डाक्टर पढ्न पाउँदा चना पार्टी

Read Time:9 Minute, 53 Second

मनोज घर्तीमगर
तस्वीरः छवि मगर
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेन्डेन्ट डा। बुद्धिबहादुर थापा उपचारको पर्यायका रुपमा स्थापित छन्। ‘डा। बुद्धिले त छोएकै भरमा बिरामीको आधा रोग निको हुन्छ’ सेवा लिन आएकाहरू यसरी उनको प्रशंसा गर्छन्।उदेनढुङ्गा गाविस वनकेवा तनहुँमा वि।सं। २०१२ सालमा जन्मिएका बुद्धिबहादुर थापाले स्थानीय निर्मल प्राविबाट प्राथमिक तहको अध्ययन गरे। प्राथमिक तहको अध्ययनपछि भारतको आसाममा मजदुरी गर्ने बुबाको पछि लागेर उनी पनि आसाम पुगे र उतै ८ कक्षासम्म पढे। मजदुरी गर्ने उनका बुबाको मृत्युपछि आसाममै पढ्ने रहरलाई मनभरी सँगालेर गाउँमा फर्किए। गाउँमा विद्यालय नभएकाल तनहुँको खैरेनीटार माविमा कक्षा ९ मा उनी भर्ना भए। ‘एसएलसिको रिजल्ट आउने दिन म गोठालो गएको थिएँ, त्यतिबेला एकजना सरले बुद्धि तँ थर्ड भईस् भन्नु भो’ विगत सम्झदै बुद्धि भन्छन् ‘ठीकै छ, कामचलाउ पास त भएँछु। पछि थाहा पाउँदा म त बोर्ड थर्ड पो भएको रहेँछु।’
बुबाको मृत्युपछि घरव्यवहार धान्न मुस्किल पर्यो। एकातिर घरको आर्थिक अवस्था कमजोर अर्कातिर क्याम्पस पढ्ने उनको रहर। गुरु माधवले ‘बुद्धिले डाक्टरी पढ्छ, यो क्षेत्रमा डाक्टर छैनन्, यो डाक्टर भएर हाम्रै क्षेत्रको सेवा गर्छ’ भन्दै फूलमाला लगाए। के पढ्ने निर्णय नै नगरेकाले विदार्ई कार्यक्रममा डाक्टर बन्छ भन्दिएपछि उनलाई फसाद पर्यो। छोरोले एसएलसी पास गरेकोमा बुद्धिकी आमा फुरुङ्ग थिइन्। आमाले उनको बिहे गर्न खुवै फकाइन्। तर, बुद्धिले काठमाडौँ पढ्न जाने भन्दै बिहे नगर्ने अडान लिए। ऋणपान गरेर भए पनि उनी विज्ञान पढ्न काठमाडौँ हानिए।
अमृत साइन्स क्याम्पसमा भर्ना भएको दुई महिना बित्न नपाउँदै उनको बिहे गर्ने मिति तोकेरै घरबाट चिठी आयो। आमा र आफन्तको दवावका कारण तनहुँको जामुने भञ्ज्याङकी १२ वर्षकी बालिकालाई २०३० सालमा बुद्धिले बिहे गरे। बिहे अहिलेकोजस्तो तामझामपूर्ण थिएन, उनको ध्याउन्न त उच्च शिक्षामै थियो। २०३२ दोस्रो हुँदै उनले आइएस्सी पास गरे। २०३३ मा कोष तथा लेखा नियन्त्रणा शाखामार्फत छात्रवृत्ति पाएपछि उनी भारतको राँची विश्वविद्यालयमा एमबिबिएस पढ्न गए। त्यो समयसम्म नेपालमा एमबिबिएस अध्ययन हुँदैनथियो। उनले छात्रवृत्ति पाएपछि साथीहरूलाई काठमाडौँको रत्नपार्कमा चना किनेर ‘पार्टी’ पनि खुवाए।

२०४१ सालमा फिजिसियन डाक्टर भएर नेपाल फर्किए र मुस्ताङ जिल्ला अस्पतालमा काम गर्न गए। त्यतिबेला मुस्ताङ हैजाले ग्रसित थियो। एकै गाउँका २१ जना विद्यार्थीको मृत्यु भएपछि विद्यालय नै बन्द थियो। उनी एक भरियालाई डोकामा औषधि बोकाएर छोसेर गाउँतिर हैजापीडितको उचारमा निस्किए।
डाक्टरको टोली तीन दिनमा चराङ पुग्यो। गाउँभरि आउँले सताएको थियो। हिँडाइको थकाइ र भोक लागेर लखतरान परेर उनले खाजाको रूपमा सुकुटी खाए। सुकुटीकै कारणले उनलाई पखला चल्यो। उपचार गर्न गएका डाक्टर आफँै बिरामी परे। आँफैँले भरिया लगाएर लगेको औषधिको पहिलो प्रयोग डाक्टर आफैँले गर्नुपर्यो। उनले बिरेनुन र टिम्मुर स्थानीय औषधिको रुपमा खाए। जेनतेन उनी बिरामीको उपचारमा लागे। ‘एक जना भरियाले कति पो औषधी बोक्न सक्छ र१ औषधी पुगेन, एउटा बोतल स्लाइन दुई जनालाई पनि लगाइयो’ उनी भन्छन् ‘स्प्रिट नभएर लोकल रक्सी तताएर पनि प्रयोग गरियो, त्यो बेलाको दुःख बताउँदा अहिलेकाले पत्याउँदैनन्।’

महामारी बनेको हैजा नियन्त्रमा आएपछि डा। बुद्धिको नाम चम्कियो। उनले जोमसोममा थोरै समयमा धेरै बिरामीको सेवा गरे। जोमसोममा हुँदा भएको एउटा घटनाले उनलाई सधैँ सताइरहन्छ। भयङ्कर हिमपातले गर्दा जोमसोममा १० दिनसम्म प्लेन बन्द भयो। हेलिकोप्टर चढेर सबै बिरामीले उपचार अहिले त पाउन सक्दैनन् भने त्यतिबेलाको के कुरा गर्नु। एकजना सुत्केरीको पिसाब बन्द भयो। पिसाब बन्द भएकालाई कसरी उपचार गर्ने डाक्टर बुद्धिलाई थाहा थियो। तर, उनीसँग स्रोत र साधन थिएन। ती सुत्केरीको ज्यान गयो। जीवनमा पहिलो पटक आँखै अगाडि एउटा जीवनको अन्त्य देखेका उनले यो घटना कहिल्यै बिर्सदैनन्।
उनले लोक सेवा आयोग पास गरेर स्थायी डाक्टर भए अनि काजमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा आए। काम सिक्नकै लागि पोखरा झरेका उनी २०४४ सालमा फेरि जोमसोम फर्के। डेढ वर्षपछि उनी पोखरा फर्किए। त्यसपछि उनलाई एमडी गर्ने जोश आयो। नेपालमा एमडीको अध्यापन नभएकोले निजी खर्चमा बंगलादेशको ढाका गए। त्यसको ३ महिनामा महाराजगंजको शिक्षण अस्पतालमा एमडीको कक्षा खुल्यो र उनी नेपालमै एमडी गर्न ढाकाबाट काठमाडौँ फर्किए। २०५४ मा एमडी पास उनी क्षेत्रीय अस्पतालमा पोखरा आए। लगातार यही अस्पतालमा सेवा गरेका उनी २०६४ देखि अहिलेसम्म मेडिकल सुपरिटेन्डेण्ट छन्। यो पढाइमा तेज छ। यो क्षेत्रमा डाक्टर छैनन् यसले डाक्टरी पढ्यो भने यही क्षेत्रको सेवा गर्न सक्छ भन्दै गुरुले हौस्याएको कुरा उनी सँधै सम्झन्छन्।
डाक्टरहरू सहर केन्द्रित हुन्छन् र जन्मथलो तथा ग्रामीण क्षेत्रलाई बिर्सन्छन्। तर, उनले गाउँ बिर्सेका छैनन्। उनी व्यस्त भएपनि महिनामा एकचोटी क्लिनिक चलाउन आफ्नो जन्मथलो पुग्छन्। गाउँमा हुर्केका विद्यार्थीसँग ठूलो प्रतिभा भएको दावी गर्ने डा। बुद्धिबहादुर आफू पनि गाउँकै उपज भएको बताउँछन्। अहिलेका डाक्टरहरूले गर्ने उपचार पद्धति चिकित्साशास्त्र मात्रै भएकोले सोसियल मेडिसिनको पनि गर्न जरुरी रहेको सुनाउँछन् उनी । ‘बिरामी के चाहान्छरु उसले के सोचेको छरु त्यो जान्नुपर्छ। नयाँ पुस्ताले यो उपचार पद्धती प्रयोग गर्दैन’ उनी भन्छन्, ‘औषधिले मात्रै बिरामी पूरै सञ्चो हुँदैन, उसलाई त ढाडस पनि चाहिन्छ।’

उनले विरामीलाई जाँच गरेर उपचार मात्रै गरेका छैनन्। धेरैलाई आफैँ अभिभावक भएर उनीहरूको साक्षी बस्दै उपचार गराइदिएका छन्। उपचारमा उनले आर्थिक सहयोग पनि गरेका छन्। बाग्लुङ्को एक नवविवाहित जोडीलाई उपचार गर्न सकेनन्। काठमाडौं जाने उनीहरूसँग पैसा थिएन। डा। बुद्धिले त्यो जोडिलाई पाँच हजार दिएर काठमाडौं पठाएका थिए। ‘मैले धेरैलाई आफ्नै ब्लड दिएर अप्रेसन गरेको छु, आफैँ हस्ताक्षर गरेर, उपचार पनि गरेको छु।’ अहिले पनि त्यसरी उपचार गर्नुहुन्छरु प्रश्न खस्न नपाउँदै बुद्धि भन्छन् ‘त्यस्तो वातावरण छैन। मान्छे धेरै स्वार्थी भइसके। स्वास्थ्यमा पनि व्यापारीकरण भयो। सेवाग्राही त झन् उग्र भइसकेका छन्।’

राति अबेरसम्म बिरामी जाँच्ने उनी बिहान ७ बजे उठ्छन्। लगत्तै उनी फेवासिटी पुग्छन्। १० बजे पश्चिमाञ्चल अस्पताल पुग्ने उनी ४ बजेसम्म अस्पतालमा भेटिन्छन्। त्यसपछि बल्ल बिहानको खाना लिन्छन्। केही समय आराम गर्ने गरेपछि लखनचोकको सामुदायिक अस्पतालमा पुगेर बिरामी जाच्छन्। फेरी फेवासिटीमा पुगेर कम्तिमा राति ११ देखि एक बजेसम्म विरामी हेरेर घर आइपुग्छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %