कर्मा पहाडी शेर्पा
बेलायत , २८ सेप्तेम्बेर २०१४ का दिन लन्डनको दक्षिण पूर्वीय शहर प्लमस्तिड चौतारी रेस्टुरामा बेलायत स्थित राष्ट्रिय जनमुक्त्ति पार्टीको भातृ संगठन दि हिमालयन अर्गनाइजेशन यू केले, युरोप भ्रमणमा रहेका सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य डा. चैतन्य सुब्बा तथा संघिय समाजबादी पार्टी नेपालका उपमहासचिव अजम्बर राईको उपस्थितिमा “ पहिचान र संघियता पक्षधर पार्टीहरुको एकतानै आजको आवश्यकता विषयक” अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्दै डा. चैतन्य सुब्बाले पहिलो संबिधान सभामा पहिचान सहितको संघियता चाहनेहरुको दुई तिहाई बहुमत हुदाहुदै पनि कांग्रेस ,एमाले र मावोबादीको नेतृत्वले षडयन्त्र गरि संबिधान सभा विघटन गरेको आरोप लगाए । उनले भने दोस्रो संबिधान सभाले जनताको चाहाना अनुसारको संबिधान जारी गर्ने कुरामा ठुलो शंका ब्यक्त गर्दै , परिवर्तनको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।संघियताबादी पार्टी बिचको एकताको प्रसङ्गमा डा. सुब्बाले केहि हद सम्म वैचारीक मतभिन्नता रहेता पनि लामो समय राजनीतिमा रहेकाहरुले पार्टी एकता पछि आफ्नो स्थान कहा सुरक्षित रहने भन्ने विषयलाईनै बढी महत्व दिएकाले एकता हुन नसकेकोले अबको राजनीतिमा युवा पुस्तालाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका अर्का वक्ता संघिय समाजवादी पार्टी नेपालका उपमहासचिव अजम्बर राईले २४० वर्ष देखि कायम रहेको एकात्मक शासन सत्तालाई राज्य पुनर्संरचना मार्फत सबै जात जातिलाई समान अधिकार दिलाउँन एमालेको स्थाई समितिले १५ प्रदेशको अधिकारिक रुपमा निर्णय गरे पनि संबिधान सभामा पार्टीको निर्णय बिपरित एमालेले यू-टर्न गरेकोले आरोप लगाए । उनले भने एमालेकै कारणा संघिय समाजबादी पार्टी नेपाल जन्मिएको बताए । संघियबादी पार्टीहरुको बिचमा एकीकरणको लागि राष्ट्रिय जनमुक्ति पार्टी ,संघिय गणतान्त्रिक समाजबादी पार्टी ,खस समाबेशी राष्ट्रिय पार्टी लगायत अन्य पार्टीहरुसंग पनि बार्ता तथा छलफल भइरहेको जानकारी गराउदै ,पहिचान र संघियता सहितको संबिधानको ग्यारेन्टीको लागि संघियबादी पार्टीहरुको एकताको विकल्प नरहेएकोमा जोड दिए ।
कार्यक्रममा आफ्नो विचार राख्दै आदिबासी जनजाती महासंघ नेपालका पूर्व सचिब भक्त दुराले संबिधान सभा अन्तर्गत,सम्बैधानिक,राजनैतिक तथा सहमति समितिले विदेशमा रहेका नेपालीहरुलाई राजनैतिक अधिकार बिनाको परिचय पत्रलाईनै संबिधानमा पूर्णता दिने निर्णय गरेकोमा आपत्ति जनाए ।
दुवै नेताले संघीयवादी पार्टीहरुबीच एकीकरणको पहल पूर्ण रुपमा भै रहेको र आफुहरुको पूर्ण पहल रहने प्रतिबदता जाहेर गरेका थिए । विधार्थी महासंघका पूर्व केन्द्रीय सदस्य हेम गुरुङले मिलेर अघि बढ्नुपर्ने जोड दिए भने आदिबासी जनजाती महिला महासंघ बेलायतकी अध्यक्ष कमला थापा मगरले विचारमा एकरुपता ल्याउनुको सत्ता पार्टी मात्र खोल्ने क्रमले समाजलाई अझै अन्यौलमा पारेकोले सबै नेताहरुलाई गम्भीरहन् आग्रह गरीन । अन्य वक्ताहरुमा मगर महिला संघ यूकेकी अध्यक्ष हिमाली राना मगर ,हिमालयन ओर्गनिजेशन यूकेका पूर्व अध्यक्ष भरत थापा मगर ,उपाध्यक्ष पदम गाहा मगर जनमुक्ति ,पार्टीका पूर्व आर्थिक विभाग प्रमुख केहर सिं राना मगर , छन्त्याल एसोसिएसन यूकेका अध्यक्ष तुल छन्त्याल ,कोषाध्यक्ष क प्रसाद छन्त्याल ,खस समाबेशी राष्ट्रिय पार्टीका राजेन्द्र खस , इन्द्र कार्की लगायतले बोलेका थिए ।
करिब चार घण्टा लामो चलेको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष थर्क राना मगरले र सन्चालन महासचिब कर्मा पहाडी शेर्पाले गरेका थिए । कार्यक्रम पश्चात नेताद्वयलाई उपस्थित सबै महानुभावहरुबाट खादा लागाएर सम्मान गरी सो कार्यक्रम समाप्त गरिएको थियो ।