नेपाल संम्वतको वेवास्ता

Read Time:10 Minute, 42 Second

–बम  सूर्यबंसीमगर

 

जीवनको पहिलो पल्ट नेवार सुमदायको कार्यक्रममा भाग लिए । सन्दर्भ थियो–नेवार पासा पुच: सेन्ट्रल गुठि युकेको निमन्त्रणामा ११३५ न्हू दया भिन्तुना अर्थात् ११३५ नव वर्षको शुभ कामना आदान प्रदान गर्ने कार्यक्रम । पुचः को निमन्त्रणमा २४ अक्टुवर २०१४ मा नेपाली राजदुतावास लण्डन संयुक्त अधिराज्यमा सबै जात जातिका संघ सस्थाका व्यक्तिहरु सहभागी थिए । म पनि मगर संघ यूकेको तर्फबाट सहभागी थिए । त्यहाँ नेपाल सम्बतबारे धेरे जान्ने मौका पाएँ ।

यस अघि मभित्र रहेका सबै भ्रम पनि हराए ।  मैले पनि नेपाल सम्बत नेवार जातिको मात्र हो भन्ने सुनेको थिए । तर वास्तविकता यो होइन रहेछ । नेवार जातिले मान्दै आएको यो नया वर्ष नेपाल सम्बत नेवार जाति बोशेषको नभएर सारा नेपालीको रहेछ । त्यसपछि मेरा मनका अनेकन कुरा खेले । त्यसैले यसबारे केही न केही नलेखी बस्नै सकिन ।

वास्तवमा हामी नेपाली अर्कोको नक्कल गर्न खप्पिस् छौं । राम्रो कुराको नक्कल गरे फाइदै होला । तर सबै कुराको नक्कल गर्न जरुरी छैन । आफ्नै देशमा भएका हरके राम्रा कुरालाई पनि आत्मसात नगर्ने नेपाली परम्परा नौलो होइन । पश्चिमाले बनाएका सबै कुरा राम्रा हुन्छन् भन्ने भ्रमले हाम्रो दिमाग खाइदिएको छ । यसको अर्थ पश्चिमाले गरेका सबै गलत भन्ने होइन । पश्चिमाले बनाएकाले राम्रो मान्ने परम्परा हामी कहाँ यति बिधी छ कि, हाम्रै नेपालको गौरव बोक्ने अनेकन कुरालाई लात मारिरहेका हामीलाई हेक्का छैन । यसको एउटा गतिलो उदाहरण हो, नेपाल संवत ।

चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत विश्वको एक मात्र यस्तो संवत हो, जसले देशकै नाम बोकेको छ । नेपालमा अनेकन संवत चलेका इतिहास पाइन्छन् । शक संवत, विक्रम संवत, इस्वि संवत, मानदेव संवत …। राजा राघवदेवको पालादेखी नेपाल संवत चलेको इतिहास छ । ८८८ वर्ष (ई.सं. १७६९) सम्म चलेको नेपाल संवतलाई ई.सं. १७६९ मा नेपाल माथि विजय प्राप्त गरे पछि गोर्खाली राजा पृथ्वीनारायण शाहले हराइदिए । पृथ्वीनारायणले देशकै नामबाट प्रचलित नेपाल संवत चलाउन दिएनन् । उनले शक संवतलाई प्रचलनमा ल्याए । यो ई.सं. १९०१ सम्म चल्यो । पृथ्वीनारायणले नेपाललाई एकीकरण गर्ने कहिल्यै भनेनन् । बरु, उनले नेपाललाई असली हिन्दु राज्य बनाउन चहान्थे । त्यसैले हिन्दुस्तानी शक संवतलाई नेपालमा चलाएका हुन् ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम संवत चलाए । भारतीय उपमहाद्वीपका एकजना रजौटा बिक्रमादित्यको नाममा चलाइएको बिक्रम संवत आजसम्म नेपालमा कायमै छ ।  राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालमा बिक्रम संवत चलाएको र यसले सरकारी मान्यता पाएको एक सय १३ वर्ष मात्रै भएको छ । नेपाल सम्वत भक्तपुरका राजा राघब देवको आज्ञामा संखरधर साख्वाको अगुवाइमा चलाईएको थियो । नेपाल संवतलाई शंखधर साख्वाले चलाएका हुन् भनिन्छ । साख्वालाई सरकारले राष्ट्रिय विभूतिको सम्मान दिइसकेको छ । तर, नेपाल जोडिएको उनलै चलाएको संवतलाई किन मानिदैन ? यहि हो अरुको मात्रै राम्रो देख्ने हाम्रो गलत सँस्कार ।

नेपाल संवत कुनै जाति बिशेषको हुदै होइन । यो त नेपालको सम्पत्ति हो । तर नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिनु पर्छ भनी आन्दोलित हुनेहरुमा नेवार जातिका मानिसहरुको बाहुल्यता रहदै आएको छ । यसले जनमानसमा उनीहरुको माग विशुद्ध नेवारहरुको मात्र माग हो कि भन्ने भ्रम सिर्जना हुन पुगेको छ । नेपाल संवत पहिलेको नेपाल (हाल काठमाडौं जहाँ नेवारहरुको बस्ती धेरै छ) मा धेरै चल्यो । त्यसैले पनि यस्तो गलत हेराइ हुनसक्छ । अर्को कुरा यसको सुरुवात नेवार समुदायका व्यक्तिले गरेको हुँदा नेपालको काठमान्डौ उपत्यका नेवार जातिले निकै लामो समय सम्म संघर्ष गरे नेपाल संवत चलाउन । सन् १९२८ देखि माग राख्दै आएको, १९७१ मा पहिलो सास्कृतिक जुलुस, २००८ मा राष्ट्रिय सम्बत घोषणा गर्यो भने २०११ मा औपचारिक रुपमा नेवार जातिले ब्यबहारमा ल्याए ।

नेपालको मौलिक चन्द्र सम्बन्धी तिथि अर्थात् नेपाल सम्बत बिहिवार २० अक्टोबर ८७९ एडीबाट सुरु भएको  इतिहास छ  । तर, बिक्रम संवत त नेपाल भूमिमा विदेशबाट आयात गरिएको तिथि क्यालेन्डर पो रहेछ ।  आफ्नै देशमा रहेको नेपाल संवतलाई लात मारेर हामीले अर्काको देशबाट आयात गरिएको संवतलाई चलाउनु गलत हो ।

त्यसो त २०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री भएताका नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा घोषणा गरिएको थियो । तर, नेपालका घोषणा केवल कागजमा मात्रै सिमित हुन्छन् । कार्यान्वयन हुँदैनन् । नेपालीत्व बोकेका कुराहरु नेपालमा प्रचलन गर्न तिनलाई साँच्चिकै विदेशी प्रभुले दिँदैनन् । वा कार्यान्वयन गर्ने हैसियत राख्दैनन् । देशकै नामबाट स्थापित नेपाल संवत नेपालको रास्ट्रिय संवत नमान्नुमा पनि नेपालका एकल जातिवादी राज्यसत्ता हो भन्ने लाग्छ मलाई  । हिन्दु धर्म, नेपाली भाषा, दौरासुरुवाललाई नेपाली शासकले जति माया गर्छन, अन्य जातजातिका कुनै मौलिक सँस्कारलाई उनीहरुले कहिल्यै सकरात्मक आँखाले हेरेनन् । नेपाल संवत पनि सायद कुनै बाहुनले सुरुवात गरेको भए, यो नेपाल संवत नै कायम हुने थियो नेपालमा । तर, नेवार समुदायमा व्यक्तिले सुरुवात गरेकै हुँदा नेवारको इतिहास पनि जोडिने भएकाले सरकारले जानाजान यसलाई बहिष्कार गरेकोमा कुनै शंका छैन ।

नेपाल संवत चलाउँदा राष्ट्रको केही खर्च हुनेवाला छैन । बरु अपनत्व विकास हुन्छ । देशको नामबाट संवत चलाउने एक मात्र मुलुक भनेर विश्वमा नेपालको कीति र्फैलिने छ । त्यस्तो देशको नागरिक हुन पाएकोमा देशभक्त नेपाली जनताले थप गौरव गर्ने छन् । तर यस्तो  राम्रो काम यो एकात्मक सरकारले गर्ने वालाछैन ।

काठमान्डौ उपत्यका अर्थात् सिंगो नेपालको ऐतिहासिक पहिचान बोकेको नेपाल सम्बतलाई नै नेपालका शासकहरुले ओझेलमा पार्दै आएका छन् । नेपालका बाहुनवादी शासकले जहिले पनि अन्य अदिवासी जनजातिका मौलिका सँस्कार सँस्कृृतिलाई हेलाहोचो गर्दै आएका छन् । नेपालको मगरात भुमि लगायत अन्य जात जातिको भुमि र सास्कृतिक पहिचानलाई देशका शासकहरुले मेटाउनको लागि कति ठूला भूमिका खेलेका रहेछन भन्ने कुरा यहि नेपाल सम्बतलाई नै ओझेलमा पारेकोबाट प्रस्ट हुन्छ ।  नेवार जातिले आफनो पहिचान मात्र खोजेको होइन समस्त नेपालीको पहिचान र इतिहास लाई खोजेका हुन् । राज्यको जातीय सा“चो इतिहास लुकेको छ बांगीएको छ । नेपालको पहिचानलाई मेटाउन खोज्ने शाषकहरुले सोझा साझा मगर जातिको इतिहासलाई झन् कति बंगाएका  छन् होला विचार गर्ने योग्य छ ।

‘भर्तीको फन्दा’ किताबका लेखक पत्रकार मनोज घर्ती मगरले मगरको पहिचानको लागि निरन्तर रुपमा कलम चलाई रहेका छन् ।  मगर गाउँ बस्तीमा जाँदै मगरका थुप्रै दस्तावेजहरु हात पारेका छन् । मगरको पहिचानको लागि मगर लेखक मनोज घर्ती मगरको कलम निरन्तर रुपमा चली रहेको छ ।

मगरको इतिहासको सहि पहिचान लेखक मनोज घर्ती मगरले खन्ने छन् भनि हामी  बिस्वस्त छौ । ताकि, नेवार समुदायको स्वर्णिम इतिहास बोकेको नेपाल संवतलाई बाहनुबादी शासकले ओझेलमा पारे झै मगरका अनेकन यस्तै लुकाइएका इतिहास बाहिर आउनेछन् । अनि हामी पनि गर्वका साथ बाँच्न पाउँनेछौं ।

(लेखक:मगर संघ यूकेका महासचिब हुन्)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %