हंगकंगबाट नेपालले पाठ सिक्नुपर्छ

Read Time:4 Minute, 34 Second

भिम बरही मगर, अक्टोवर १, हंगकंग, प्रजातन्त्रको लागि हंगकंगमा भैरहेको आन्दोलन सेन्ट्रल कब्जा (Occupy Central), अर्न्र्तगत सेन्ट्रलको सरकारी कार्यालय वरीपरी कब्जा जमाएर वसेका आन्दोलनकारीहरु शान्त तथा शलिन रुपमा अगाडि बढिरहेको आज हेर्न पाईयो । हजारौं आन्दोलनकारीहरुले शान्तिपुर्ण आन्दोलन मात्र गरीरहेका थिएनन । उनीहरुले मानिसलाई चाहिने पानी र दिउसोको लागि विस्कुट र रोटी साथै बेलुका खाना समेत निशुल्क बाडिरहेका थिए । कतिले खाना पाएनन होला भन्ने मनसायले खाना आयो खान आयो भन्दै प्रत्येक ब्यक्तिलाई जानकारी गराउदै खानाको लागि अनुरोध गरीरहेका थिए । खाना दिए पछि फोहर हुन्छ भन्ने कुरामा पनि उत्तिकै सजग थिए उनीहरु । त्यसैले टोलीका टोली फोहर बटुल्न पलास्टीकको ब्याग बोकेर फोहर दिनुस भन्दै हिडिरहेका भेटिन्थे । दिउसोको गर्मीको लागि पसीना पुछ्ने रुमाल र चिसो पानीको समेत निशुल्क व्यवस्था थियो । त्यस्तै पानी पर्यो भने छाता र रेन कोटको समेत निशुल्क ब्यवस्था गरीएको थियो । त्यहाँ न त रेलिङ भाचिएको थियो न त गाडीको सीसा नै फुटेको थियो । न त कुनै नेताको हुन्कार नै थियो । ब्यानरहरुमा पनि राजनिती पार्टी होइन, आन्दोलनकारी हो भन्ने लेखिएको देख्न पाइन्थ्यो । यस्तो तरीकाको आन्दोलन हंगकंगमा पहिलो पटक हेर्ने अवसर मिल्यो । गत आइतावार आन्दोलकारीलाई प्रहरीले अश्रुग्यास हानेर तितर वितर बनाउन खोजे पनि आज भने हजारौ आन्दोलनकारी विच एक जना प्रहरी पनि देखिएन । 
आज चीनको नेशनल डे (National Day) को दिन हंगकंगमा पनि वानचाईको कन्भेन्सन तथा एक्जिवीसन सेन्टर अगाडि अवस्थित गोल्डेल बाहुनियामा हुने विशेष झण्डोत्तलन कार्यक्रममा पनि आन्दोलनकारीले कुनै बाधा उत्पन्न नगरी विशेष भुमिका खेली झण्डोत्तलन कार्यक्रम सफल बनाएका थिए । तर आन्दोलनकारीहरुको ठुलो भिडले गर्दा आज नेशनल डेमा सदा बर्ष झै गरीने अत्तिसबाजी (Firework), पट्का पडकाउने कार्यक्रम भने रद्ध गर्नु परेको थियो । किनकि आन्दोलन दिन रात चौविसै घण्टा भैरहेको छ । आन्दोलनकारीहरु प्राय सवै विश्व विद्यालयमा अध्ययन गरीरहेका र धेरै जसो महिलाहरु देखिन्थे । तपाईहरुको माग पुरा हुन्छ त भन्ने प्रश्नमा अबश्य पुरा हुन्छ भन्दै आशाबादी देखिन्थे । 
नेपाली समुदायमा पनि यो आन्दोलनलाई  सहयोग गर्ने र नगर्ने भन्ने दुई किसिमको जमात देखियो । महाबाणिज्यदुतावासले विज्ञप्ति नै जारी गरी आन्दोलनमा भाग नलिन उर्दी जारी गर्यो । तर पनि कतिपय नेपाली स्वफुर्त आन्दोलनमा सहभागी भए । आन्दोलनमा सहभागी रवीन राईले हामी हंगकंगका नेपाली हौ र यहाँको स्थायी बासीन्दा पनि हौ भने हामी हाम्रो अधिकार खोज्ने कि नखोज्ने भन्ने कुरा ठुलो भएको बताए । कुनै नेपालीले कुनै माध्यमबाट सरकारको नुन पानी खाए होलान त्यसैले उनीहरु नेपाल र चिनको कुरा झिकेर नानाभाती भनिरहेका छन । त्यसैले खुलेर सरकारको विरुद्धमा आउन नसकेको पनि हुन सक्छ तर हामीलाई त्यस्तो समस्या नभएकोले हामी आयौं राईले थपे । 
  

हंगकंगमा भैरहेको शान्तिपुर्ण आन्दोलनको     फोटोहरू

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %