काग्रेसको प्रस्ताब ७ प्रदेश : पौडेल
Read Time:2 Minute, 55 Second
राज्यसत्ता, १७ अक्टोवर हंगकंग, नेपाली जनसर्म्पक समिति हंगकंगले दशै तिहार तथा शुभकामना आदान प्रदान कार्यक्रम नमो बुद्ध क्लबमा सम्पन्न गरेको छ । प्रमुख अतिथि, नेपाली काग्रेस, केन्द्रिय समितिका उपसभापति तथा सभासद राम चन्द्र पौडेलले सम्बोधन गर्दै संविधानमा सात प्रदेशको प्रस्ताव राखेको बताए । क्षेत्रगत रुपमा नभई जातिगत रुपमा राज्यको पुर्नसंरचना गर्न खोजिएकोले पनि सहमति हुन नसकेको बताए । धेरै प्रदेश बनाए राजधानी पनि धेरै हुने र त्यही अनुसार कार्यालयहरु पनि आवश्यक पर्ने भएकोले देशको आर्थिक अवस्थाले पनि धान्न नसक्ने उनको भनाइ थियो । नेपालले अहिलेसम्म संविधान सभा भवन पनि बनाउन सकेको छैन त्यो पनि चाइनाले बनाइ दिएको छ । अरु देशमा जस्तो एक चोटि प्रजातन्त्र आएपछि सदाको लागि हुने खालको लोकतन्त्र नेपालमा आएन । कहिले राणाको बन्दुक, कहिले शाहको बन्दुक त कहिले माओबादीको बन्दुकले गर्दा लोकतन्त्र संस्थागत हुन नसकेको उनले थपे । यदी नेपालमा सरकारको नेतृत्व गर्ने ब्यक्ति राम्रो हुने हो भने बिकास सजिलैसँग गर्न सकिने र त्यो नेतृत्व मैले पाउने हो भने म देशमा कायापलट गरी दिन्छु भन्दै प्रधानमन्त्रीको लागि योग्य भएको दावी समेत गरे । शहरी विकास मन्त्री नारायण खड्काले विशेष अतिथिको रुपमा सम्बोधन गर्दै संविधान भनेको कुनै धार्मिक ग्रन्थ होइन यो साझा दस्ताबेज हो र देशले धान्न सक्ने र सवै अटाउने पहिचान सहितको सबिधान बनाउने प्रक्रियमा गएको बताएका थिए । यहाँ नेताहरू यसरी बोलिरहदा नेपालमा भने वाइस दलले पहिचान सहितको त्यसमा पनि सहमतीय संबिधानको माग गरी सडक तताइरहेका छन ।