नेपाल ह्योल्मो समाज सेवा संघ – प्रेस विज्ञप्ती

Read Time:7 Minute, 38 Second

पर्यटक पथ प्रदर्शक ल्हाक्पा दोर्जे ह्योल्मो प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै हालै वेमौसमी सामुद्रिक आँधी हुदहुद र त्यसले निम्त्याएको हिमपात तथा हिमपहिरोमा परी अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा विदेशी पर्यटक, हिमाली आदिवासी तथा पर्वतीय श्रमिक सहित ठूलो जनधनको क्षति भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको हिमाल र हिमाली क्षेत्र देशकै एक प्रमुख आयश्रोत भएता पनि यसलाई पर्वतारोहणको आकर्षक गन्तव्यको रुपमा विकास र व्यवस्थापन गर्ने कार्यमा चुकेको दखिन्छ । हुदहुद आँधीका कारण भएको भिषण हिमपातले अन्नपूर्ण सर्किट अन्तगर्त मनाङ, मुस्ताङ, गोर्खा र म्याग्दीमा धेरै संख्यामा पर्यटक र नेपाली कामदारहरु हताहात हुँदा भारत सरकारले आँधीको पूर्व सूचनालाई आधार मानेर आफ्ना नागरिकलाई सुरक्षित स्थानमा राखी बढी जनधनको क्षति रोक्न सफल भएको सन्दर्भमा नेपाल सरकारले यस कार्यमा खासै सुरक्षाको प्रबन्ध नहुनु तथा मौसमको पूर्व जानकारी दिने संयन्त्र पनि नहुँनुले ठूलो जनधनको क्षति भएको हो । जसको कारण असोज २७ र २८ गते भएको हिमपातमा परेर मनाङ, मुस्ताङ गोर्खा र म्याग्दीमा गरि मृत्यु हुनेको संख्या ४० जना भन्दा बढी पुगेको छ ।

विश्वको साहासिक पदमार्गमा यात्राका लागि आएका विभिन्न देशका ६० भन्दा बढि पर्यटक सम्पर्क बिहिन हुँदा पनि औपचारिक तथ्याङ्ग संकलन तथा सुरक्षाको व्यवस्था गर्ने कार्य गर्नुको साटो उद्धार कार्य नै स्थगित गरिएको छ । यस घटनाबाट बिचल्लीमा परेका पर्यटकको उद्धार कार्यमा सरकारी तथा गैर सरकारीका साथै सम्बन्धित सरोकारवाला पक्षबाट खासै वास्ता नगरिएको अवस्था छ । आपतकालीन उद्धारका लागि पिडित पक्षबाट आग्रह गर्दा समेत रकम केन्द्रित सेवा प्रदान गरिँदा हामीलाई दुःख लागेको छ ।

पर्वतारोहण संसारका धेरै मानिसको रूचि र चाखको विषय भएकोले यसलाई थप सुरक्षित एवं व्यवस्थित, विश्वसनीय र आकर्षक बनाउन सरोकारवालाहरुले विशेष ध्यान दिनु पर्दछ । हाल भएको दुःखद घटनाबाट प्राप्त अनुभवको समेत उपयोग गरी सुरक्षित रूपमा आरोहण गतिविधि सुचारू रूपमा संचालन गर्न बाटो मम्र्मत, डोरी टाँग्ने, खोजी र उद्धार गर्ने, औषधोपचार गर्ने जस्ता आधारभूत कार्यको साथै दैविक प्रकोप उद्धारको उचित व्यवस्थापन गर्नु पर्दछ । नेपाल सरकारले पर्यटनबाट धेरै राजस्व प्राप्त गर्छ, तर त्यही क्षेत्रको उद्योगमा सेवा तथा सुरक्षा प्रदान गर्न कन्जुस्याँइ गरेको छ । यसरी नै टानले विभिन्न नाराका साथ विभिन्न माध्यममाबाट श्रोत जुटाए पनि पर्यटनको स्तर बढाउन कुनै कार्य गरेको हुँदैन । विभिन्न संचार गृहले पनि सो घटना तथा उद्योगमा लागेका व्यक्तिहरुको पहुँचको अभावका कारण विशेष ध्यान दिइरहेको अवस्था छैन ।

घटनाका पिडितहरु प्राय आदिवासी जनजातिहरु भएको कारणले गर्दा पनि राज्यले वेवास्ता गरेको हुन सक्छ, उद्धार कार्यको लागि जिम्मेवारी पक्षबाट कार्य नगरिँदा व्यवसायीले आफ्नै प्रयासमा खोजि कार्य तथा मृतकको शब हेलिकोप्टरबाट ल्याउन मोटो रकम बुझाउनु परेको छ ।

उक्त घटनामा परी स्वर्गारोहण हुनु भएका स्व.श्री ल्हाक्पा दोर्जे ह्योल्मो लगायत मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौं । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हराइरहेका व्यक्तिहरूको खोजी जारी गर्न तथा अगामी दिनहरुमा यस्ता घटना न्युनीकरणको लागि सम्बन्धित सरोकारवाला निकायसँग निम्न १० बुँदे माग गर्दछ ।

१) प्राकृतिक विपत्तिको जानकारी पाउन सकिँदैन तर पूर्वानुमान तथा सचेतता अपनाउने उच्चस्तरिय उपकरणको व्यवस्थापन गरियोस् ।

२) विपत व्यवस्थापनको लागि जोखिम मुक्त गर्न कामदारहरुलाई प्रभावकारी प्रशिक्षण दिइयोस् ।

३) जलवायु परिवर्तन असर न्युनिकरणका उपायहरु अबलम्बन गरियोस् । ४) मौसम पूर्वानुमानको भर पर्दो माध्यमको स्थापना र सही सूचना प्रवाह गर्ने व्यवस्था गरियोस् ।

५) प्राकृतिक प्रकोपबाट हुने जोखिम न्युनिकरणको लागि समयमा सुचना प्रवाह गरी पदयात्रीहरुलाई जोखिमको पूर्ण जानकारीका साथै जोखिमको आधारमा यात्रा रोक्ने व्यवस्था कडाईका साथ लागु गरियोस् ।

६) प्राकृतिक विपत्तिको पूर्व सूचना दिने भरपर्दो संयन्त्रको निर्माण, छिटो र सहज उद्धारका लागि आवश्यक पर्ने सामाग्रीहरुको तयारी तथा अन्नपूर्ण चक्रिय पदयात्रा मार्गमा उचित सुरक्षाको प्रबन्ध गरियोस् ।

६) समयमा उद्धार तथा उद्धार कार्यको प्रभावकारी कार्यन्वयन गरियोस् । ७) पर्यटन श्रमिक सम्बन्धि सरकारी निकायबाट भएको घोषणाको समयमा कार्यन्वयन गरियोस् ।

८) श्रमिकको सामाजिक सुरक्षा र विमाको पर्याप्त व्यवस्था गरियोस् ।

९) पदयात्राको मार्गमा विश्राम तथा आश्रयस्थलहरुको उचित व्यवस्था गरियोस् ।

१०) पर्यटनमा हिमाली आदिवासी तथा पर्वतीय श्रमिकहरुको सम्मानजनक व्यवस्थापनको साथै प्राकृतिक प्रकोपबाट क्षति बनाएका पिडित पक्षहरुलाई उचित क्षतिपूतिको प्रबन्ध मिलाइयोस् ।

 

किन्जो ओमु ह्योल्मो

कार्यबाहक अध्यक्ष

नेपाल ह्योल्मो समाज सेवा संघ

केन्द्रीय कार्यालय बौद्ध, काठमाडौ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %