बम सूर्यवंशीमगर
फोटो : मिलन तमू
लण्डन , ०७ नोभेम्बर २०१४ – स्विडेनको ‘वल्र्डस चिल्डेन्स फाउन्डेसनले दिने “वल्र्डस चिल्डेन प्राइज” मा सहभागी हुन गएकी इन्दिरा राना मगर बिश्व बाल बालिका क्षेत्रको नोबेल पुरस्कारबाट अनरेरी अवार्डले सम्मानित पुरस्कार ग्रहणपछि लिभरपुल जोन मुर्स युनिभर्सिटीमा प्रवचन सिध्याएर इन्दिरा लण्डन आइपुगेकी हुन् ।
यहि अवसरमा नेपाल आमाकी सन्तति मगर समुदायहरूको छोरी इन्दिरा रानामगरलाई मगर संघ यु के सेन्ट्रल कमिटिले, अल्डरसर्ट स्थित भेटघाट गोर्खा रेस्टुरेन्ट एण्ड बारमा बिशेष सम्मान गरेको छ ।
संघका अध्यक्ष दुत पुन मगर र वहाँको श्रीमतीले खादा सहित पुष्पगुच्छा र मायाको चिन्हो “टोकन ओफ लभ” प्रदान गरे भने संघका सस्थापक अध्यक्ष थर्क राना मगरले सस्थाको तर्फबाट सम्मानित गरेको सर्टिफिकेट र निवर्तमान अध्यक्ष मेजर कुल बहादुर थापा मगर, सल्लाहकार भरत थापा मगर, सल्लाहकार मेजर चित्र राना मगरले संघको तर्फबाट खादा ओढाएर सम्मान गरे भने यु एच एस बि शाखाका अध्यक्ष ताम ढेंगा मगरले शाखाको तर्फबाट खादा ओढाएर सम्मान गरे ।
यु एच एस बि शाखाका मगर महिला समितिका अध्यक्ष छबि माया पुन मगरले महिलाको तर्फबाट नेपाल जेल परेका अभिभावकका सन्तानहरुको लालनपालन र शिक्षादीक्षाको लागि £२०० रकम सहित खादाले सम्मान गरे । सहयोग ग्रहण गर्दै रानाले सो रकम कहाँ उपयोग भयो भनेर स्पष्ट जानकारी दिने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा उपस्थित सबैले आफनो परिचय र बधाई मन्तब्य दिएका थिए । यसै क्रममा अध्यक्ष दुत पुनले इन्दिराले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा हर्ष लागेको बताउँदै मगर संघ युकेले बन्दी सहायता नेपाललाई सहयोग गर्ने वचन दिएका थिए ।
उपस्थित संघका सल्लाहकारहरु कार्यसमितिका पदाधिकारीहरु रअन्य सम्पूर्ण महानुभावहरुले रानामगरलाई खादा ओढाएर सम्मान गरे पश्चात रात्री भोज सुरु भएको थियो ।
कार्यक्रममा बोल्दै रानामगरले जेलमा रहेका बालबालिकाको उद्धार र पठनपाठनमा आफू लाग्नुको कारण बिस्तारमा खुलाएकी थिइन् । इन्दिरा राना मगरले जेलमा परेका अभिभावकका सन्तानहरुलाई कोठामै ल्याएर पालेको र यस्तै बेसहारा बच्चाबच्चीको मद्दत गर्दै जीवन बिताउने अठोट लिएकी र अहिले बिश्व बाल बालिका क्षेत्रको नोबेल पुरस्कारबाटअनरेरी अवार्डले सम्मानित भएकोमा खुशी व्यक्त गरे । थुप्रै बेसाहारा बच्चाबच्चीका आमा हुनुमै खुसी ब्यक्त गर्दै बेलायतमा भएका मगरहरुले कहिल्यै नसुनेका नबुझेका कुराहरु भन्दै सबैलाई मन्त्र मुग्ध पारेकी थिइन् ।
संघका अध्यक्ष दुत पुनमगरको सभापतित्व एवं महासचिव बम थापा सूर्यवंशीमगरले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष नेम थापा मगरले संयोजन गरेका थिए ।
फोटो हेर्नको लागि तल थिच्नुहोस
नोबेल अनररी अवार्डद्वारा सम्मानित इन्दिरा राना मगरलार्इ यु केमा बिशेष सम्मान (फोटो: मिलन तमु)