हंगकंगकमा नेफ्टा फिल्म उत्कृष्ट अवार्ड केकी र अर्पणलार्इ

Read Time:4 Minute, 37 Second

राज्यसत्ता, २० अक्टोवर, हंगकंग, श्री रीद्दी सिद्दी मुख्य प्रायोजक तथा ग्रेट परफेक्ट लिमिटेडको ब्यवस्थापनमा  सुनिल कुमार थापा फिल्म प्रडक्सन नेपालको आयोजनामा बि पि इन्टरनेशल हाउस, चिम सा चुइमा सातौं नेफ्टा अवार्ड सम्पन्न भएको छ । नेपालबाट ८५ जना कलाकारहरु आएको आयोजकले बताएका थिए । ३५ बटा विधामा अवार्ड दिइएको थियो । उत्कृष्ट एक्ट्रेस अवार्ड पुजा शर्मा फिल्म मधुमासबाट र उत्कृष्ट एक्टरको अवार्ड गौरव पहाडी फिल्म मन्जरीले चुमे । उत्कृष्ट निर्देशक सुरथ भुसाल फिल्म मौतले पाएको छ ।
अवार्ड छनौंटको लागि ३ जना जुरीहरु भरत शाक्य, प्रभाकर शर्मा र विसन श्रेष्ठ रहेको जानकारी दिइएको थियो ।  जुरी अवार्ड, बेष्ट एक्टर मेलमा अर्पण थापा फिल्म धन्दाबाट र फिमेलमा केकी अधिकारीले फिल्म वितेका पलबाट पाएका छन । चलचित्र मोक्षले जुरी अवार्ड पाएको छ । पपुरल नायिका नम्रता श्रेष्ठ र पपुरल नायक जीवन लुइटेलले पाएका छन । अन्य अवार्डहरुमा निर्देशकः सुदर्शन थापा (धन्दा), कथाः अर्पण थापा (धन्दा), मेकअपः निमा लामा (धन्दा), पपुलर फिल्म अफ दि इयरः छ एकान छ, निर्देशकः सुरज भुसाल (मौन), सहायक अभिनेताः सन्दीप क्षेत्री (नाइँ नभन्नु ल २), सहायक अभिनेत्रीः प्रियंका कार्की (छ एकान छ) चरित्र अभिनेताः दयाहाङ राई (साँघुरो), चरित्र अभिनेत्रीः अरुणा कार्की (साँघुरो), खलपात्रः झरना थापा (कोही त छ), बालकलाकारः अनुभव रेग्मी (नाइँ नभन्नु ल २), हास्यकलाकारः विल्सनविक्रम राई (प्रोड्युसर), पाश्र्व गायकः स्वरूपराज आचार्य (रिदम), पाश्र्व गायिकाः मिल अमात्य (नोटबुक), बेस्ट एरेन्जमेन्टः नवक्रान्ति ब्यान्ड (मोक्ष), ब्याकग्राउन्ड स्कोरः एलिस कार्की
(छ एकान छ), संगीतः वसन्त सापकोटा (रिदम), गीतकारः कृष्णहरि बराल (नाइँ नभन्नु ल २), छायांकारः शैलेन्द्र डी कार्की (वधशाला), सम्पादकः लोकेश बज्राचार्य (कर्कश), ध्वनिः दीप तुलाधर (प्रोडयुसर), द्वन्द्वः हिमाल केसी (वार), नृत्य निर्देशकः रिनेशा राई (भिसा गर्ल), कला निर्देशकः हितमान शाक्य र, शैलेश राजभण्डारी (मौन), पोसाकः निलिमा शर्मा (बितेका पल), संवादः, दीपकराज गिरी (छ एकान छ), पटकथाः सुवर्ण थापा (सुनगाभा), प्रोत्साहन अवार्डः स्वतन्त्रप्रताप शाहले पाएका छन ।
भुवन केसीलाई सदावाहर नायक र करीष्मा मानन्धरलाई सदाबाहर नयिकाको उपाधि दिइएको थियो । महान संगीतकारको उपाधि शम्भुजित बास्कोटालाई दिइएको थियो । राजेश हमाललाई भने गत बर्ष मलेशियामा सम्पन्न छैटो नेफ्टा अवार्ड कार्यक्रममा नै महानायकको उपाधि दिइएको थियो । श्रीकृष्ण श्रेष्ठको सम्झनामा नृत्य प्रस्तुत गरी फोटो राखेर मौन धारण गरी श्रद्धान्जली अर्पण गरीएको थियो ।
प्रमुख अतिथि सुचना तथा सञ्चार मन्त्री मिलेन्द्र रिजालले सम्बोधन गर्दै फिल्म क्षेत्र पनि मेरो क्षेत्रभित्र पर्ने रहेछ त्यसैले सकेसम्म सहयोग गर्छु भन्दै प्रतिबद्धता जाहेर गरेका थिए । 

फोटो हेर्नको लागि तल थिच्नुहोस

 

हंगकंगमा सातेो नेफ्टा फिल्म अवार्ड कार्यक्रम

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %