फोटो फिचर सहित समचार
भैरब आङ्ला, धरान
सरकार बिरुद्ध आन्दोलनरत २२ दलिय मोर्चाका नेताहरुले पहिचान सहितको संघियता लागू नभए संबिधान र संबिधान सभा नमान्ने चेतावनी दिएका छन् ।
सुनसरीको इटहरीमा सोमाबार भएको बिरोध सभामा बेल्दै २२ दललिय मोर्चाका नेताहरुले सरकारमा रहेका दलहरु पहिचान सहितको संघियताको बिरोधमा रहेको भन्दै पहिचान बिनाको संघियता ल्याउन खोजे प्रतिकार गर्ने बताएका छन् । पहिचान पक्षधरहरुलाई बाइपास गरेर बहुमतिया प्रकयृाबाट संबिधान सभाबाट संघियता बिरोधी संबिधान जारी गर्न खोजेको भन्दै यसको बिरोध स्वरुप आन्दोलनमा उत्रनु परेको उनीहरुको दावी छ । एकिकृत नकेपा माओवादी सहितका २२ दलका संयुत्त बिरोध सभामा बोल्दै एकिकृत नेकपा माओवादीका महासचिब कृष्णबहादुर महराले पहिचान बिनाको संघियता र संबिधान आफूहरुले कुनै पनि हालतमा नमान्ने बताए ।
उनले जनयुद्धको बलमा भएको १२ बुँदे समझदारी, मधेस आन्दोलन पछि बनेको अन्तरीम संबिधानले समेत संघियता र पहिचानलाइ स्वीकारेको हुनाले आफूहरु यो भन्दा पछाडी नहट्ने उनले बताए । नेता महराले अहिले पहिचान सहितको् संविधान चाहाने र पहिचान सहितको संविधान नचाहानेहरुबीच ध्रुविकरण बढेर गएकोले संबिधान नाआउने खतरा बढेको बताए । महराले पहिचान सहितको सङ्घीय राज्यका लागि धेरैले बलिदानी सङ्घर्ष गरेकाले त्यो प्राप्तीका लागि अहिले पनि निर्णायक आन्दोलन गर्न जरुरी रहेको उल्लेख गर्दै उनले पहिचान सहितको सङ्घीयताबाटमात्र उत्पीडित आदिवासी जनजाती पिछडा बर्ग सबैको मुक्ति सम्भव हुने पनि स्पष्ट पारे ।
महासचिव महराले नेपाली काङ्ग्रेस र एमाले पहिचान सहितको संविधानको पक्षमा नरहेकाले हामीले आम नेपाली जनताले चाहेको पहिचान सहितको सङ्घीय संरचना सहिताको राज्य स्थापनाका लागि कसैसँगै कुनै सम्झौता नगरी पहिचान सहितको सङ्घीय संविधानको पक्षमा कडा रुपमा परस्तुत हुने दृढता समेत ब्यक्त गरे ।
विरोधसभामा सङ्घीय लिम्वूवान पार्टीका अध्यक्ष कुमार लिङ्गदेनले पहिचान सहितको लिम्वूवान , खम्वूवान लगायतका सङ्घीय राज्य सहितको सङ्घीय संरचना सहितको संविधानका लागि सम्पूर्ण लिम्वूवानी जनताहरु टाउकोमा कफन बाँधेर सङ्र्षको मैदान उत्रन तयार रहेको उद्घोष गरे । अध्यक्ष लिङ्गदेनले बाईस दलको गठबन्धनमा रहेको एनेकपा माओवादीले आफुलाई यस मुद्दामा दर्रो गरेर टिकिरहन आग्रह गर्दै उनले पहिचान सहितको सङ्घीयताको संविधान जारी नगर्ने कित्तामा उभिएका नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई सत्ताबाट झारेर माटोमा राख्नु पर्ने चेतावनी दिए ।
विरोधसभामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले नेपाली काङ्ग्रेस र नेकपा एमाले कुनै पनि हालतमा पहिचान सहितको सङ्घीय संविधान बनाउने पक्षमा नरहेकाले उनीहरुलाई जुनसुकै हालतमा पनि पहिचान सहितको सङ्घीय संविधान निर्मांणका लागि आन्दोलनबाटनै गलाउन जरुरी रहेको बताए ।
बिरोध सभामा सङ्घीय लिम्वूवान पार्टीका बरिष्ठ उपाध्यक्ष रामभक्त कुरुङवाङको अध्यक्षतामा भएको विरोधसभामा मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य संजय सिंह , सङ्घीय गणतान्त्रिक मोर्चाका महेन्द्रजङ्ग तामाङ,खस समावेसी पार्टीका महासचिव पर्शुराम बस्नेतले पनि बोलेका थिए । यसैगरी विरोधसभामा सामाजिक लोकतान्त्रिक पार्टीका सुरेश यभेङ सुब्वा,खम्वूवान राष्ट्रिय जनमुक्ति पार्टीका भूमि कोयू राई , सदभावना पार्टीका सन्तोष मेहता,तमलोपाका डा. सीएन पाठक, तराई मधेश सदभावना पार्टीका रामकुमार मण्डल , राष्ट्रिय जनमुक्ति पार्टीका चन्द्रबहादुर खापुङ लगायतले पनि बोलेका थिए।