हंगकंग प्रजातन्त्रको लागि सातौं दिन पनि शान्तिपुर्ण आन्दोलन
Read Time:2 Minute, 33 Second
भिम बरही मगर, अक्टोवर २, हंगकंग, प्रजातन्त्रको लागि हंगकंगमा भैरहेको सातौं दिनको आन्दोलन सेन्ट्रल कब्जा, अर्न्र्तगत सेन्ट्रलको सरकारी कार्यालय वरीपरी कब्जा जमाएर वसेका आन्दोलनकारीहरु शान्त तथा शलिन रुपमा अगाडि बढिरहेका छन । आइतावार आन्दोलकारीलाई प्रहरीले अश्रुग्यास हानेर तितर वितर बनाउन खोजे पनि आज भने हजारौ आन्दोलनकारी विच एक जना प्रहरी पनि देखिएन । तर सरकारी भवन बरीपरी भने कडा सुरक्षा दिएको तैनाथ भएका प्रहरीबाट थाहा पाइन्थ्यो ।
आन्दोलनलाई नेतृत्व गरीरहेका विद्यार्थी नेताद्धय स्कोलरीयन चो विङ होङ र जोसहुव ओङले छोटो सम्बोधन गर्दौ बार्ता अगाडि बढीरहेको र प्रजातन्त्र र स्वातन्त्रताको लागि लडिरहन सवैलाई आह्वान गरेका थिए ।
सम्बोधन गर्ने क्रममा हंगंकंग विश्वविद्यालयका कानुनका प्रोफेसर ताइ यी तिङले पनि सवै आन्दोलनकारीलाई प्रजातन्त्र र स्वातन्त्रताको लागि हामी लडिरहनु पर्ने भएकोले सवैलाई एकबद्धता हुन आह्वान गरेका थिए । हंगकंगको मुख्य भुमी बेइजीङले भने त्यती सजिलैसँग मागको सम्बोधन गर्ला जस्तो देखिदैन ।
आन्दोलनकारीहरूले पनि बेइजीङको कदमलार्इ हेरेर हामी सवै मर्न तयार छैां तर हामी सवैलार्इ मार्न सक्दैनैा भन्ने प्ले कार्ड लेखेको देखिन्थ्यो ।