शुशी पुलामी
१८ अक्टुवर,आबुधाबी र नेपाल मगर संघ युएईले आगामी नोबेवर २१ तारिक युएईको राजधानी आबुधाबीको केरेला सोसियल सेन्टरमा “राज्यको पुनर्संरचनामा एकल जातीय पहिचानको प्रश्न ? प्रवासी मगर एवं आदिवासी जनजाति संघ संस्थाहरुको भूमिका” विषयक अन्तरक्रिया गर्ने भएको छ ।
संविधानसभामा सवै भन्दा पेचिलो बन्दै गएको राज्यको पुनर्संरचना, एकल जातीय पहिचानको आधारमा गर्नेकी बहुपहिचानामा गर्ने भन्ने विषयमाथि राजनैतिक दलहरु विचमा रस्साकस्सी भैरहेको विधमान अवस्थामा मगर एवं आदिवासी जनजातिहरुको जन्म सिद्द नैसर्गिक हक अधिकार प्रत्याभुत भएको एकल जातिय पहिचान, आत्म निर्णय, जातीय अग्रधिकार एवं समावेसी लोकतान्त्रिक संविधान सुनिस्चिताको लागि सम्पूर्ण प्रवाशी मगर एवं आदिबाशी-जनजाति युवाहरुलाई अझ बढी सशक्त, जागरुक र कृयाशिल बनाउने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम तयारीकोलागि नेपाल मगर संघ युएई युद्दस्तरमा खटेको जानकारी संघका महासचिव टपन घर्ति मगरले दिनु भएको छ । साथै अन्तरक्रिया कार्यक्रममा सहभागि भै दिनुहुन संघ को तर्फबाट सम्पूर्ण युएईमा रहनुहुने नेपाली मगर,आदिवासी जनजाति युवा, एवं सामाजिक न्यायका पक्षेधर पहिचानवादी राजनैतिक दलका प्रवासस्थित भात्री संगठनहरु साथै आदिवासी जनजाति संघ सँस्थाहरुमा बिशेष निमन्त्रणा सहित अनुरोध गरिएको छ ।
संविधान निर्माणको अन्तिम अवस्थामा संघको आयोजनामा हुन थालेको यो अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजातिहरुलाई अन्तरास्ट्रिय कानुन तथा सिद्दान्त द्वारा प्रत्याभुत भएका अधिकारहरु,नेपाल सरकारले आदिवासी जनजातिहरु सम्बन्धमा संयुक्तराष्ट्र राष्ट्रसंघमा गरेका प्रतिबद्दता, आदिवासी जनजातिहरुसँग राज्य पक्षले पटक-पटक गरेका सहमति सम्झौता, नेपालको राजनीतिमा मगर जातिले दिएको वलिदानीपूर्ण संघर्ष वारे प्रकाश पार्दै, मगर जातिले खेलेको भूमिका र योगदान वारे समिक्षा गरिने छ ।
संविधान सभा २ ले पहिलो संविधान सभावाट प्राप्त उपलध्धिको स्वामित्व ग्रहण गर्ने वचनबद्धता,आदिवासी जनजाति नेता एवं वरिष्ठ मानव अधिकारवादी नेता पदमरत्न तुलाधरको संयोजकत्वमा घोषणा गरिएको ”आदिवासी जनजाति राष्टिय आन्दोलन” साथै सहमतिवाट नै संविधानजारी हुनु पर्दछ भन्ने विषयमा २२ दलले गरेको आन्दोलन,कांग्रेस र एमाले जस्ता पहिचान विरोधी दलहरुले ल्याउन थालेको पहिचान विहिन प्रदेशका बिरुद्द गर्नु पर्ने बिरोध को कारण, एकल जातिय पहिचानको सम्भावना र आवश्यकता, जस्ता अत्यन्तै समसामयीक एवं संवेदनशील बिषयमा गरीने, यो अन्तरक्रियाले नेपाली मगर एवं आदिवासी जनजातिहरुमा सिद्दान्त सामाजिक,राजनैतिक र आर्थिक सम्बृदीका सवालमा दुरगामी प्रभाव पार्ने विश्वाश सहित समग्र नेपालीहरुलाई भावनात्मक रुपमा एक बनाउदै ,राज्यलाई कुनै पनी आधारमा बिखण्डनहुनबाट बचाउन, साम्प्रदायिक सदभाव खल्बलिन नदिन जातिय, क्षेत्रिय, धार्मिक, भाषिक र साँस्कृतिक सहिष्णुता प्राप्त गर्ने सबैकोलागि सम्मानित संविधान, शान्त र सम्बृद नेपालको परीकल्पना पुरा गर्ने अभियानमा समेत यो अन्तरक्रिया फलदाई हुने कार्यक्रम आयोजक नेपाल मगर संघ युएईले विश्वाशका लिइएको संघ द्वारा जानाकारी गराएको छ ।