राज्यसत्ता, २६ अक्टोवर, हङकङ । इन्टरनेशल नेपाली फिल्म एकेडमी (इन्फा) को आयोजनामा तथा नेपाल क्लब हंगकंगको प्रस्तुतिमा युनलोङ्ग थेटर हलमा इन्फा अवार्ड सम्पन्न भयो । २० वटा बिधामा अवार्ड दिइएको थियो ।
शिव श्रेष्ठलार्इ सर्वश्रेष्ठ नायक तथा भुवन केसीलार्इ अभिनय ताराले सम्मान गरीएको थियो । विजय लामालार्इ सुपर हिरो, गौरी मल्ललार्इ कला प्रतिमूर्ति, स्पेसल रिकग्निसन अवार्ड अविनाश गुरुङलाई प्रदान गरियो । सगरमाथा आरोहरण गरेका निशा अधिकारी र अर्जुन कार्कीलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । नेपाली फिल्म क्षेत्रमा बिशेष योगदान पुर्याएवापत निर्माता उद्धव पौडेललाई पाँच लाख रुपैयाँसहित लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । कुसुमे रूमाल फिल्मले त्यस समयमा पनि करोडपति बनाएको पैाडेलले बताएका थिए । नेपालका उपप्रधानमन्त्री एवं स्थानीय बिकाशमन्त्री प्रकाशमानसिंहको प्रमुख आतिथ्यमा नेपाल क्लबकी अध्यक्ष रीता गुरूङले स्वागत दिएकी थिइन । अवार्डको कार्यक्रम रोचक ढंगले माल्भिका सुब्बाले चलाएकी थिइन ।
अन्य अवार्डहरू अभिनेताः आर्यन सिग्देल, फिल्म महसुस, अभिनेत्रीः नम्रता श्रेष्ठ, फिल्म मौन, मस्ट पपुलर एक्टर: दयाहाङ राई, मस्ट पपुलर एक्ट्रेस: प्रियंका कार्की, नवअभिनेता: अनमोल केसी, होस्टेल, नवअभिनेत्री: सुजाता कोइराला, मञ्जरी, उत्कृष्ट फिल्मः नाइँ नभन्नू ल २, निर्देशकः विकास आचार्य, नाइँ नभन्नू ल २, सहअभिनेताः सुरजसिंह ठकुरी, नाइँ नभन्नू ल २, सहअभिनेत्रीः प्रियंका कार्की, नाइँ नभन्नू ल २, पटकथाः सुरज सुब्बा नाल्बो, बितेका पल, कथाः नवीन गौली, मौन, खलअभिनयः झरना थापा, कोही त छ, हास्यअभिनयः सीताराम कट्टेल, ६ एकान ६, गायक: प्रेम परियार, नाइँ नभन्नू ल २, गायिका: मिलन अमात्य, काली, संगीतकारः वसन्त सापकोटा, नाइँ नभन्नू ल २, गीतकार: कृष्णहरि बराल, नाइँ नभन्नू ल २, नृत्य: कविराज गहतराज, काली, छायांकन: पुरुषोत्तम प्रधान, ढुवानी, सम्पादन: अन्जय खड्का, साँघुरो र द्वन्द्व निर्देशनमा राजेन्द्र खड्गीले अवार्ड पाएका थिए ।
फोटो हेर्नको लागि तल थिच्नहोस
हंगकंगमा इन्फा अवार्ड कार्यक्रम