बिजय हितान , बेलायत
२३ सेप्टेम्बर २०१४ का दिन न्युयोर्क स्थित सङ्युक्त राष्ट्रसंघको आफ्नै भवनमा जलवायु परिवर्तन रोक्नु पर्छ भन्ने बिषयमा सिखर सम्मेलन सम्पन्न भयो। जलबायु परिवर्तनले पृथ्वीलाई प्रतिकुल असर पार्दै गरेको छ। यसै बिषयलाई हेर्न सङ्युक्त राष्ट्रसंघको मातहतमा एक अन्तरराष्ट्रिय जलवायु परिवर्तन मन्च गठन गरिएको छ । यसै निकायले बर्सेनी यस्तो सम्मेलन आयोजना गर्दछ।
डेभिट क्यामरुन, बाराक अबामा जस्ता एक सय राष्ट्रधक्ष्यहरुले भागलिएको उक्त सम्मेलनलाई संयुक्त राष्ट्रसंघका महासचिव बाङकि मुनले अधक्ष्यता गर्नुभएको थियो। ‘जलवायु परिवर्तन हाम्रै वोरिपरी मन्डारिएको छ, यससँग लडने बलियो स्रोत र साधन हामीले खोज्नुपर्छ, हरितग्रिह्य ग्यास उत्सर्जन घटाऊनु पर्छ, र यसको लागि राजनैतिक चिन्तन र इच्छ्यासक्ती को आवश्यक छ’ भन्दै बाङकी मुनले सम्मेलनलाई उदघाटन गर्नुभएको थियो ।
सम्मेलनलाई स्व. नेल्सन मन्डेलाकी बिधवा पत्नीले पनि ‘जलबायु परिवर्तन नियन्त्रणमा विश्व नेताहरु पछी परेको र कुनै चासो नदेखाएको’ दु:ख ब्याक्त गर्दै सम्बोधन गरेकी थिइन। सम्मेलनमा अमेरिका र चाइनाले जैबिक उर्जा खपत न्युन गरी सौर्य, बायु जस्ता नबिकरणिय उर्जा बिकासमा लगानी गर्ने बचन बद्दता दर्साए। त्यसैगरी युरोपियन राष्ट्रहरुले १९९० भन्दा पहिलाको स्तरमा ४० प्रतिसतले हरितग्रिह्य ग्यास उत्सर्जन घटाऊने उद्देस्यमा आफुहरु लागिपरेको जानकारी दिए ।
जलबायु परिवर्तनको असर प्राकृतिक भन्दा पनि मानविय कृयाकलापले गर्दा भएकोमा जोड दिंदै बैज्ञानीक सोधकर्ताहरुले एक प्रतिबेदन पेस गरे। त्यसमा भनिएको छ २०१३ मा कार्बनडाइ अक्साइड बातावरणमा ३६ बिलियन टन छोडिएको र २०१४ को अन्त्यसम्ममा ४० बिलियन टन छोडिने छ । जो १९९० को तुलनामा ३६ प्रतिसतले बढी हुन आउँछ । यो दर बढदो छ तर घटदो कहिल्लै भएन । यदी यो सताब्दिमा पृथ्वीको तापक्रमा २ डिग्री सेल्सियस भन्दा बढी बढन दिइएन भने मात्र मानव जीवन सुरक्षित हुनसक्छ । त्यो भनेको हाम्रो वायुमन्डलमा जम्माजम्मी ३२०० बिलियन टन कार्बन उत्सर्जन हो। अहिलेको ब्रिदिदर हेर्दा १२०० बिलियन टन कार्बनडाइ अक्साइड उत्सर्जन गर्न हामीलाई ३० बर्ष लाग्ने छ ।
सबै राष्ट्रहरुले जलवायु परिवर्तनलाइ घटाऊन जुन प्रतिबद्दता देखाए त्यसलाई २०१५ को पेरिसमा बस्ने सम्मेलनमा अनुमोदन गरि लागु गरिने घोषणा गर्दै यस बर्षको सिखर सम्मेलन बिसर्जन गरिएको थियो। ईस्लामिक राष्ट्र ( अइसास ) को बिरुद्द कसरी लडने भन्ने सुरक्षा परिषदको बैठकको पूर्वसन्ध्यामा आयोजित यस जलबायु सिखर सम्मेलन सन्चारमाध्यमको ओझेलमा परेको थियो ।