अधिकारका लागि बिदेशबाटै संघर्ष गर्छौ

Read Time:10 Minute, 26 Second

हुम सुनारी मगर कुनै नौलो नाम होइन । उनि नेपालको जनजाति  आन्दोलनलाइ बिदेशमै बसेर पनि  संघर्षलाइ उत्कर्शमा पुर्याउन अहम भूमिका निभाउने एक हस्तिका रूपमा लिन सकिन्छ ।

  उनि साउदि अरबिया आदिवासी जनजाति महासंघका सस्संथापक अध्यक्ष हुँदै अैले यस सस्थाको दोष्रो कार्यकाल छदै अन्तर्राष्ट्रिय स्तरको आदिवासी जनजाति संयुक्त संघर्ष समितिको पनि उनि संयोजक हुन । समावेसी डटकम अनलाइनका लागी  डण्डा गुरूङले लिनु भएको यो अन्तरबार्ता राज्यसत्ता डटकममा पनि पोस्ट गरिएको छ ।

१. नेपालमा अधिकारका लागि संघर्ष गर्नुपर्ने बेलामा प्रवासमा रहेका आदिवासी जनजातिहरु संगठित हुनुको कारण के हो ?

नेपाली युवाहरूको बैदेशिक रोजगारको इतिहास ठ्याक्कै २०० बर्ष पुरानो छ । शुरुवातमा एकात्मकवाद राज्यसत्तालेसतप्रतिशत आदिवासी जनजातिहरूलाई बैदेशिक रोजगारमा जकाईयो । त्यसको गतिलो उदाहरण तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमसेरले बिठ्याँई गरि पहिलोर दोश्रो विश्वयुद्धमा आदिवासी जनजातिहरूलाई मात्र पठाईयो, त्यसको गतिलो प्रमाण हामीले सुरक्षित राखेका छौं । हामी उत्पीदनमा परेका लाखौं आदिवासी जनजातिहरू अहिलेआन्दोलित नभए अर्को ४०० बर्षसम्म यसरी नै प्रवासमा गुलामी बनिरहनु पर्ने अवस्था नहोला भन्न सकिन्न ।

बर्तमानसम्म पनि प्रवासमा लगभग ३० लाख भन्दा बढि उत्पीडित आदिवासी जनजातिहरू बैदेशिक रोजगारमा आवद्ध छन् । जुन कुल बिदेशिने नेपालीहरूको ६५ प्रतिशत भन्दा बढि आदिवासी जनजातिहरू रहेका छन् । यसो हुनुको प्रमुख कारण आदिवासी जनजातिहरू माथि गरिएको विभेदीकरण र मुलुकमा लादिएको एकात्मकवाद नै हो । त्यसैले, ति विभेदीकरणको अन्त्य गर्न र सदियौं देखि लादिएको एकात्मकवादलाई ध्वस्त पार्न वरिष्ठ मानवअधिकारवादी नेता पद्यमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनलाई हामी बिदेशमा स्थापित २२ महासंघहरूको एउटा संयुक्त सघर्ष समिति स्थापित गरि ऐक्यबद्धता जनाएर समर्थन, सहयोग र सहभागिता जनाएका हौं ।

२. नेपाल आदिवासी जनजाति महासंघको केन्द्र चुपचाप रहेकै बेलामा विदेशमा रहेका २२ वटा शाखाहरु मिलेर भने संघर्ष समिति नै पुनर्गठन गर्नुभएको छ, यति हतारो किन ?  

हामीले हतारो होईन, धेरै धिला गरिसक्यौं । यो आल्दोलन समिति धेरै अगाडि नै बनेर अहिलेसम्ममा एकात्मकवादीहरूलाई घुडा टेकाईसक्नु पर्ने थियो । महासंघ कै नेतृत्वमा धेरै अगाडि सम्झौताबिहीन निर्णायक आन्दोलनको घोषणा भईसक्नुपथ्र्यो । महासंघको असक्षमता र निर्णायक आन्दोलनमा होमिन आनाकानी गरेकोकारणले नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको जन्म भएकोहो भन्ने मलाई लाग्या छ । म आफैले तीन महिना अगाडि नै महासंघ केन्द्रका अध्यक्षसँग परामर्श गरि सम्भावित आन्दोलनको लागि विदेशमा स्थापित महासंघहरूको भुमिकाकोबारेमा एउटा खाका नै तयार पारेर पठाएको थिए । तर, त्यसको कुनै आधिकारिक जवाफ महासंघको केन्द्रबाट आएन ।

आजको दिनसम्म नेपाल आदिवासी जनजाति महासंघको केन्द्र किन चुप छन्, त्यो वहाँहरूले अविलम्ब जवाफ दिनुपर्छ, आम उत्पीडित आदिवासी जनजाति समुदायहरूलाई । तर, भन्नै पर्ने हुन्छ घोषणा गरिएकोआन्दोलन प्रति महासंघ, सङ्घीय परिषदले यतिका दिनसम्म चुप लागेर बस्नु महासंघका नेतृत्वहरू आफूआवद्ध दलहरूका वाहुन नेताहरूसँगको डर हो भन्ने लाग्छ । वहाँहरूलेदुईमा एक रोज्नुपर्छ – आल्दोलन या त उनिहरू आवद्ध राजनीतिक दल । विशेष गरि काँग्रेस र एमालेका वाहुन नेताहरूले लिएको नीतिलाई महासंघका नेतृत्वहरूले आत्मसात गरि हिड्दा सिङ्गोमहासंघकोनीतिलाई अवहेलना गरिएकोठहर्छ ।

३. केन्द्रको निर्देशन विपरित भएन र तपाईहरुको हतारो ? केन्द्र मातहत हो नि तपाईहरु त ?

हामी महासंघले लिएको नीति र महासंघको गत ९ औं महाधिवेशनले पारित गरेको१० बुधे घोषण पत्रको भावना अनुरूप अगाडि बढेका छौं । बरु, केन्द्रले महासंघको नीतिलाई कुल्चने प्रयास गरेको हामीलेमात्र होईन आम आदिवासी जनजाति अभियान्ताहरूले महशुस गर्न थालि सकेका छन् । तर, त्यसो नहोस् भन्ने चाहन्छौ हामी । अबिलम्ब महासंघ, सङ्घीय परिषदले बैठक आह्वान गरेर आन्दोलनलाई बिना शर्त समर्थन, सहयोग र सहभागिता जनाओस् भन्ने चाहन्छौ, हामी । नत्र, पछि पछुताउनुपर्ने अवस्था वहाँहरूलाई आउन सक्नेछ ।

४. जनजाति महासंघ केन्द्रले अहिलेसम्म समर्थन नगरेपनि तपाईहरु अधिकारवादी नेता पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाललाई साथ, सहयोग र समर्थन गरेर जाने भन्दै हुनुहुन्छ नि ?

हो, हामी २२ देशमा स्थापित नेपाल आदिवासी जनजाति महासंघ शाखाहरूको मोर्चा अन्तरराष्ट्रिय संयुक्त संघर्ष समितिले गत ९ नोभेम्वर २०१४ मै पहिलो साइवर बैठकको आयोजना गरेर मानव अधिकारवादी नेता पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाललाई बिना शर्त समर्थन, सहयोग र सहभागिता जनाउँने आधिकारिक निर्णय गरिसकेका छौं । हामीले मात्रै होईन, महासंघका सबैजिल्ला समितिहरूले पनि आन्दोलनमा जानेघोषणा गरिसकेका छन् त ।

हाम्रो केही दिनमा हुने अर्को बैठकले आल्दोलनलाई कसरी सहयोग र सहभागिता जनाउँन सकिन्छ भन्ने बिषयमा एउटा संयन्त्र बनाएर अगाडि बढ्ने छौ। त्यसको लागि हामीहरू बीच अहिलेगृहकार्य भईरहेकोछ ।

५.आदिवासी जनजाति आन्दोलनलाई अघि बढाउने सन्दर्भमा जनजाति महासंघ केन्द्रलाई तपाईहरु के भन्न चाहनुहुन्छ ?

मैले माथि नै प्रष्ट पारीसकेको छु । विभेदीकरणको अन्त्य, समाबेशीता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपक्षता, एकल पहिचान सहितकोसङ्घीयता र सङ्घीयता सहितको संविधान नै आदिवासी जनजाति महासंघको वटम्लाईन हो।   यि मुद्धाहरूमा दायाँबायाँ गरिए महासंघको औचित्य समाप्त हुन्छ । जुन नीतिलाई महासंघ, सङ्घीय परिषदको ९ औं महाधिवेशनको१०बुधेघोषणा पत्रमा प्रष्ट उल्लेख छ । त्यसलाई महासंघका नेतृत्वहरूलेलत्याउन खोजिए उनिहरू माथि नैतिक र सैद्धान्तिक प्रश्न उठ्न सक्छ । त्यसो नहोस् भन्न चाहन्छौ हामी । बिनाशर्त अबिलम्व आन्दोलन प्रमुख हिस्सेदारी बन्न तयार होस् भन्छौ हामी ।

सैद्धान्तिकरुपमा हामी बिचलित छैनौं । प्राविधिक रुपमा केहि त्यस्तो ब्यवधान भए वहाँहरूसँग छलफल गरेर टुङ्ग्याउन सकिने भयो । श्रद्धेय नेता पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले पनि वहाँहरूलाई अबिलम्ब एक संयुक्त बैठकको आह्वान गरि बृहत छलफल गरेर टुङ्ग्याउनुपर्छ भन्नेलाग्छ ।

६. तपाईहरु विदेशमा रहेर पनि आन्दोलनमा कुन रुपमा सहभागी हुने योननामा हुनुहुन्छ ?

यस बारेअहिले नै भन्न सक्नेअवस्था छैन । हाम्रोएउटा संयन्त्र बन्दैछ । त्यसले निर्देशित गरे बमोजिम हामी आन्दोलनमा सहभागि हुनेछौं ।

७. विदेशमा रहेका आदिवासी जनजातिसँग कुन रुपमा समन्वय गरेर अघि बढ्ने योजनामा हुनुहुन्छ ?

हामीले २२ महासंघ शाखाका अध्यक्षहरू सदस्य रहने गरि सचिवालय खडा गरेका छौं । केहि दिन भित्रै हुने तेश्रो साइवर बैठकले एउटा निर्देशिका तयार पारेर सोही अनुसार आन्दोलनमा सहभागि हुन बिदेशका महासंघहरूलाई निर्देशन जारी गर्नेछौ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %