मीरा राइ भइन ५० कि.मीमा प्रथम

Read Time:3 Minute, 17 Second

राज्यसत्ता,फोटो : खड्क प्रशाद राइ

हङ्कङ् , २६ अक्टोबर – भोजपूर , सानोदुम्मामा जन्मेका मीरा राइले हङ्कङ्मा भएको हङ्कङ् ५० किलोमिटरको ट्रायलरन एन्ड हाइकमा नयाँ रेकर्ड कायम गर्दै प्रथम भएकी छीन । मीरा राइको स्थान ओभरअलमा पाँचौ स्थान हो भने महीलामा नयाँ रेकर्ड सहित प्रथम स्थान ओगट्न सफल भएकी हुन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उनी सो धावकमा भाग लिन नेपाल बाट हङ्कङ् आएकि हुन् । यो ट्रायलओकर २६ अक्टोबर १९७९ साल देखि सुरू भएको हो। यो प्रतियोगिता Sir Murray MacLehose को नाम बाट राखिएको हो । र यसलाइ सुरूवात तिर  म्याक्लेहर्स ट्रायलरनले परिचित थियो । यस्को दुरी १०० किलोमिटरकोछ । तर, अैले भएको यो प्रतियोगिता ५० किमीको हो । 

बेलायती सेना गोर्खाली पल्टनको एक भाग गोर्खा सिङ्नल रेजिमेन्टका कमान्डिङ् अफिसर लेफ्टिनेन्ट कर्नल म्याक्लेहर्सले हङ्कङ् छाड्नु पूर्ब यो प्रतियोगीता आफ्नो नाममा गोर्खालीलाइ नाँसोको रूपमा छाडेर गएका थिए । उनि सिङ्नल रेजिमेन्ट बाट रिटायर्ड भए पश्चात हङ्कङ्को सबै भन्दा लामो अवधि गोभरनर  पदमा बस्ने ब्याक्तिमा दरिन्छन्।  

 

बेलायतले हङ्कङ् छाड्नु अगि सम्म क्यून्स गोर्खा सिङ्नललेनै आयोजना गर्थ्यो । १९९७ साल पछि बेलायतले आफ्नो उपनिबेश हङ्कङ् चाइनालाइ हस्तान्तरण गरे पश्चात यो प्रतियोगिता हङ्कङ्मा कार्यरत गोर्खालीको एउँटा ठुलो सुरक्षा गार्ड जार्डिन (हाल जि फोर एस) कम्पनिले सन्चालन गर्दै आइरहेको थियो भने हालमा MSIG HK50 Trail and Hike ले सन्चालन गरेको हो। यो प्रतियोगितामा हङ्कङ्मा रहेका बेलायती र चाइनिज नागरिक लगायत नेपालीहरूले प्रतेक बर्ष भाग लिने गर्दछन् ।यसपटकको यो प्रतियोगिता hongkong peak Galleries बाट सुरू भएर  Wong nai Chung Gap मा समाप्त भएको थियो ।

यो एउटा च्यारिटेबल ट्रायलओकर प्रतियोगीता भएकोले यसबाट उठेको लाखौ डलर हङ्कङ्को अक्सफार्म जस्ता च्यारिटी सस्थालाइ दिएर परोपकारी काम गर्दै आइरहेकोछ । सोहि प्रतियोगितामा मीरा राइ प्रथम भएकी हुन् । भोजपूर समाज हङ्कङ्ले MSIG HK50 Trail and Hike मा महीला तर्फ प्रथम भएकी मिरा राइलाइ सम्मान गरिसकेको सस्थाका अध्यक्ष खड्क राइले राज्यसत्तालाइ जानकारी दिए ।

(भोजपूर समाज हङ्कङ्का अध्यक्ष केपि राइ,पत्रकार बिनोद राइ बिचमा मिरा राइ)

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %