राज्यसत्ता, १९ अक्टोवर, हंगकंग, पुन मगर समाज हंगकंगको आयोजनामा मंकीहीलमा दशै तथा तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगरले प्रमुख आतिथ्य ग्रहण गर्दै मगरहरु हंगकंगमा एक जुट भएकै कारण मगर संघ हंगकंगको कार्यालय कक्ष खरीद गर्न सफल भएको बताइन । त्यसैले २६ अक्टोवरमा मंकीहिलमा हुने देउसी भैलो कार्यक्रम र नोभेम्वर ९ मा युङलोङमा हुने अरुण स्मृति साँझ पनि सफल बनाउनको लागि सवैलाई आह्वान गरेकी थिइन । विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको शुभारम्भमै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई सम्मान गरी सम्बोधन गर्न दिइएको थियो । तर पौडेलको आज नै नेपाल जाने उडान भएकोले त्यस्तो केहि नबोली हतार छ भन्दै हिडेका थिए ।
भलिबल प्रतियोगिता सफल बनाउन आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरीएको थियो ।
अध्यक्ष जस बहादुर पुन मगरको अध्यक्षतामा सचिब चुन प्रसाद पुन मगरको सञ्चालनमा उपाध्यक्ष दिपेन्द्र पुन मगरले स्वागत मन्तब्य दिएका थिए । सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै देउसी भैला पनि खेलिएको थियो ।
फोटो हेर्नको लागि तल थिच्नुहोस
पुन मगर समाज हंगकंगको दशै तिहार तथा शुभकामना कार्यक्रम