संघीयताको विरुद्ध लाग्न महजोडिले ५ लाख डलर खाएको खुलासा

Read Time:3 Minute, 16 Second

नेपाली कलाक्षेत्रका नमुनाका रुपमा लिइएका महजोडि मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यलाई अमेरिकामा रहेका जनजाति बुद्धिजीबिहरुले कागजपत्र गराएर मात्र कार्यक्रम गर्न दिएका छन् 
maha-jodi (1)







केही समय अघि अमेरिकी सहयोग नियोगबाट ४ करोड ८७ लाख रुपैया लिएर संघीयता र जनजातिको विरुद्धका सुनियोजित कार्यक्रम गर्दै आएका महजोडिले अमेरिकाको विभिन्न १४ ठाँउमा कार्यक्रम प्रर्दशन गरेका थिए । राजनैतिक मिसिनरी कार्यक्रम देखेर धेरैले अहिले महजोडिलाई घृणा गर्न थालेका छन् । केही महिना अघि युकेमा पनि उनीहरुको प्रस्तुती प्रति दर्शकहरुले चित्त दुखाएका थिए र विरोध समेत गरेका थिए तर उक्त विरोध मिडिया आएन्न ।
mahajodi-lai-apaman















महजोडिको बारे प्राप्त केही तथ्यहरु:

अमेरिकाबाट डलर पाउनेमा महजोडी पनि मुछिए | झन्डै ५ करोड लिएको खुलासा

यतिबेला कुटनीतिक नियोगले नेपाली मिडियालाई पैसा बाँडेको खबर चर्चामा छ । यो डलर बाँडेको प्रकरणमा महजोडी पनि मुछिएको छ ।

हाँस्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्नो नाममा संचालन गरेको महसंचार टेलिभिजन कार्यक्रम निर्माण गर्न विभिन्न शीर्षकमा पटक–पटक पैसा लिएको खुलेको छ । अमेरिकी सहयोग नियोगले महजोडीलाई दिएको गोप्य पैसा बारेको कागजात बाहिरिएको छ

Maha-jody money 2










उक्त कागजातअनुसार अमेरिकाले यूएसएडमार्फत महजोडीलाई सन् २००६ देखि २००९ सम्म सात पटक गरि पाँचलाख ६ सय अमेरिकी डलर उपलब्ध गराएको छ । यो रकम विहिबारको विनिमय दरअनुसार ४ करोड ८७ लाख रुपैयाँ भन्दा बढी हो ।

महसंचारका लागि अमेरिकी सहयोग नियोग यूएसएडले संविधान सभाको बेला यो रकम दिलाएको हो । मतदाता शिक्षा सम्बन्धी टेलिफिल्म बनाएको महको यो उत्पादन टेलिभिजनमा प्रसारण भएको थियो । तर, मदनकृष्णले भने उक्त पैसा आफूले नबुझेको बताएका छन् ।
Maha jody money







 




मदनबहादुर हरिबहादुर टेलिफिल्म बनाउन आफूले पैसा लिएको स्वीकार गर्दै मदनकृष्णले केमोनिक नामक संस्थासँग सहकार्य गरेको बताएका छन् । महजोडीको नाममा महसंचारका नरेन्द्र कंसाकारले पैसा बुझेको देखिएको छ । टेलिफिल्म बनाउन पैसा चाहिने भएकाले विदेशी पैसा लिएको स्वीकारोक्ती मदनकृष्णको छ नेपाली समचार डटकमले समचार छापेको छ ।
maha-jodi

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %