अरुण स्मृति साँझका दर्शक टिकट नपाएर फिर्ता

Read Time:2 Minute, 29 Second

 

राज्यसत्ता, ९ नोभेम्वर, हंगकंग, मगर संघ हंगकंगले युन लोङ थेटर हलमा आयोजना गरेको अरुण स्मृति साँझ चौंथोका दर्शकहरु टिकट नपाएर फर्कनु परेको छ । मुख्य आर्कषककी केन्द्र विन्दु डिआईडि लिल मास्टर विजेता तेरीया फौजा मगर थिइन । उनकै कोरीयोग्राफर ओमकारसँगको युगल नृत्य र एकल नृत्यमा तेरीयाको बेजोड प्रस्तुतीले दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।

 

टि भीमा मात्रै देखेको तेरीयालाई आँखा अगाडि देख्न पाउँदा दर्शकहरु पनि निकै खुशी र सन्तुष्ट देखिएका थिए । हुन पनि तेरीयाले नाच्नको लागि भवगानको वरदान नै पाएको रहेछ भनेर दर्शकहरु गुणगान गाईरहेका थिए ।
चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगर, लोक दोहोरी गायक प्रसाद खप्तरी मगर, आधुनिक गायक नवराज थापा मगर, पप गायक गगन पुन मगर, देव थापा मगर र रेवत राईको प्रस्तुति बेजोड रहेको थियो । हास्य कलाकार निर आले मगरले पनि दर्शकहरुलाई पेट मिची मिची हास्न बाध्य बनाएका थिए । मगर संघ हंगकंग, रोष गुमष्ठाले नृत्य र नौमती बाजा समुहले गाउँ घर सम्झाउने गरी बाजा बजाएका थिए ।
 

मगर संघ हंगकंगका महासचिब बोध विक्रम थापा मगरले औपचारीक कार्यक्रम सञ्चालन गरेका थिए । अध्यक्ष चन्द्र ज्योति आले मगरले स्वागत तथा धन्यवाद दिएकी थिइन । मगर संघ हंगकंगले कार्यालय कक्ष जोर्डनको टेम्पल स्ट्रीमा खरीद गरी सकेको छ । उक्त कार्यालय कक्षको सहयोगार्थ अरुण स्मृति साँझ चौंथो आयोजना गरेको अवसर पारेर पुन मगर समाज हंगकंगले पचास हजार हंगकंग डलर सहयोग गरेको छ । 

थप फोटोको लागी यो लिङ्क थिच्नुस: 

मगर संघ हंगकंगको अरूण स्मृति साँझ भब्य रूपमा सम्पन्न

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %