मोना हङकङको शुभकामना आदनप्रदान तथा भेटघाट कार्यक्रम भव्यरुपमा सम्पन्न

Read Time:4 Minute, 12 Second

 

इन्द्र एलजी थापामगर

हङकङ, मंकिहिल, म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङले यस वर्षको दशै र तिहार पर्व ‘शुभकामना आदन प्रदान तथा भेटघाट कार्यक्रम’को साथ मनायो । उक्त कार्यक्रममा विविक्यू तथा सेल रोटीको व्यवस्था गरिएको थियो भने मोना महिला विभागद्वरा साँस्कृति कार्यक्रम र देउसी भैलो  खेलिएको थियो साथै मोना कलाकार तथा पुन मगर कलाकारहरुले साथ दिएका थिए।

प्रमुख अतिथि मोना अन्तराष्ट्रिय समन्वय समितिका संयोजक तथा मोना, हङकङका आजिवन सदस्य प्रकाश पुनको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिहरु निवर्तमान अध्यक्ष दल सेर्बुजा मोना हङकङ, संस्थापक अध्यक्ष द्वय तुल्मराज सामजाली तथा हर्कमान मगर मोना हङकङ, नेपमल च्याम्बर अफ कमर्श हङकङका अध्यक्ष डासुराम पराजुली थिए भने अतिथिहरुमा पुन मगर समाज हङकङका अध्यक्ष जस बहादुर चोचाङगी, पर्वत पुन मगर कल्याणकारी समाज हङकङका अध्यक्ष ईन्द्र अर्मजा, टमुट्यहल हङकङका अध्यक्ष सुरेश गुरुङ, थकाली समाज हङकङका अध्यक्ष तथा मोना हङकङका सल्लाहकार हर्कनारायण तुलाचन, फियोना हङकङका सचिव भिम गुरुङ, बाग्लुङ समाजका अध्यक्ष देवान सिं पुन, दोवा समाज हङकङका टिपेन गर्बुजा, मोना हङकङका सल्लाहकारहरु वीना देवी पुन, रुपा चोचाङगी, कमल रोका, राजु गर्बुजा, कर्ण पुन, राजेन्द्र श्रेष्ट, गोमा पुन वेग तथा मगर संघ हङकङ भूपू उपाध्यक्ष तथा समाजसेवी प्रेम गलामी लगायतका थिए । ‌औपचारिक कार्यक्रम पश्चात अतिथिहरुकोरुपमा उपस्थिति हुनेमा मगर संघ हङकङ, एन.आर.एन. हङकङ, हङकङ नेपाली महासंघ हङकङ, नेपाल क्लव हङकङ, नेपाली महिला संघ हङकङ, तनहु समाज हङकङ, हिन्स, मल्टिपल आर्ट कल्चर हङकङ लगायतका थिए ।

उक्त अवसरमा संस्थाका अध्यक्ष ईन्द्र एलजी थापामगर, प्रमुख अतिथि प्रकश पुन विशेष अतिथि डासुराम पराजुली तथा अतिथिहरु सुरेश गुरुङ, देवान सि पुन, जस बहादुर चोचाङगी, ईन्द्र अर्मजा, भिम गुरुङ लगायतले आफ्नो तथा संस्थाको तर्फबाट शुभकामना  मन्तव्य व्यक्त गरेका थिए। उक्त औपचारिक कार्यक्रम मोनाका अध्यक्ष ईन्द्र एलजी थापामगरको अध्यक्षतामा सचिव प्रमोद गिरीले संचालन र उपाध्यक्ष पदम शेरचनले स्वागत भाषण गरेका थिए ।

मोना महिला विभागद्वरा आयोजित ‘विविध साँस्कृति कार्यक्रम’ तथा ‘देउसी भैलो’ खेलेर कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न उक्त ‘शुभकामन आदन प्रदान तथा भेटघाट’ कार्यक्रम पश्चात डिजेमा अतिथिहरु, म्याग्दीवासी तथा गैर म्याग्दीवासीहरु नाँचेर मंकिहिल नेपालमय बनेको थियो। ‘देसी भैलो’ खेलेर हङकङ डलर ६३ हजार भन्दा बढी संकलन भएको थियो। मोना हङकङले स्थापनाकाल देखि नै दशै र तिहार पर्वको उपलक्ष्यमा ‘शुभकमना आदनप्रदान तथा भेटघाट’ कार्यक्रम गर्दै आइरहेको छ ।

स्मरणरहोस, दशै र तिहारको पर्व हङकङका धेरै संघ/संस्थाहरुले विभिन्न कार्यक्रम गरेर मनाउने गरेकाछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %