– हुमबहादुर पचभैया थापा मगर
भरखर जन्मेको भैँसीको पाँडा,पाँडी वा भनौ गाइको बाच्छा ,बाच्छी जन्मेको ३,४ दिन पछि यो सन्सार अनौठो लाग्दो हो र उ मन्द्रिन सुरू गर्दछ । उ राम्रोसंग तङ्ग्रिएकै हुदैन,नतङ्ग्रिएको पाँडो मन्द्रिदा भड्खालोमा पसेर उस्ले ज्यानै गुमाउछ या उस्को गोणाहरू भाँचिएको हुन्छ । मन्द्रिनेको पनि एउटा हद् हुन्छ, हद् भन्दा बाहिर गइसकेपछि त्यसको अन्त्य हुन्छ ,यो प्राकृतिकको नियम हो, अहिले भएकै यहि हो ।
महजोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हास्यव्यङ्य यात्रा लगभग तिस चालिस बर्ष भयो होला । उनिहरू अहिले नतङ्ग्रिएको पाँडो हैनन् । तर ,त्यस्तै भइदिए डलरमोह खातिर । महजोडीले जनजातिको आन्दोलनको बिरूद्दमा प्रहसन गरेकै कारणले अब आइन्दा त्यसो नगर्ने कबुलको साथमा प्रेश बिज्ञाप्तिमा हस्ताक्षर गरेर आफ्नो पुरूषार्थ त देखाएकै हुन (पढ्नुहोस प्रेश बिज्ञाप्ति तल राखिएकोछ ) । तर अतिवादी साम्प्रादायिक , सङ्किण चिन्तनले ग्रसित भएका आयोजक र पत्रकार मित्रहरूले हदैसम्म गिरेर समाचार सम्प्रेषण मात्र गरेनन् महजोडीले आजसम्म आर्जेको ख्याति सबै खती बनाइ दिए । अनी धान खाने मुसा चोट खाने भ्यागुता भनेझै दोष थुपार्छन जनजातिलाइ ।
०५० साल तिरको कुरो हो डल्ली मगर्नी हो सुन माया , लाइटरले चुरटै सल्कायो नेप्टी मोरीले,रुम्जातारकी गुर्सेनी काठमान्डौकी नेवारनी जस्ता कुनै जाती बिशेषलाई होच्याएर जातिय अपमानका गीतहरु रेडियो नेपालबाट दिनहु कान पाक्ने गरी बज्द् थियो । यस्ता उत्स्रिखल जातिय अपमानका गीतहरुलाई निक्कै हिट भनी प्रसार प्रसार गरिन्थ्यो जनमानसमा । यस्ता जातिय अपमान जन्य गीत बनाउने र गाउँनेमा एक ताकाका चर्चित गायक कुमार बस्नेत ,शिबा आले मगरका श्रीमान लोक गायक बमबहादुर कार्की आदिका नाम अग्र पन्क्तिमा आउँथ्यो ।
त्यसै ताका बुटवलका तिनवटा निजी बिध्यालयले कार्कीलाइ गीत गाउँ कार्यक्रम्मा निम्त्याइएको थियो । सो जातिय अपमान गीत उनले धित मरुन्जेल सुनाए । संयोगबश नेपाल मगर संघका तत्कालिन केन्द्रिय अध्यक्ष गोरेबहादुर खपाँगी मगर बुटवलमै हुनुहुन्थ्यो । जसको फल्स्वोरुप नेपाल मगर संघ रूपन्देहिका तत्कालिन जिल्ला सचिब हेम राज थापा मगर र गोरेबहादुर खपाँगी मगरले गायक बमबहादुर कार्कीलाइ प्रमुख जिल्ला अधिकारीको कार्यालय भैरहवामा लगेर अब आइन्दा यस्ता जातिय सद्भभाव बिथोल्ने ,जातिय अपमानका गीत नगाउने गरी कागजमा हस्ताक्षर गराइएको थियो । त्यस्पस्चात त्यस्ता जातिय घ्रिणा फैलाउने गीत हरु बन्न र बज्न छोड्यो ।
हिजो आज पहिचानको ज्वोर उर्लदै गरेको बखत फेरी केही त्यस्ता पहिचान विरोधी स्यालहरु सल्बलाउन थालेका छन । एकल जातिय ,एकल भाषा ,एकल सस्कृतिको अन्त्य भई सबै जातिको पहिचान हुनु पर्दछ । एक भाईले भुँडी फुटुन्जेल खाँदा अर्को भाई भोक्मरिले मर्नु हुन्न भन्दा त्यो आवाजलाई जसरी हुन्छ दबाउने काम गरिन्छ । आफ्नो जात बाहुन क्षेत्री , आफ्नो खस भाषा सस्कृत ,हिन्दू मात्रको पहिचान हुनु पर्दछ भन्दै देशलाई तहस नहस पार्ने तत्वहरु सल्बलाउन थालेका छन ।
दुइ तिनमहिना अगाडीको कुराहो आजभोलिका उत्श्रिखल कोठे लोकगायक पशुपति शर्मा र देविका केसीले गाएको के को बाहुन ,के को कामी ,के को जनजाती ,जातका कुरा गर्नेहरु देशका लागि घाती,जातका कुरा गर्ने हरुको दिमाग कहाँ छ ? भन्दै बाहुनको बाहेक अरुको भाषा ,सस्कृती , जातको पहिचान हुनु हुँदैन भन्ने सन्देश उनको गीतले दिदा जातिय अपमान भएको ठहर गरी सर्बत्र बिरोध भएपछि गायकले सार्बजनिक रूपमै माफी मगेर पुरूषार्थ देखाए । जसरी दसकौ पहिले उनकै सगोत्र कुमार बस्नेत र बमबहादुर कार्कीले गरे।
जातका कुरा गर्नेहरु देशको लागि घाती’ भनेर यहाँ सिधै जनजातिहरुलाई लक्षित गरिएको छ । यहाँ कुनै ब्राह्मण, क्षेत्रीले दलितलाई भेदभाव गर्यो भनेर उनीहरुलाई घाती भनिएको कतै झल्किदैन । नत्र हिन्दू बाहुन समाजको जातिय सम्रचना बिरुद्ध झल्किने हुनु पर्दथियो । त्यँहा नत बाहुनले पानी चल्ने र नचल्ने नियम फाल्नु पर्छ भनिएको छ न त बाहुन मात्र पन्डित हुनु पर्ने उसैले मात्र जजमान गरी पसुपति मन्दिर भित्रको करडौ सम्म्पत्ती दलितले पनि पाउनु पर्दछ भनिएको छ । बरु जातीय समानता र पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् अब यस्ता बिभेध बिरुद्ध उनलाई घाती भनिएको छ । पहिँचानको कुरा उठाउँदा जातजातिको कुरा उठायो भन्नु मनासिव हो र ? के जातीय पहिचान, न्याय र समानताको कुरा उठाउनेहरु देशको लागि घाती नै हुन् त ? ‘जातका कुरा गर्नेको दिमाग कहाँ छ ?’ भनेर पनि जनजाति र दलितलाई नै भनिएको हो । यो त एउँटा गीतको माध्यमबाट जातिय अपमान गरिएको प्रस्टछ ।
झन अहिलेको टड्कारो बिषय पहिचान सहितको संघियता र धर्मनिर्पेक्षको बहशमा प्रहसन मार्फत मदन कृष्ण र हरिवंशले देश बिदेशमा जनताले दिएको मायाको फाईदा उठाउदै जातिय पहिचान ,समानताको बिरुद्धमा खुलेरै लागेका छन । कुनै पनि घटना, विकृति, विसंगति आदिलाई उच्चकोटीको प्रहसनशैलीद्वारा अभिव्यक्त गर्नसक्ने सफल कलाकारको रुपमा हरिवंश आचार्य र मदनकृष्णलाई समग्र नेपालीले बुझेका थिए । तर , उनिहरुको दुस्चरित्र भने अहिले कुनै एक जाती भाषा ,सस्कृतिकोमात्र पहिचान हुनु पर्दछ भन्दै उत्रिदा उनिहरु उत्पीडित जाती समुदायको आँखाको कसिङर बन्न पुगेका छन । उनिहरुको असली चरित्र पनि सतहमा उदाङिदैछ । आम नेपालीको माया पाएर संसारका धेरै संघीय राष्ट्रहरु समेत घुमेका यी दुई कलाकारले ढुंगामाटो बाहेक अरु क्यै नदेखेर संसारको बारेमा खासै नबुझेका रहेछन् । उनीहरु बेलायत पुगे जहाँ स्कत्ल्यान्ड छ ,वेल्श भाषी हरुको वेल्श छ ,ईंग्लिश हरुको लागि इङ्ल्यान्ड छ , त्यहा बेलायती जनता र सस्कृति धर्मको मात्र के कुरा संसार भरका भाषा ,सस्कृतिहरु फुलेका छन सरकारले मान्यता दिएको छ ।
सरकारी कार्यालय ,अदालत ,हस्पिटल जाउँ तपाईं अङ्रेजी बोल्न सक्नु भएन भने तपाईंको भाषामा अनुवादक पाईन्छ । युरोपको स्पेन ,फ्रान्स ,पोल्यान्ड जस्ता कैयौ मुलुकको मानिस छन त्यती मात्रा कहाँ हो र चाइन देखी लिएर फिलिपिन्सका जनताको पनि अधिकार सुरक्षित छ । हाम्रै छिमेकी राष्ट्र भारतको हिन्दी भाषा मात्र होइन भरातको बिभिन्न प्रान्तमा बोल्ने जस्तै तमिल ,उर्दु ,शिख आँदी पनि सुरक्षित छ । त्यस्तै उनिहरुको सस्कृती पनि हाम्रै नेपालीको पनि वाहुल्यतालाई मध्य नजर गर्दै नेपाली भाषा सस्कृतिले पनि मान्यता पाउन थालेको छ ।
अब लग्भग नेपाल जत्रो देश बेलायतमा संसारको हजारौ भाषा भाषी ,सस्कृतिको पहिचान हुन सक्ने तर त्यही आफ्नै भुमिमा हुर्केर बढेको सय डेढ सय भाषा भाषी ,सस्कृतिको पहिचान हुनु पर्छ भन्दा बिखन्दन कारी भन्ने खित खिते हरी वंश बाहुन र मदन क्रिश्न्ले किन आँखा देख्दैनन ? उनीहरु अमेरिकामा छन त्यहा पनि संयुक्त राज्यहरु मिलेर अमेरिका बनेको छ । ति प्रान्त भित्र पनि हजारौ भाषा भाषी ,सस्कृतिहरु बचेँकोछ यो किन यिनी हरुले बुज्दैनन् ? सयौ देश घुमेका कलाकारले के देखे त्यहा के ज्ञान दिए नेपाल र नेपालीलाई ? हरिबंशको चिना हराएको मान्छेमा जस्तो बाहुन धर्म हिन्दू धर्मको ओकालत गर्दै सिक्किम भारतमा जस्तो नेपालमा गाई गोरुको मासु खाने देख्न नपरोस भन्दै गाईको मात्र मन्त्र जप्दै अमेरिका , युरोप डुल्छन कि क्या हो ? कि अमेरिकामा पनि गाइको मासु खाने लाई गोली हान्ने कानुन बनाउनु पर्छ भन्दै कुर्लन्छन ?
यसको अर्थ यिनी दुई जना खास बौद्धिक व्यक्तित्वको कोटीमा नपर्दा रहेछन् भन्ने छर्लङभो । किनभने उत्पीडित जाति, वर्ग, वर्ण र क्षेत्रलाई न्याय दिने संसारको सर्वोत्तम राजनीतिक विकल्पको रुपमा रहेको “संघीयता” जो संसारको आधीभन्दा बढी देशमा चलेकोछ । जसको विषयमा शून्य ज्ञान रहेछ । अर्थात यिनी दुई केवल कलाकारको नामममा विजय कुमारले खुशीमा भनेझै खित खिते जोकर मात्र रहेछन् , खासै योग्यता रहेनछ । आजको दिनदेखि आम नेपालीको उनीहरुप्रतिको आस्था टुट्यो । उनीहरु अल्पज्ञानी मात्र होइन सामन्ती चिन्तनका पनि रहेछन् । उनीहरु पहिँचान विरोधिहरु भएकोमा उनी दुईप्रति नेपाली जनतामा घृणाको बाहेक अर्को ठाउँ नहुने भो।
की उनीहरु जनताको न्यायको लागि होइन , डलर नेपालको राजनीतिक पार्टीको कार्यकर्ताको रुपमा काम गर्छन् ? केही समय अघि अमेरिकी सहयोग नियोगबाट ४ करोड ८७ लाख रुपैया लिएर संघीयता र जनजातिको विरुद्धका सुनियोजित कार्यक्रम गर्दै आएको खबर सेलाएको छैन । राजनैतिक मिसिनरी कार्यक्रम देखेर धेरैले अहिले महजोडिलाई घृणा गर्न थालेका छन् । जसको ज्वालन्त उदाहरण अमेरिकामा संघियता र पहिचान बिरोधी गतिबिधी गर्दै हिड्दा उनिहरु माथि दोष लाग्न पुग्यो । फल्स्वोरुप यी हास्यव्यंग्य प्रस्तुतीहरुमा भरपुर मनोरन्जन सँगसँगै नेपालको राष्ट्रिय एकता, जातीय सद्भाव, सबै भाषाभाषी धर्म संस्कृतिले गौरव गर्ने र सबैको पहिचान झल्कने संघीयता गणन्त्र र लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्ने सन्देश रहनेछ ’ भनि हरिवंशले प्रेस बिज्ञाप्तिमा हस्ताक्षर नै गर्नु पर्यो ।
(हरिवंश आचार्यले हस्ताक्षर गरेको प्रेश बिज्ञाप्ति)
अमेरिका जस्तो विश्वको सम्बृद्ध मुलुकमा आफ्नै देशका दाजुभाइले जातीय संकिर्णता देखाएको भन्दै कागज गरेपछि मह जोडीले स्थानीय नेपाली समुदायसँग चित्त दुःखाएका थिए रे । उनीहरुले नेपालमा अहिले भएको परिवर्तनको आन्दोलनमा आफूहरुले अग्रमोर्चामा रहेर सहभागिता जनाएको स्मरण गराएका थिए रे। महजोडीले यसअघि अमेरिकाका १४ शहरमा यिनै कार्यक्रम देखाएर संघियता बिरोधीलाइ मन्त्रमुग्ध पारेका थिए । तर,न्यूयोर्कमा आइ पुग्दा आदिबासि जनजातिका अगुवाहरूलाइ “उग्र जातिवादी” व्यक्ति देख्न पुगे । पहिँचान बिरोधी पत्रकारले यसरि लेख्छन् “यस अघि पनि नेपालबाट गएका नेतालाई कालोझण्डा देखाउने हर्कत गरेका थिए” । यदि उनीहरुले पहिँचान बिरोधी क्रियाकलाप जारी रहेमा कालोझण्डा मात्र हैन उनीहरुप्रति आम उत्पीडित वर्ग, समुदायको आस्था टुटेर भौतिक रुपमा आउँन पनि बेर छैन । आगोमा घीउँ थप्ने तत्वलाइ कागजमात्रै बनाएछन् , धन्न । कालोझन्डा खानबाट पो बँचे त महजोडी , यसैले आइन्दा सचेत हुँदा राम्रो होला ।