विनोद रखाली मगर
स्याङ्जा , असोज १९ – पिडीखोलाको सल्यान गाउँमा सन्चालित पाचौँ टाम्केकोट कप भलिवल प्रतियोगिताको उपाधि पेलाकोटको जनशक्ति युवा क्लव कपुर्दीले उचालेको छ ।
उसले अन्तिममा मगजर समाज पातीखर्क पिडीखोला लाई ३-० सेटले पराजीत गरेको हो । निकै प्रतिस्प्रधाका विच जनशक्तिले तिन पटक टाम्केकोट कप उपाधि रक्षा गरेको पेलाकोटकै जनहित युवा क्लव तोलातुङ्लाई सेमिफाइनलमा पराजीत गरे पछि उसलाई फाइनलमा मगर समाज पातीखर्कलाई पराजीत गर्न सहज मिलेको थियो ।
यता तिन पटक सम्म उपाधि हात पारेको जनहित युवा क्लव तृतीय स्थानमा चित्त वुझाएको छ । सान्त्वना स्थानमा पिडीखोलाकै जनजागृती युवा क्लव उर्लेनीले स्थान सुरक्षित गरेको छ । प्रतियोगिताको विजेताले टाम्केकोट कप उपाधि सङ्गै वोका, शिल्ड,मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपविजेता समुहले पाठा शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको हो । भने तृतीय स्थान प्राप्त गर्ने जनहितले २ थान भाले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताभर उत्कृष्ट तथा अनुशासित खेल प्रस्तुत गर्दै जनहित युवा क्लवका विजय थापा मगरले सर्वोकृष्ट खेलाडीको अवार्ड हात पारे । थापाले अवार्ड सङ्गै ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारेका थिए ।
पिडीखोला, निवुवाखर्क, सिर्सेकोट, पेलाकोट गाविसका विभिन्न ३३ क्लवको सहभागिता रहेको प्रतियोगिता असोज १२ देखि १६ गते सम्म सन्चालन भएको उक्त प्रतियोगितामा राष्ट्रिय भलिवल रेफ्रि केशभक्त गुरुङ् तथा थमन गुरुङ्ले खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका थिए । स्थानिय क्षेत्रमा विभिन्न रचनात्मक गतिविधि मार्फत आफुलाई अव्वल दर्जामा उभ्याउन सफल जनमुक्ति युवा क्लवको आयोजनामा सन्चालित टाम्केकोट कप भलिवल प्रतियोगिता अहिले पाचौँ पटको रहेको क्लवले जनाएको छ । २०६७ सालमा टाम्केकोट महोत्सव हुदैँ भलिवल प्रतियोगिता आयोजना गरेको उक्त क्लवले पिडीखोला, निवुवाखर्क गाविसको शिरमा पर्ने एतिहासिक तथा पर्यटकिय टाम्केकोट क्षेत्रको विकाश, प्रचार तथा प्रवद्धनका लागी कार्यक्रम आयोजना गरेको क्लवका अध्यक्ष किरण राना मगरले जनाएका छन् ।
क्लवका अध्यक्ष किरण राना मगरको अध्यक्षतामा सन्चालित कार्यक्रमको सन्चालन क्लवका पूर्व अध्यक्ष विनोद रखाली मगर र श्याम राना मगरले गरेका थिए ।