ्यता बच्चाउने नाउमा को कसैको पनि हानी गर्न नहुने  ,जाति,धर्म आदिको कारण कोही पनि ठुलो ,सानो नभएको हुँदा जाती ,वर्ण ,धर्म,लिङ ,शाररिक ,मानसिक अपाङ्गता भएको कारण कोही पनि भेदभावको शिकार हुन नहुने व्यक्त गरिन । सन  २०००मा स्थापित पि .ए.( प्रिजनर्स एसिस्टेन्स) नेपाल नामक संस्थाकी सन्चालिका राना मगरले झन्दै ४२५ वाल वालिका हरुको उद्दार गरेकी जनाइन भने नेपालका बिभिन्न ठाउँहरुमा झापा, शाखु ,नया बजार आदी ठाउँ हरुमा पनि उनले बाल्बालिका कल्यान्कारी गृह ,विधालय सन्चालनमा ल्याएकी बताइन । सुपरिचित साहित्यकार “पारीजातको’’ प्रेरणाबाट समाजसेवामा लागेको बताउदै जेलमा रहेका वाल वालिकाको उद्दार गरी पालनपोषन ,शिक्षा ,आयमुलक तालिम  दिई  आत्म निर्भर भई स्वाभलम्भी बनाउनु नै उनको उदस्य रहेको जनाइन ।

  महासंघकी अध्यक्ष कमला थापाको अध्यक्षतामा सम्पन्न  उक्त कार्यक्रममा प्रमुख अतिथी  आदिबासी जनजाति महासङ्घ बेलायतका अध्यक्ष सिरी प्रसाद लिम्बु,विसिस्ट अतिथी त्रिभुवन विश्व विद्यालयकी प्रोफेसर सुमाया राइ ,विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष बिश्वासदिप तिगेला , मगर महिला संघकी  अध्यक्ष हिमाली राना आदिले आ- आफ्नो मन्तव्य राखेका थिए । भने समाजसेवी इन्दिरा राना मगरलाई महासङ्घकी अध्यक्ष कमला  थापा र प्रमुख अतिथि लिम्बुदुवारा उनको पुन्य  कार्यको उच्च कदर गर्दै प्रसंसा पत्र , पुष्प गुच्छा र खादाले सम्मान गरिएको थियो  । मगर महिला संघ लगायतका  बिभिन्न संघसस्था , उपस्थित व्यक्तित्वहरुले  रानालाई भब्य स्वागत सहित  सम्मान गरेका  थिए ।  

संघकी महासचिव विमला सेने र सचिव भावना परिस्क्र्ती सुनुवारद्वारा सन्चालित उक्त कार्यक्रममा आदिबासी जनजाति महासङ्घ बेलायतका अध्यक्ष सिरी प्रसाद लिम्बु, त्रिभुवन विश्व विद्यालयकी प्रोफेसर सुमाया राइ ,२९ अक्टुवर २०१४ मा विश्व बाल बालिका क्षेत्रको नोवेल पुरस्कार अनरेरी अवार्डबाट सम्मानित समाजसेवीका इन्दिरा राना मगर , विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष बिश्वासदिप तिगेला , नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष किरण थेबे लिम्बु ,नेपाली सङ्घीय समाज युकेका बरिष्ठ उपाध्क्ष जंग सुनुवार ,सङ्घीय लिम्बुवान परिषदका प्रतिनिधि लोकेन्द्र ताबेहांग लिम्बु ,राइ यायोख्खाका अध्यक्ष ,युरोप शेर्पा महासंघका महासचिब कर्म पहाडी शेर्पा थिए ।

  त्यस्तै अन्य अतिथिहरूमा  हिमालयन अर्गनाइजेसनका प्रतिनिधि भरत थापा मगर ,किरात याक्थुम चुम्लुङ्ग युकेकी महासचिब महेश्वरी नेम्बाङ्ग ,दुरा महिला समाज युकेकी अध्यक्ष गङ्गा माया दुरा ,छन्त्याल महिला सङ्घ युकेकी प्रतिनिधि चित्र छन्त्याल किरात याक्थुङ्ग चुम्लुङ्ग रशमोर शाखाका अध्यक्ष नगेन्द्र नेम्बाङ्ग ,मगर महिला शंघकी अध्यक्ष हिमाली राना ,किरात सुनुवार महिला समाज (कीसुम)युकेबाट प्रतिनिधि सेविका सुनुवार हिमाल अर्गनाइजेसन युकेका महा सचिब पदम गाहा ,गोर्खा सत्य ग्रहका संयोजक प्रेम राइ , मधेशी समाज युकेका प्रतिनिधि दिलिप महासेठ ,गैर आवासिय युकेकी उपाध्क्ष शान्ति थापा कुवर ,राज्य सत्ताका डटकमका डा० चजिन्द्र राना ,बी जि दब्ल्यु एस कि गोमा राना , नेपाली टि भी युरोपका संचारकर्मी राजेन्द्र भट्ट ,,राइनो एफ एमका इस्टाफहरु लगायत अन्य संचारकर्मीहरु ,पत्रकारहरु ,साहित्यिक व्यक्तिवहरु, बुद्दिजिविहरु ,सल्लाहकारहरु , मानव अधिकारकर्मीहरु  बेलायती  नागरिक आदिको  उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %