यो बर्षको नेफ्टा फिल्म एवार्ड हङकङमा हुने

Read Time:2 Minute, 17 Second

राज्यसत्ता

हङ्कङ् ,  अक्टोबर १४ – यो बर्षको नेफ्टा फिल्म एवार्ड २०१४ हङकङमा हुने भएकोछ । यहि अक्टोवर २० तारिख सोमबारका दिन चिमशाचुई स्थित बीपी ईन्टरनेशनल होटलमा नेपाली चलचित्र तथा सिनेमाकर्मीहरूको सम्मानको लागि नेफ्टा फिल्म एवार्ड हुदैं गरेको जानकारी नेफ्टा ईभेन्ट हङकङ संयोजक बिनय शाहले राज्यसत्तालाइ जानकारी गराएका छन् । नेफ्टा फिल्म एवार्ड गत साल मलेसियामा भएको थियो ।

  नेपालका ख्यातिप्राप्त ८५ भन्दा बढि कलाकारहरूको ऐतिहासिक जमघट रहने नेपाली कलाकार तथा सिनेमा कर्मीहरूको यो महाकुम्भलाई सगरमाथा टेलीभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ ।

महानायक राजेश हमाल, नीर शाह, करिश्मा केसी, दयाहाङ राई, केकी अधिकारी, श्वेता खड्का, आर्यन सिग्देल, सौगात मल्ल, नम्रता श्रेष्ठ, निता ढुंगाना, मलिना जोशी, बिजय लामा, जीवन लुईंटेल, प्रियन्का कार्की, गौरी मल्ल, झरना थापा, दिपा निरौला, पूजा शर्मा, अर्पण थापा, रेनेशा वान्तवा राई लगायत अन्य प्रख्यात कलाकारहरू संग नेपाल प्रहरीका महत्वपूर्ण व्यक्तित्व S.S.P Ramesh Kharel को पनि उपश्थित रहने शाहले जानकारि दिए ।

नेफ्टाको ३४ बिधासंगै नेपाली सिनेमा एवार्डमा ऐतिहासिकरुपमा पहिलो पटक नेपाली आदिवासी जनजाति उकृष्ट चलचित्रको पुरस्कार पनि प्रदान गरिने छ ।  

साथै हङकङमा रहेर नेपाली भाषाका सिनेमा प्रत्यक्ष योगदान दिदैं आएका व्यक्तित्वहरूलाई पनि सोहि अवसरमा सम्मान गरिने संयोजक शाहले जानकारि दिए ।

टिकट सम्पर्कको लागि: 98794724 / 64759099 / 66245522 / 97061925

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %