संग्रहालयको सहर

Read Time:8 Minute, 54 Second

मनोज घर्तीमगर

पोखरा भन्ने बित्तिकै सबैलाई यहाँको मनोरम सौन्दर्यको याद आउँछ । सात समुन्द्रपारीबाट नेपाल आईपुगेका पर्यटकको मन बिसाउने पोखरा पछिल्लो समय आन्तरिक पर्यटनले पनि भरिभराउ हुन थालेको छ । लाखौ मानिसको आँखामा पोखरा नमिटिने तस्वीर बनेको छ । एकपटक पोखरा आईसकेपछि पोखराले मोहनी लगाएरै छाड्छ । पोखरा घुमेपछि यहाँका विभिन्न मनोरम दृश्यहरु आँखामा झल्झल्ली आईरहन्छन् । पोखरामा के छ भन्नु भन्दा पनि के छैन भन्ने बेला भईसकेको छ । धर्मदेखि अर्थसम्म, खेल पर्यटन देखि साहसिक पर्यटनसम्म मात्र हैन साँस्कृतिक पर्यटनका हिसाबले पनि पोखरा अब्बल छ । 

 

आन्तरिक एवं बाह्य पर्यटनको केन्द्रको रुपमा चिनिएको पोखराबाटै नेपालमा पर्यटक भित्रीन सुरु गरेका हुन् । काठमाडौदेखि करिब छ घण्टाको मोटर यात्रा र २५ मिनेटको हवाई यात्रापछि पुगिने स्थान हो पोखरा । पोखरामा पूर्वको काकरभिट्टादेखि पश्चिमको महेन्द्रनगरबाट समेत गाडी आईपुग्छन् । पोखरालाई धेरैले पर्यटनको राजधानीको भन्ने गर्छन् । तर, पोखरा पर्यटनको राजधानी मात्र नभई, साहित्यिक, साँस्कृतिक, खेलकुद, गुफा, ताल अनि संग्राहालयको पनि राजधानी हो भन्दा फरक पर्दैन । हुन  पनि प छिल्लो समय पोखरा संग्रहालयको सहरका रुपमा चिनिन थालेको छ ।   यहाँ अनेका प्रकारका संग्रहालय छन् । पूराना रिति संस्कृति, परम्परा, अनि लोपोन्मुख रहेका विभिन्न कुराहरुको संरक्षण र सम्बद्र्धन गर्नको लागि बनाईएका संग्रहालयहरु पोखरामा थुप्रै छन् । हिमाली जनजीवन बुझ्न र जान्न चहानेका लागि पोखरा–१७ रातोप्रह्रोमा छ अन्तराष्ट्रिय पर्वतिय संग्राहालय । पर्वतहरुको तथा यसमा आरोहण गर्ने आरोरिको ऐतिहासिक तथ्यहरु र यी पर्वतहरुको सेरोफेरोमा बसोबास गर्ने मानिसका सँस्कार, रितिरिवाज, भौगर्भिक संरचना, वनस्पती, जीवजन्तु लगायत अन्य क्रियाकलापहरु यथार्थ कुरा यहाँबाट थाहा पाउन सकिन्छ । यस संग्राहालयमा मुख्य चार वटा प्रर्दशनी कक्षहरु अन्र्तगत १२ वटा शाखा कक्ष छन् ।

 

गोर्खाहरुको बारेमा जानकारी लिनु छ भने गोर्खा म्युजियम छँदैछ । के.आई.सीह पुलको आडैमा छ म्युजियम । यो म्यूजियमले बेलायती सेनामा सेवारत लाहुरेले लडेको बहादुरीलाई झल्को दिन्छ । गोर्खालीको इतिहाँस र लाहुरेबारे भरपुर जानकारी दिने यो संग्राहलयले सबैको ध्यान तान्न सफल छ । संग्राहलयमा लाहुरेले युद्धमा प्रयोग गरेका सामग्री, तस्वीर र लाहुरेका बारेमा सबै जानकारी दिने ५ हजारभन्दा बढी सामाग्रीहरु छन् । ती सबै सामग्री बेलायती र भारतीय सेनामा कार्यरत लाहुरेबाट संकलन गरिएको हो । संग्रहालयमा तीनै लाहुरेहरुे प्रयोग गरेका पोशाक, तक्मा,मान पदक र तस्वीर सजाईएको छ ।

पश्चिम क्षेत्रको सम्पूर्ण जानकारी लिनु छ भने पोखराको मध्य भाग नयाँ बजारमा  हाजिर छ क्षेत्रीय संग्राहालय । संग्राहालयमा पश्चिमाञ्चलको संक्षिप्त जानकारी पाइन्छ । यस भेगको साँस्कृतिक, जातीय र सामाजिक विविधता, दैनिक जीवन पद्धती, भेषभुष र गहना, बाद्यवादन र नाँचगान गरि ५ खण्डमा विभाजित छ संग्राहालय । मगर, गुरुङ, थकाली, थारु, राइ र लिम्बु जनजातीका तस्वीर र उनीहरुका संस्कृती झल्कने वस्तुहरु धित मरुञ्जेल हेर्न पाइन्छ । जनजातिका बारेमा अध्ययन गर्न चाहानेका लागि यो संग्राहालय उचित स्थान हुन सक्छ । गुरुङ सँस्कृतिका बारेमा जान्न चहानेका लागि क्वोईबो (गुरुङ संग्रहालयम) पनि छ पोखरामा । सेती नदि किनारा शक्तिघाटमा छ क्होइबो । गुरुङ सँस्कृति झल्कने भाँडापर्तन, तस्वीर र डमीले उनीहरुको जन्मदेखि मृत्युसम्मका संस्कारको जानकारी दिन्छन् । उनीहरुको जनजीवन , कृषि, लाहुरे परम्परा, व्यापार , रोजगारी र पशुपालनबारे पनि बुझ्न सकिन्छ यहाँ । बाजागाजा र गरगहना त रक्सी पारेको,चर्खाबाट धागो कातेको, नाँचगान गरेका तस्वीरहरुले यसको शोभा बढाएको छ ।

  

पुतली हेर्न सोखिनका लागि पनि पोखरा उचित गन्तव्य हो । पृथ्वीनारायण क्याम्पस हाताभित्र छ पुतली संग्रहालय । अन्नपूर्ण नेचुरल हिस्ट्री म्यूजियम नाम रहे पनि सबैले यसलाई पुतली संग्रहालयका रुपमा चिन्छन् । विभिन्न जनावर तथा किटपतङ्गबारे खोज एवं अनुसन्धान गर्न चाहानेहरुका लागि यो उपयुक्त ठाउँ हो । नेपालमा ६ सय ६० प्रजातिका पुतली पाईन्छन् तीमध्ये ५ सय ४८ प्रजातिका पुतली संकलन गरेर वैज्ञानिक ढंगबाट राखिएको छ यहाँ । यहाँ रहेका पुतली बेलायति नागरिक एवं पुतली विशेषज्ञ कोलिन स्मितले संकलन गरेका हुन् । यहाँ प्रकृति र मानवबीचको सम्बन्ध झल्काउने पशुपंछिका नमूना, ढुंगा र खेलाउन समेत राखिएको छ ।

पूराना रिति संस्कृति, परम्परा, अनि लोपोन्मुख रहेका विभिन्न कुराहरुको संरक्षण र सम्बद्र्धन गर्नको लागि बनाईएका संग्रहालय मात्र छैनन् पोखरामा । यहाँ त माछा संग्राहालय पनि छ । मत्स्य अनुसन्धान केन्द्र पोखराले लोपोन्मुखको अवस्थामा रहेका स्थानीय जातका माछाका प्रजातिको सरंक्षण गर्न फेवातालको छेउमा ‘माछा तथा बातावरण संग्रहालय’ स्थापना गरेको छ । संग्राहालयभित्र पोखरा र काठमाण्डौमा पाईने झण्डै २८ प्रजातिका रंगिन माछा सजाएर राखिएका छन् । फेवा, बेगनास, रुपा ताल लगायत अन्यत्र पाइने माछाका प्रजातिहरु यहाँ छन् ।

पोखरामा रहेका यी विभिन्न संग्राहलयले सबैको मन जितेका त छन् नै मन भुलाउने गतिला गन्तव्य पनि हुन् । विभिन्न विषयमा जानकारी र अनुसन्धानमा यीनले महत्वपूर्ण सहयोग पुर्याउँदै आएका छन् । ‘हाम्रो म्यूजियमा गोर्खाको बारेमा अध्ययन गर्नेहरु बेला बेला आईरहेका छन्’ गोर्खा म्यूजियमका थकबहादुर पुन भन्छन्‘दैनिक भिजिट गर्नेहरु पनि उत्तिकै बढेका छन् ।’

पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाई लम्ब्याउन यीनको निकै महत्व छ । ‘पोखरामा रहेका सबै प्रकारका संग्रहालय हाम्रा गहना हुन् । यिनले स्वदेशी तथा विदेशी पर्यटको ध्यान खिचेको छ’ संग्रहालयविद् बलप्रसाद राई भन्छन्‘पोखराको पर्यटन प्रवद्र्धनमा यी संग्रहालयको निकै महत्व छ । सरकारले यी संग्रहालयलाई व्यवस्थित गर्छ सहयोग पनि गर्नुपर्छ ।’

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %