आदिवासी जनजातिको आन्दोलन बारे प्रथम साइबर बैठक सम्पन्न

Read Time:5 Minute, 13 Second

आदिवासी जनजाति आन्दोलन बारे अन्तराष्ट्रिय संयुक्त संघर्ष समितिको पहिलो साइबर बैठक सम्पन्न भएको छ ।

हुम सुनारी मगर

०९ नोभेम्बर, बिदेशमा स्थापित २२ देशका नेपाल आदिवासी जनजाति महासंघ शाखाहरुको संयुक्त मोर्चा अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिको तत्वावधानमा आयोजित पहिलो साइवर बैठकले वरिष्ठ मानव अधिकारवादी नेता तथा अग्रज नेतृत्व श्री पद्मरत्न तुलाधरज्यूको नेतृत्वमा हुने भनिएको शान्तिपूर्ण निर्णायक आन्दोलनलाई सहयोग, सहभागिता र समर्थन रहने सर्बसम्मतिले निर्णय गरेको छ। 

 

उक्त बैठकको अध्यक्षता अन्तरराष्ट्रिय संघर्ष समितिका संयोजक हुम सुनारी मगरले गरेका थिए , भने प्रमुख वक्ताको रुपमा डा. महेन्द्र लावती (प्रोफेसर: मिचिगन विश्वबिद्यालय – अमेरिका) र अधिबक्ता शंकर लिम्बु (अमेरिका) थिए। अन्तरराष्ट्रिय संयुक्त संघर्ष समितिले अर्को साइबर बैठक १० नोभेम्बर २०१४, सोमबारको दिन नेपाली समय अनुसार रातीको ठिक १० बजे नेपाल आदिवासी जनजाति महासंघ, सङ्घीय परिषदका अध्यक्ष नगेन्द्र कुमार कुमालको समुपस्थितिमा हुने भएको छ।

आगामी शान्तिपूर्ण निर्णायक आन्दोलन सफल पार्न कुनै पनि राजनीतिक दलको सदस्यको हैसियतमा नभई सिंगो डेढ करोड उत्पीडित आदिवासी जनजातिहरुको अभियन्ताको रुपमा प्रस्तुत भएर आन्दोलनमा लाग्नु पर्ने अन्तरराष्ट्रिय संघर्ष समितिका संयोजक हुम सुनारी मगर लगायत विज्ञद्वय डा० लावती र अधिवक्ता लिम्बुले आम आदिवासी जनजातिहरूलाई आह्वान गरेका थिए। शान्तिपूर्ण निर्णायक आन्दोलनबाट आन्दोलनकारी र राज्य पक्षमा कुनै पनि मानविय क्षेति हुन नदिनका लागि सबै पक्ष संयमित भएर आन्दोलनमा लाग्नु पर्ने बताए ।

पहिलो साइबर बैठकमा १९ जना अन्य सहभागीहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए। सहभागीहरू यस प्रकार रहेका थिए ।

१) प्रोफेसर डा महेन्द्र लावती, अमेरिका   २) अधिवक्ता शंकर लिम्बु, अमेरिका

३) हुम सुनारी मगर, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेवीया

४) लुइसाङ्ग वाइवा, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका

५) देरराज गुरुङ, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ, युएई

६) सिरी लिम्बु, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ, बेलायत

७) सुन्दर योञ्जन, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ, इजरायल

८) पेम्बा गेल्बु शेर्पा, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियम  

९) डण्ड गुरुङ, अध्यक्ष – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल

१०) विश्वासदीप तिगेला (बेलायत), अध्यक्ष – विश्व नेपाली साहित्य महासंघ, केन्द्रिय समिति  

११) पासांग रिन्जी शेर्पा, प्रथम उपाध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ, युएई   

१२) युगेन्द्रमान छन्त्याल, महासचिव – नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगल  

१३) मान रानामगर, महासचिव – नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका  

१४) दिपेश लिम्बु पूर्व महासचिव – नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका  

१५) प्रोमोद श्रेष्ठ, सल्लाहकार – नेपाल आदिवासी जनजाति महासंघ, युएई  

१६) दिलिप रानामगर, सल्लाहकार – नेपाल आदिवासी जनजाति महासंघ, जापान  

१७) कृष्ण सारुमगर, सल्लाहकार – नेपाल आदिवासी जनजाति महासंघ, बहराइन

१८) पेम्बा गेलु शेर्पा, सचिव – नेपाल शेर्पा संघ, केन्द्रिय समिति, नेपाल     

१९) रेशम तामांग, अध्यक्ष – – नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्निया शाखा, अमेरिका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %