पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि प्रेस विज्ञप्ति

Read Time:1 Minute, 29 Second
हङकङ, १२ अक्टुवर २०१४
पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि बहुमत बाट होइन सहमतिबाट संविधान जारी गराउने उदेश्यले नेपालमा भइरेको आन्दोलनप्रति हङकङमा विभिन्न संघसंगठनहरुको चासो वढेको छ ।  
हङकङमा रहे पनि नेपालवारे चासो राख्दै एनेकपा (माओवादी) हङकङ शाखाको अध्यक्ष रविन लिङदेनको संयोजकत्वमा पहिचानवादी पार्टीहरु र नेपाल आदिवासी जनजाति महासंघ हङकङ लगायत विभिन्न सामाजिक संघ–सस्थाहरुको समेत उपस्थितिमा वैठक वसि एक प्रेस विज्ञप्ति जारी गरेको छ । 
नेपालमा “संघीय गणतान्त्रिक मोर्चा, पहिचानमा आधारित संघीय गठवन्धन र संघीय लोकतान्त्रिक राष्ट्रिय गठवन्धन”मा आवद्ध २२ राजनैतिक पार्टीहरुको संयुक्त कार्यक्रमलाई हङकङबाट एक्यवद्धता जनाउदै अबि चन्द्र इङनाम केन्द्रिय अध्यक्ष रहेको अर्को पार्टी  “लिम्बुवान राष्ट्रिय मोर्चा” पनि थपिएको छ । उक्त आन्दोलनलाई समर्थन गर्दै नेपाल आदिवासी जनजाति महासंघ हङकङ पनि थपिएको छ । 
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %