सरोजमोहन लामा तामाङ
संघियता, पहिचान र राज्यको पुनः संरचनाको विषयमा विभिन्न किसिमका कुराहरु देशका प्रमुख राजनीतिकदलका प्रमुख कहलिएका वा प्रभावशाली नेताहरुले बाहिर बोल्दा वा सूचना सम्प्रेशन गर्दा लाग्छ । उनीहरुले बोलेपछि जनादेश दिएका सबैले स्वीकार्छन जस्ता तर मलाई भने आफुले आफैलाई प्रश्न सोधी र उत्तर दिन मन लाग्यो ।
कसैले ४ प्रदेश कसैले ६ प्रदेश कसैले ७ प्रदेश कसैले १० प्रदेश कसैले संघियतानै चाहिन्दैन भनिरदा । पहिचान भनेको एकल जातिय राज्य अथवा जातिय नाम भएको राज्य त हामी स्वीकार्दैनौ आदि आदि भनी रहदा मलाई भने सोच र शैली यसरी फुर्यो ।
प्रश्न : पहिचान सहितको संघियता भनेको जातिय राज्य हो त ? भनी मेरो सोचलाई म आफ्फै सोध्छु ।
उत्तर : होइन ।
उसले एक शब्दमा उत्तर दिन्छ ।
प्रश्न : किन होइन ? भनी फेरि प्रश्न तेस्र्याउन मन लाग्छ ।
उत्तर : कसरी हो त ? प्रश्न तेस्र्याउने मन लाग्ने मन वा सोचलाई उल्टो म प्रश्न गर्छु । प्रश्न : ताम्सालिङ, तमुवान, मगरात, थारुहट, लिम्बुवान, किराँत के हो त ? ठोकुवा साथ भन्छु ।
उत्तर : त्यो जातिय राज्य होइन त्यो तत् तत् समुदाय वा जातिको भाषिक पहिचान युक्त शब्द चाहि हो । त्यो शब्दको अर्थ जातिय राज्य हुदै होइन । त्यसको अर्थ मुल रुपमा भूमि हो । बरु तपाई हामीले अहिले बोलेको, लेखेको प्रश्न उत्तर गरेको भाषालाई एकल जातिय राज्य भन्दा बरु सुहाउन सक्छ । फेरि यो पनि राज्य होइन । भाषा मात्रै हो । जसलाई नेपाली भाषा भनिन्छ । खासमा खष भाषा हो ।
एकल जातिय राज्य भनेको त त्यो एक वाट जात जसको भाषामा सबै राज्यको ठाउँहरुको नामकरण गरेको हुन्छ । सबैले त्यही भाषा बोल्नुनै पर्ने अनिवार्यता हुन्छ । त्यही एक जातको मानसहरु मात्रै राज्यको जुनसुकै ठाउँमा हालीमुहाली गरिरहेका हुन्छ । त्यो एक जातिको धर्म, भाषा, रितिरिवाज आदिलाई मात्रै राज्यले चिन्दछ वा राष्ट्रियकरण गर्दछ । त्यो एकल जातभन्दा अर्को जातिलाई समावेशीको नाउमा वा आरक्षणको नाउमा प्रतिनिधित्व गर्दछ । त्यस्तो राज्यको नियम कानुन भएको राज्यलाई एकल जातिय राज्य भन्ने हो । त्यो ताम्सालिङ, तमुवान, मगरात, थारुहट, लिम्बुवान, किराँत आदि ऐतिहासिक भूगोलको भाषिक नाम हो । त्यो एकल जातिय राज्य होइन ।
त्यसपछि मेरा सोच फेरि होइन रहेछ भन्नेमा पुग्छ तर पनि अर्को प्रश्न सोध्छु । प्रश्न : होईन भने किन जातिय राज्य भनी सबैले भन्न थाले त ?
उत्तर : सबैले भन्न थालेको होइन । जसले अरुलाई अधिकार, त्यसमा पनि संघियता, समावेशी र स्थानीय स्वायत्तता शैलीको जो अधिकार छ, त्यसलाई स्थापित गर्न नचाहिनेहरुले पहिचानलाई जातिय राज्यसँग गाँसेर गुमाउरो पारामा पहिचानलाई जातिय राज्यको दोष लगाईएको हो । त्यस्ता तत्वहरुले अप्रत्यक्ष रुपमा नेपाललाई यथास्थितिमै राख्न चाहेको हो र छ ।
मेरो एक सोचको उत्तरले म फेरि ठ्वाँ पर्छु । फेरि अर्को जिज्ञासा पलाउछ ।
प्रश्न : त्यसो भए पहिचान एकल वा बहु-बहुल हुन्छ त ?
उत्तर : हुन्न । बरु साझासम्म हुनसक्छ । सोच विचार गरी भन्छु । प्रश्नले मेरो पिछा छोड्दैन ।
प्रश्न : साझा पहिचानको एउटा उदाहरण दिनुस् त ? उत्तर पनि सँगसगै फुर्छ ।
उत्तर : मानिसहरुको व्यक्तिगत पहिचान एकलनै हुन्छ । त्यसमा कुनै दुबिदा रहेन । तर त्यो मानिसहरु बासोबास हुने समाज वा सामाजिक स्थान वा ठाउँ वा क्षेत्र वा प्रदेश कलान्तरमा साझा हुन्छ । जस्तो ताम्सालिङ भन्ने ठाउँमा तामाङहरु मात्रै हुँदा एकल जातिय पहिचान युक्त राज्य भन्न सुहाउला तर अहिले त्यहाँ अन्य जातजाति समुदायहरु पनि बसोबास गरिरहेका छन् । त्यसो हुँदा त्यस स्थान वा ठाउँ वा क्षेत्र वा प्रदेशको नामाकरण ताम्सालिङ नेवा बाग्मती वा ताम्सालिङ शैलुङ नेवा वा ताम्सालिङ बाम्मती वा ताम्सालिङ शैलुङ राख्दा साझा पहिचानको राज्य वा प्रदेश हुन्छ ।
प्रश्न : संघियता किन चाहियो त ?
उत्तर : स्वाशासनको लागि ।
प्रश्न : स्वाशासन किन फेरि ?
उत्तर : आत्मासम्मानको लागि ।
प्रश्न : आत्मासम्मान किन ?
उत्तर : देश, राज्य, ठाउँ, स्थान, प्रदेशको विकास गर्न ।
प्रश्न : विकास त्यतिकै हुन्न ?
उत्तर : भएन त अहिलेसम्म । त्यसैले संघियता चाहिएको हो ।
प्रश्न : त्यसो भए मानौ ताम्सालिङ भनेको जातिय राज्य वा प्रदेश होइन ?
उत्तर : होइन ।
किन भने–तामाङ जातिको भाषाबाट “ताम-तामाङ” भनेको तामाङ भाषा बोल्ने-तामाङ जाति बढी बासोबास हुने ठाउँ वा तामाङहरुको बाहुल्यता भएको र त्यो भाषा तथा अन्य भाषा बाल्ने मानिसहरुको पुख्र्यौली थात थलो अनि “सा” भनेको भूमि-जमिन-ठाउँ र “लिङ” भनेको प्रदेश-क्षेत्र हो । त्यसो हुँदा त्यो तामाङ जातिको मात्रै जातिय राज्य भन्ने हुन्न । त्यसको अर्थ भूमि-ठाउँ-जमिनको प्रदेश भनेको हो । किनभने विना जमिनको क्षेत्र अथवा प्रदेशलाई पनि तामाङ जातिको भाषामा प्रचलित छ जस्तो “नाम्गईलिङ” भनेको आकाश प्रदेश हो । “जाम्बुलिङ” भनेको सारा भूमि वा पृथ्वी प्रदेश हो ।
यसरी मैले मेरो सोचसँग भलाकुसारी गरीरहदा-भईरहदा संविधान सभानै पो फेरि भंग भईसक्छ कि । मलाई डर लाग्छ ।
धन्यवाद ।
घ्याङसुकाठोकर–५, दोलखा, हाल काठमाण्डौ